Friday 19th July 2019
  • New title for a=>html, img=>alt
  • अपसगुन

    -

    July 10, 2019 | 88 Views


    बोधराज पौडेल /

    ती घुनहरु –
    जसले सयौ मुरी मकै धुल्याइ सके
    अव तिनैलाई पालेको जिम्मा दिदा
    मकैको बीउ बाँकी हुन्छ , हँुदैन ?

    फलाममा चुम्बक झैं टासिनेहरु
    पानी खाएर त तिमीहरु सोच्दैनौ
    कमसे–कम रक्सिले मातेरै भएपनि
    आधा रातमा र।ता आँखा ऐनामा हेर
    त्यहाँ सुख्खा भएपनि
    देशको रगत र पसिना देख्छौ
    त्यो तिम्रो पुर्खाको देन हो
    तिमीले ल्याएको शरिर होईन

    गण्डक , कालापानी र सुस्ता दियौ
    एकिकरण गर्ने नारायणलाई गालि गरेर
    युद्ध ,लोकतन्त्र र गणतन्त्रका नाममा
    अझै दिदैछौ देश र माटो
    यसको नाम संघियता राखेर
    आखिर अंश खाने छोराहरु त रहेछौ
    के माया लाग्दथ्यो विचरा त्यो बूढो वाउको !

    थुक्क अल्पबुद्धि भएका ज्योतिषहरु हो
    तिमीहरुलाई लाज लाग्नु पर्ने हो
    आफ्नै बावुको छातिमा टेकेर आकास तिर हेरिरहन