Sunday 29th November 2020
  • New title for a=>html, img=>alt
  • अबको अभियान स्वयंम सेवक परिचालन

    -

    November 24, 2019 | 392 Views


    माधवप्रसाद ढुंगेल
    उपाध्यक्ष, राष्ट्रिय युवा परिषद् नेपाल
    नेपालमा युवाहरुको समस्या र यसको समाधानका लागि सरकार योजनाबद्ध रुपमा अगाडि बढिरहेको छ । यसै सन्दर्भमा राष्ट्रिय युवा परिषद् नेपालले हाल के गरिरहेको छ त ? युवाका मुद्दाहरु समाधानका लागि । यी र यस्ता अन्य गतिविधि र परिषद्को आगामी योजनाका बारेमा प्रकाश साप्ताहिकले यस परिषद्का उपाध्यक्ष माधवप्रसाद ढुंगेलसँग गरेको कुराकानीको सम्पादित अंश :
    युवा परिषद्ले हाल गरिरहेका कामहरु
    नेपालमा युवाहरुको छुट्टै सरकारी संस्थाको स्थापना गर्नु पर्छ भन्ने मान्यता अनुरुप नेपाल सरकारले यस संस्थाको स्थापना गरेको हो । युवाहरुको संस्थाका लागि सरकारले नीति बनाएर त्यसको सार्वजनिक गर्दै यस संस्बथालाई स्थापना गर्यो । यसले युवाका दश वर्षे रणनीतिक योजना तयार गरेर युवा परिषद् बनाएको हो । यसका लागि आवश्यक पर्ने ऐन नियम बनाएर त्यसलाई पास गरि यो संस्था अगाडि बढेको हो । त्यसको पहिलो कार्यकारी उपाध्यक्षको रुपमा मलाई नेपाल सरकारले जिम्मेवारी दिएको छ । म नियुक्त भएको समयमा कार्यालय र अन्य कुनै संरचनाको तयारी थिएन । पहिलो पटक स्थापना भएको हुनाले यसको संरचना देखि अन्य कुराहरुको व्यवस्थापन मिलाउने कुरामा लाग्नु पर्ने बाध्यता थियो । सबैभन्दा पहिलो कुरा संस्थागत विकासको कुरा आउँछ । मन्त्री अध्यक्ष हुने र मन्त्रालयबाट २५ जना युवाहरु समावेशीको रुपमा रहने । आठवटा मन्त्रालयका सचिवहरु पदेन रहेने व्यवस्था यस परिषद्मा रहेको छ । यी सबै कुराको समायोजन गर्दै पचहत्तरै जिल्लामा जिल्ला समिति बनाउने काम भयो ।
    हाम्रो दायित्व र काम
    गुणस्तरीय र व्यवसायीक शिक्षा, युवा यद्यमशितला र सीप विकास, स्वास्थ्य र सामाजिक सुरक्षा, युवा परिचालन, सहभागिता र नेतृत्व विकास, खेलकुद र मनोरञ्जनमा युवा जस्ता विषयमा काम गर्नु हाम्रो दायित्व थियो । यी कार्यक्रमहरुमा कुन कार्यक्रमलाई पहिलो प्राथमिकतामा राख्ने भन्ने कुरा हाम्रो बजेट लगायतका कुरामा ध्यान दिएर हामीले कामको सुरुवात गर्यौ । प्रत्येक वर्ष पाँचलाख अड्तिस हजार युवाहरु विदेश जान्छन् । त्यसमा दुई प्रतिशतले मात्र सहज ढंगले काम गर्ने वातावरण बन्छ भने बाँकीको लागि त दुख नै छ । २५ प्रतिशत क्षमता र ज्ञान भएकाहरु उतै पलायन भएर बस्ने गरेको पाइन्छ । बाँकी पढाइ भएका तर कुनै किसिमको ज्ञान सीप नभएकाहरु काम गर्न गएको पाइएको छ । यसरी हेर्दा देशमा रहेका ७४ प्रतिशत युवाको पंक्ति कामको सिलसिलामा विदेश जाने गरेको पाइन्छ । यसरी विदेश जानुको कारणको रुपमा शिक्षालाई देखिएको हुनाले त्यसलाई परिषद्ले पहिलो प्राथमिकतामा राखेको छ । त्यो रोजगारी वा युवा परिचालन जेमा होस् जोडियो । हामीले माथि भनेका कुरालाई आधार मानेर यसको प्राथमिकिकरण गरियो । शिक्षाको मुख्य मुद्दालाई उठाउने काम हामीले गर्यौ । त्यसको कार्यान्वयनका लागि शिक्षा मन्त्रालय रहेको छ ।
    नेपाल सरकारले तया गरेको नीतिमा शिक्षालाई डोर्याउन यसले सहयोग पुर्याउँछ । हाम्रा शिक्षालयमा प्राण भर्नु पर्छ र त्यसलाई सुधार गर्नुपर्छ । यसो गर्दा विद्यार्थीको आकर्षण बढ्छ । यसलाई हामीले सार्वजनिक शिक्षाको सबलिकरण नाम दिएका छौ । यस कामका लागि हामी गोष्ठी र सेमिनार र अन्र्तक्रियाहरुको आयोजना गर्यौ । त्यसबाट आएका पृष्ठपोषणलाई नेपाल सरकार समक्ष प्रस्तुत गर्ने काम गर्यौ । हाम्रो पहल कदमीका कारण आज शिक्षा मन्त्रालय र सिंगो नेपाल सरकार सार्वजनिक शिक्षाको सवलिकरण गर्ने एजेण्डालाई शिरमा राख्ने ठाउँ बनेको छ । आजको शिक्षा मन्त्रालयको मुद्दा पनि यही बनेको छ ।
    हामी युवा परिषद् र शिक्षा मन्त्रालय अब संगै मिलेर युवाहरुलाई परिचालन गर्ने रयसको नेतृत्व शिक्षा मन्त्रालयले गर्ने । यसका लागि हामीले ठूलो संख्यामा युवा स्वयमसेवकहरु परिचालन गर्ने । नयाँ पुस्ताका युवाहरुलाई शिक्षकको रुपमा पठाउने । मलाई आशा छ यसले शिक्षामा केही न केही परिवर्तन पक्कै दिनेछ । अहिले ९० वटा पालिकामा युवाहरुको शिक्षा सवलिकरण कार्यक्रमहरु संचालन भइरहेका छन् । सबै मानिसको नजर यस्तो बनोस कि शिक्षा नबदलिकन देश बदलिदैन ।
    नयाँ पुस्तालाई सही ट्याकमा हिडाउन नसकेसम्म हामीले बनाउन खोजेको समाज बनाउन सकिदैन । त्यसका लागि हामी सुधारिनु जरुरी छ । त्यसको सुरुवाती चरण भनेको विद्यालय हो । हामीले त्यहीबाट यसको निराकरणका उपायहरु खोज्नु पर्दछ । एक शिक्षण संस्था एक उद्यमको नारा तयार गरेका छौ । यसलाई हामीले नमुनाको रुपमा शशक्त कार्यक्रमको रुपमा सातवटै प्रदेशमा एउटा एउटा कार्यक्रमलाई नमुनाको रुपमा काम गर्ने योजना यो वर्ष अघि सारेका छौ ।
    यसमा कृषि, वन र पर्यटनलाई जोड दिने योजना रहेको छ । यसपछि त्यस स्थानमा कुनै उद्यमको सुरुवात होला । त्यसका लागि स्थानीय, प्रदेश र केन्द्रीय सरकारले सहयोग गर्ला । त्यसको एकदुईवर्ष संचालनका लागि सहयोग गर्ने । उद्योग आफैमा विस्तारित भएर बढ्छ । उनीहरुलाई थप सहयोग गर्दा उद्यमीको रुपमा स्थापित हुन सकेभने स्कुलको आधारमा उद्योग खडा हुन्छ र त्यसले सयौ मानिसलाई रोजगारी दिन्छ । यसलाई हामीले पहिलो चरणमा अभ्यासकै रुपमा अगाडि बढाउनु पर्छ भन्ने हाम्रो बुझाइ छ ।
    युवा उद्यमशीलता रोजगारी र सीप विकास
    को क्षेत्रमा हामीले युवा उद्यम कायक्रम नामक कार्यक्रमको तय भयो । नेपाल सरकारले त्यसका लागि १२ करोड पैसा अनुदानका लागि दियो । अनुदान त्यति प्रभावकारी हुन्छ भन्ने हामीलाई लागेन त्यसका लागि हामीले घुम्तीकोषको अवधारणा अघि सार्यौ । सजिलोको हिसाबले हेर्ने हो भने अनुदान दिन सजिलो हो तर हामीले त्यसो गर्न चाहेनौ । त्यसको वेफाइदा के हो भने पाउनेले पाए । दिनेले दियो तर त्यसको अनुगमन कस्ले गर्ने । त्यो समस्या आएको हुनाले हामीले त्यसको व्यवहारीक पक्षलाई हेरेर घुम्तीकोष बनाउने योजना बनाएका हौ । जसको कारण उसले अपनत्वबोध गर्न सकोस ।
    आफ्ना युवालाई विश्वास गर्ने, धितो नखोज्ने, सहुलियतपूर्ण तरिकाले ऋण दिने तर अनुदान नदिने नीति बनाएको हो । उसलाई पाँच वर्षभित्र उद्यमी बन्ने संक्ल्पभने गर्न जरुरी छ । र, पाँचवर्ष भित्र आफूले लिएको ऋण तिर्नु पर्छ भन्ने भावनाको विकास गराउन सक्नु पर्दछ । यसो भएमा पुन अर्को युवालाई उद्यमी बनाउन सकिन्छ । यो राज्यको दायित्व पनि हो । नारामा एक उद्यम दश यवा भनियो तर यो अलि बढी भएछ । यसलाई अर्को वर्ष हामीले घटाएर पाँचमा झारेका छौ । पाँच युवाको समूहलाई पाँचलाखका दरले ऋण दिने । योजना बन्यो र यही अनुरुप ऋण परिचालन भयो ।
    घरमा बस्ने महिलाहरुका लागि राष्ट्रपति महिला उद्यम कार्यक्रम जोडिएर आएको छ । यसलाई देश भरी गर्ने योजना भएपनि पहिलो चरणमा सूचाङकमा पछि परेका वर्गबाट सुरु गर्दा राम्रो हुने देखिएको हुनाले मधेसका आठवटा जिल्लामा यो कार्यक्रम सुरु भयो । यो कार्यक्रम सुरु गर्दा समाजमा सानो जात भनेर हेपिएका वर्गबाट सुरु गरियो । यो कार्यक्रम १८ वटा समूहमा गरिएको छ । पहिलो चरणमा उनीहरुलाई हामीले अनुशिक्षण गर्यौ । दोस्रोमा हामीले वित्तीय साक्षरता र उद्यमशीलताको बारेमा तालिम दियौ । तेस्रोमा उद्यम विकासको क्षेत्रको पहिचान गर्यौ र समूह निर्माण गर्यौ । उनीहरुले रोजेको सहकारीमा खाता खोल्ने काम भयो । त्यसपछि त्यहाँ वीउ पुँजी खातामा जम्मा गरियो । निर्णयको अधिकार पनि उनीहरुमा नै रह्यो । बुटवलमा दुना टपरी बनाउने उद्योग यसैको नमुना हो ।
    पहिलो चरणमा युवाहरुलाई शैक्षिक प्रमाण पत्रको आधारमा ऋण दिनु पर्छ भनेर हामी लाग्यौ । दोस्रो महिला र तेस्रोमा दलित समुदाय, चौथो तहमा सबै प्रकारमा युवा हरु र अर्कोमा विदेसिने युवाहरुलाई लिएर यो काम गरिरहेको अवस्था छ । सानो पैसाले सबैको समस्या समाधान गर्न सकिन्न । यसो हुनाले अर्थ मन्त्रालय मार्फत सबै बैंकहरुलाई परिचालन गरेर कृषि तथा पशुपंक्षी कर्जा पाँच करोड सम्म यसैको प्रतिफल हो । शैक्षिक प्रमाण पत्रको आधारमा ऋण सातलाखसम्म, महिला उद्यमशील विकास कर्जा १५ लाखसम्म, दलित व्यवसाय विकास कर्जा १० लाखसम्म, विदेशबाट फर्केर आएका युवाहरुलाई १० लाखसम्म र प्राविधिक शिक्षा आर्जन गर्नका लागि पाँच लाखसम्म ऋण लिने व्यवस्था अर्थ मन्त्रालयले गर्यो । यसको उठान युवा परिषद्ले गरेको हो । आज यो कार्यक्रम देशव्यापी रुपमा अठार हजार युवाहरुले यो किसिमको ऋण आज उपयोग गरिरहेका छन् ।
    त्यसैगरी तालिमको विषयमा पनि अगाडि बढाएका छौ ।हाम्रो तालिमको उद्देश्य भनेको उसललाई तालिम पश्चात कसरी व्यवसायमा निरन्तरता दिने वातावरण बनाउने भन्ने हो । तालिमका लागि हामीले एउटा कोर्ष बनाएका छौ । त्यसमा सबै क्षेत्र र विषय समावेश भएका छन् । यो सात दिनको तालिम हुन्छ । यो तालिमका खाजा खर्चको व्यवस्था हुन्छ तर भत्ता पाइदैन । भत्ताको व्यवस्था भयो भने तालिम लिने मान्छे भक्ताको लागि आउँछ । तर खाजामात्र दियो भने आवश्यकताको आधारमा तालिम लिने मान्छे मात्र आउँने भएको हुनाले हामीले यो गरेका हौ ।
    यसो गर्दा थोरै पैसाबाट धेरै तालिमहरु सञ्चालन गर्न सकियो । यसरी हामीले तालिम संचालन गरिरहेका छौ । अघिल्लो वर्ष पाँच सात सयको हाराहारीमा रहेको तालिम यो वर्ष एक हजारको संख्यामा गरिएको छ । अहिलेसम्म पाँच हजारको हाराहारीमा तालिमहरु संचालन भएका छन् । अब हामी यसलाई सिटिइभिटिसँग जोडेर एकिकृत ढंगले संचालन गर्ने योजनामा रहेका छौ । क्षमता अभिबृद्धिको क्षेत्रमा अरु देशका अनुभवबाट नयाँ कुरा सिक्दै युवाको क्षमता अभिबृद्धि कसरी गर्न सकिन्छ भन्ने कुरामा लागि रहेका छौ । युवाहरुको क्षेत्रमा श्रीलंकाको मोडल राम्रो रहेछ । त्यहाँ १६ देखि २४ सम्मका युवालाई मात्र लिएर काम गरेको रहेछ । हामीले पनि यो मोडललाई लागू गर्यौ । हामीले ऊ भित्र रहेको प्रतिभालाई कसरी उजागर गर्ने त कतिले वातावरण नै पाउदैन । त्यसता प्रतिभाहरुलाई उजागर गर्नका लागि पनि यो उमेरसमूह ठिक हो ।
    यो अनुरुप पहिलो पल्ट १४ वटा पालिकामा यो अवधारणलाई अगाडि बढाइयो । दोस्रो वर्ष ९० वटा पालिकामा यो कार्यक्रम सुरु भयो । र, त्यहाँ हामीले त्यसका छनोटका आधारहरु, स्थानीय, प्रदेश र संघले पनि यी कार्यक्रमलाई आफ्नो कार्यक्रमको रुपमा ग्रहण गर्ने । यसरी यो संजालमा रहेका युवा र नरहेका युवाको तुलना पनि आजै हामी गर्न सक्छौ । त्यस अनुरुपको अवस्था भने सिर्जना भइ सकेको छ । योजना र धर्यता सबैमा हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । रहामीले तालिम दिएका व्यक्तिले यो कुरालाई अनुशरण गरेका छन् । आफूसँग भएको साधनस्रोत र बजेटको परिचालन कसरी गर्ने भन्ने कुरा पनि ऊ सँग हुन जरुरी छ ।
    तालिमले जीवन उपयोगी शिक्षाका अलवा कुन पदको भूमिकामा कसरी रहने भन्ने कुरा पनि तालिममा सिकाइने भएको हुनाले ऊ सधैं रचनात्मक हुने गर्छ । यसरी विभिन्न कार्यक्रममा उत्कृष्ट १० लाई प्रधानमन्त्री राष्ट्रपतिको हातबाट प्रमाणपत्र दिने व्यवस्था मिलाएका छौ । स्वास्थ्य र मनोरञ्जनको क्षेत्रमा त्यति धेरै काम गर्न सकिरहेको अवस्था छैन । यसमा हामी अरुसँग मिलेर स्वास्थ्य सचेतनाका केही कामहरु गरिरहेका छौ । सामाजिक सुरक्षाको क्षेत्रमा फरक क्षमता भएका ब्यक्तिहरुसँग प्रति वर्ष सहयोग सामग्रीहरु वितरण गर्ने काम भएको छ । मानव सेवा आश्रमलाई सचेतनामार्फत देशभरी काम भइ रहेका छन् । यसको उद्देश्य भनेको सडकमा रहेका असहायहरुको सुरक्षा र तिनको व्यवस्थापनको पक्षमा काम गरेको छ ।
    हामी विभिन्न बैंकहरुसँग पनि मिलेर युवालाई कर्जाको वातावरण मिलाउने काम गरिरहेका छौ । युवाका क्षेत्रमा काम गर्ने संघ संस्थाहरुलाई हामी युवा परिषद्सँग मिलेर काम गर्न अनुरोध गरिरहेका छौ । राम्रोकाम गरेर पुरस्कृत रहेका व्यक्तिहरुको देशव्यापी संजाल बनेको छ । विदेशबाट फर्केर आएका युवाहरुको संजाल नेपाल रिटर्नी माइग्रेट बनेको छ । सातै प्रदेशमा प्रदेश कमिटी तयार बनिसकेको छ । भने ३४ वटा जिल्लामा जिल्ला कमिटी बनेको छ । तीस देखि चालिस हजारको संख्यामा युवाहरु त्यहाँ आवद्ध भएका छन् । यो निरन्त बढ्ने प्रकृयामा रहेको छ ।
    अन्तर्राष्ट्रिय स्तरको युवा वैज्ञानिक सम्मेलन भएको छ । सातै प्रदेशमा युवा नवप्रवद्र्धन केन्द्रको योजना अघि बढेको छ । हामी एक्लै हैन अरुको सहयोग लिएर अघि बढ्ने संस्कृतिको विकासमा हामी लागेका छौ । नेपाल सरकारले युवा परिचालन वर्षको घोषणा गरेको छ । यसमा ११ वटा विषयहरु रहेका छन् । कृषि, पर्यटन, सुशासन, सामाजिक सुरक्षाको अभियान, सामाजिक कुरिति, परम्परागत सीपको प्रवद्र्धन, वातावरण संरक्षण, विज्ञान प्रविधि यी विषयहरुलाई अगाडि बढाउनका लागि हामी लागि परेका छौ ।
    जन्म दिनमा केक काटेसँगै दुईवटा विरुवा रोप्ने हो भने पनि करौडौ विरुवा एकै पटक हुर्काउन सकिन्छ । यो मानिसको दिमागलाई चलाएमान बनाउने एउटा उपाय पनि हो । हामी यहि अभियानलाई परामर्श गरेर मेची महाकाली अभियानका रुपमा लाने प्रयत्न गरिरहेका छौ । यो अभियानमा सबै तह र तप्काबाट एकै पटक सबै तहमा पुयाउने अभियानको सुरुवात गरेका छौ । अबको हाम्रो अभियान भनेको स्वयमसेवक परिचालनको अभियान हो ।