Sunday 29th November 2020
  • New title for a=>html, img=>alt
  • अब सबै काम ई सिस्टमबाट दलालीको अन्त्य

    -

    December 12, 2019 | 339 Views


    श्रम विभागको गठन वि.सं. २०२८ सालमा भएको हो । तत्कालीन समयमा उद्योग मन्त्रालय अन्तर्गत रहेको श्रम विभागलाई २०३८ सालमा श्रम मन्त्रालयको स्थापना पछि यसैमा स्थानान्तरण गरियो । वैदेशिक रोजगार ऐन, २०४२ जारी भए पछि विभागको कार्यक्षेत्र विस्तार गरी २०५६ सालमा श्रम विभागको नाम श्रम तथा रोजगार प्रवद्र्धन विभाग कायम भयो । विभागले गर्दै आएको वैदेशिक रोजगार सम्बन्धी कार्यको जटिलता र कार्यचापले गर्दा वैदेशिक रोजगार ऐन २०६४ मा वैदेशिक रोजगार सम्बन्धी मामला हेर्ने छुट्टै वैदेशिक रोजगार विभागका रुपमा २०६५ पुस १६ गते अलग गरी स्थापना गरियो । नेपाल सरकारको वि.स. २०७०।८।२६ को निर्णयानुसार हाललाई काठमाडांै उपत्यका भित्रै देशभरीको श्रम स्विकृति सम्बन्धी सम्पूर्ण कार्य गर्ने गरी चार वटा कार्यालयहरु स्थापना भएका छन् । यीनै कार्यालयहरुबाट वैदेशिक रोजगार सम्बन्धी कामहरु हुन्छन् । यी कार्यालयहरु–वैदेशिक रोजगार काठमाडांै कार्यालय, वैदेशिक रोजगार मलेशिया शाखा, वैदेशिक रोजगार कतार शाखा, वैदेशिक रोजगार साउदी अरव शाखा हुन । यसरी विभिन्न चरणहरु पार गर्दै आएको वैदेशिक रोजगार विभागले वैदेशिक क्षेत्रमा जान चाहेका र विदेशमा काम गरिरहेका व्यक्तिहरुको सहजता र सहयोगका लागि के कस्ता कामहरु गरिरहेको छ त ? त्यसको जानकारी दिने उद्देश्यले यस विभागका महानिर्देशक डा.भीष्मकुमार भुसालसँग प्रकाश साप्ताहिकका बोधराज पौडेलले गरेको कुराकानीको अंश ः
    हाल वैदेशिक रोजगार विभागले के कस्ता कामहरु गरिरहेको छ ?
    म यहाँ आएको धेरै भएको छैन । सात महिनाको अवधीमा हामीले वैदेशिक रोजगारमा भएका विभिन्न किसिमका समस्याहरुलाई निराकरण गर्ने कामहरु भइरहेको छ । पीडकले पीडितलाई त्रासमा राख्ने जुन किसिमको वातावरण थियो । हामीले त्यसको समाधानका गरेका छौ । पीडितलाई म अहिले मेरो घरमा छु भन्ने प्रत्याभूतिका साथ काम गर्ने हाम्रो लक्ष्य हो र हामी त्यही अनुरुप काम गरिरहेका छौ । पहिलेको कुरा गर्दा त्यो खालको वातावरण थिएन । अहिले हामीले ती समस्याहरुको व्यवस्थापन गरेका छौ । हामीले कानुनी रुपमा पीडितले पाउनु पर्ने कानुनी उपचारको खोपी गर्ने काम भइरहेको छ । यहाँ धेरैजसो ठगिका मुद्दाहरु आउने गरेका छन् । ती मुद्दाहरुको छिनो फानो गर्ने काम हामीले छिटो चरितो रुपमा गरिरहेका छौ । अहिले विभिन्न किसिमका फारमहरु बनाएका छौ । २०५९ साल देखिका उजुरीहरु रहेका थिए । छ महिनामा ८३२ उजुरी फर्स्र्यौट भएका छन । यी पुराना उजुरीहरु हुन् । यहाँ आएका सबै उजुरीहरु ठगि सम्बन्धी हुन ।
    हामीले संस्थागत र व्यक्तिगत गरी दुई प्रकारका छन् । संस्थागत भन्नाले मेनपावर व्यवसायी र व्यक्तिगत भन्नाले व्यक्ति स्वयमलाई जनाउँछ । संस्थाको हकमा विभागले निर्णय लिन्छ तर व्यक्तिको लागि कानुनी तह त्यसो गर्न मिल्दैन त्यो मुद्दालाई अदालत पठाउनु पर्ने हुन्छ । यो वर्ष हामीले स्टीकर, इलोकन सिस्टम, मोवाइल यसएमयस, वीमा, रोजगारीका जानेको बैंक खाता अनिवार्य, एजेन्ट खारेजी जस्ता काम गरिरहेको छ ।
    मेनपावरको धरौटी तपाईँको पालामा बढ्यो, यस्तो कारण के हो ?
    मेनपावरको धरौटीको मात्र कुरा नभएर मर्ज र खारेजी गर्नु पर्ने अवस्था थियो । हामीले १४ दिनमा ३०३ संस्थाको खारेजी प्रकृया अगाडि बढायौ । २९५ लाई मर्जरमा ल्यायौ । त्यो समयलाई संझिदा हामीले धेरै राम्रा काम गर्यो भन्ने लागेको छ । एउटा संस्था मर्जका लागिकहिले काहीँ दुई तीन वर्ष समेत लाग्ने गरेको इतिहास छ । अनुगमनलाई हामीले हेर्यौ भने पहिलाको भन्दा ६ गुणा बढी काम गरेका छौ । यसमा संलग्न भएका अन्य ट्राभल एजेन्सी र एजेन्टहरुलाई पनि व्यवस्थापन गर्ने काम गरेका छौ । यसरी नियमित अनुगमन गर्दा दुबै पक्षलाई काम गर्न सहज हुने र गल्ति सुधार गर्न सहयोग पुग्ने अनुभव गरेका छौ । चोरबाटो बाट आउनेहरुलाई रोक्ने प्रायस गरेका छौ । यी र यस्ता कारणका लागि हामी धरौटी बृद्धि गर्न बाध्य भएका हौ ।
    विभागले विद्युतीय रुपमा काम गर्ने तयारी कहाँ पुग्यो ?
    हामी अहिले स्टीकर र अन्य सेवाहरु अनलाईनमार्फत गर्ने तयारी गरिरहेका छौ । हामी पुराना कागजातहरुलाई पनि हामी विद्युतीय रुपमा लाने काम भएरहेको छ । अब सबै किसिमका कामहरु अनलाइनबाट नै काम गर्ने व्यवस्था मिलाउने तयारी गरिरहेका छौ । रह््यो बैकिङ कारोवारको कुरा त्यो कुरालाई पनि ईसेवा र अन्यसँगको सहकार्यमा काम गरेर त्यसलाई निष्कर्षमा पु¥याउने तयारी गरिरहेका छौ । इटोकनको काम भइरहेको छ । यस बाट सेवाग्राहीले आफ्नो काम कुन तह सम्म पुग्यो । सो बारेमा जानकारी लिन सकिन्छ । यो अब छिट्टै लागू हुन्छ । यसबाट आफ्नो कामको लागि विभाग नै आउनु पर्ने बाध्यतालाई अन्त्य गर्ने छ । अबका सबै कामहरु अनलाईनबाट हुनेछ । जसले सेवा प्रदायकलाई छिटो र भरपर्दो रुपमा काम गर्ने छ । यो प्रकृयाबाट अनावश्यक रुपमा हुने लेनदेनका कुराहरु पनि नियन्त्रण हुन्छन् । आवश्यक कागजात पुगेपछि काम सिष्टममा हुन्छ । कुनै किसिमको झमेला हुँदैन ।
    हामीले यहाँ भएका सबै अभिलेखलाई चार महिना भित्र कम्प्यूटरराइज गर्ने लक्ष्य लिएका छौ । त्यसपछि फाइल हराउने र लुकाउने समस्याको अन्त्य हुन्छ । त्यसपछि हामीले खोजेको फाइल पनि छिटो रुपमा पाउन सकिन्छ । तर कहिलेकाहीँ व्यक्ति परिर्वन हुँदा काममा समस्या हुन्छ । हामी त्यसको पनि निराकरण गर्ने योजना बनाइरहेका छौ । हामी यो वा त्यो बहानामा हुने चलखेललाई सदाका लागि बन्द गर्ने तरिकाले काम गरिरहेका छौ ।
    व्यक्ति परिवर्तन हुँदा सेवामा कस्तो समस्या हुन्छ त ?
    हरेक व्यक्तिको आफ्नो योजना हुन्छ । उसले योजना अनुसारकै काम गर्छ । तर जब हामी सिस्टमको सुरुवात गर्छौ । तव सिस्टमले काम गर्छ । त्यसले व्यक्तिलाई पनि काममा सहजता पैदा गर्छ । यसो हुनाले हामी व्यक्ति परिवर्तन हुँदा सेवामा समस्या नहुने गरेर सिस्टमको विकास गरिरहेका छौ ।
    मलेशिया लामो समय बन्द भएर खुलेको छ । के कारण यो समस्या आएको हो ?
    विभिन्न तहमा विभिन्न खालका संस्थाहरु खडा गरेर वैदेशिक रोजगारमा जाँदा विचौलियाका कारण आर्थिक भार परेको त्यसलाई निरुत्साहित गर्न बन्द गरिएको हो । अर्को कुरा मेडिकल संस्थाहरुको एकाधिकारको कारण पनि यसमा समस्या आएको थियो । लागतको कुरा अर्को समस्या थियो यी कारणहरुले गर्दा नै हो बन्द भएको थियो । अहिले यी समस्याहरुको व्यवस्थापन गर्दै खुल्ला गरिएको हो । अझै पनि विचौलीया र दलालहरुले केही समस्याहरु छन् । त्यसका लागि हामीले कम्पनीहरुसँग संझौताको प्रकृया अगाडि बढाएका छौ । त्यसका लागि विभिन्न किसिमका तालिमहरु सञ्चालन गरिरहेका छौ ।
    अहिले श्रम कार्यालयको नयाँ शाखाहरु कहाँ कहाँ विस्तार गरियो ?
    विराटनगर, जनकपुर, बुटवल पोखरा र सुर्खेतमा विस्तार भएका छन् । यी कार्यालयबाट श्रम स्वीकृतिको काम अब सुचारु रुपले अगाडि बढेको छ ।
    मान्छे समातिने र एयरपोर्टमा सेटिङको कुरा बेलाबेलामा उठ्छन् । खासमा यसको मुख्य कारणचाहिँ के होला ?
    अहिले यसमा कमि आएको । यसमो अर्थ यस्ता घटना भएका छैनन् भन्ने होइन । यदाकदा यस्ता घटनाहरु भएका छन् । अब हामीले बनाएको सिस्टमले मान्छेहरुको फेस टु फेसको भेटघाटलाई घटाउँछ । त्यसपछि पछि यस्ता घटनामा पनि कमि आउँछ । सेटिङ र मान्छे पक्राउ पर्नुको कारण भेटघाट र लेनदेन नै हो । हामी यसको निराकरणको लागि काम गरिरहेका छौ । अब लेनदेनको काम पनि ईसेवा खल्ती पे लगायतका संस्थाहरुबाट हुने भएको हुनाले यसमा समस्या हुँदैन । व्यक्तिले गर्ने नियन्त्रण व्यक्तिसँगै परिवर्तन भएर जान्छ । तर सिस्टम जो आएपनि त्यस्तै हुन्छ । यसमा सिस्टकमले कागजात पुगेपछि आफै काम गर्छ । नपुगेका पुन सुचना दिन्छ । र अपुग कुरा थप्न सकिन्छ । त्यस कारण हामीले यो प्रयासको काम गरिरहेका छौ । यो सिस्टम सरल र सहज भएको हुनाले जो सुकैले जहाँ बाट पनि काम गर्न सक्नेछन् । नजानेकाहरुले परिवारको सहायताले पनि यो काम गर्न सकिने छ । जसले कामका लागि फारम भरेको हो । उसले यहाँबाट प्राप्त भएको कोड र आफ्नो पासपोर्ट नम्बर हालेपछि कामको बारेमा जानकारी घरमै बसेर प्राप्त गर्छ । यसो हुँदा कार्यालय धाउने झन्झट पनि यसले खेप्नु पर्दैन । आधिकारीक मेलबाट सिस्टममा काम गर्ने भएको हुनाले अब यी समस्याहरुको निराकरण हुन्छ ।
    यो कार्यालयको बजेट कति खर्च भएको छ ?
    हामीले यो चौमासिकमा धेरै सिस्टमहरु बनाएका छौ । त्यसको भुक्तानी बाँकी छ । यसो हुनाले यो चौमासिकमा नौ पतिशत मात्र खर्च भएको देखिन्छ । धेरै हामीले गर्नु पर्ने कामहरु गरिसकेको हुनाले यो चौमासिकमा त्यो सिस्टमको प्रभावकारीता मापन गरेर त्यसको भुक्तानी दिन्छौ । त्यस पछि मात्र खर्चको बारेमा भन्न सकिन्छ । तुलनात्मक रुपमा भन्दा अघिल्लो वर्ष भन्दा बजेट उल्लेख्य नै रहेको छ । हाम्रो सिस्टममा ५०÷६० लाख खर्च हुने अनुमान गरेका छौ । हामीसँग भएका सम्पूर्ण कागजातहरुको पनि ई अभिलेखीकरण गर्नु पर्ने छ । यी कागजातहरु झण्डै पाँच लाखको हाराहारीमा रहेका छन् ।