Monday 17th June 2019
  • New title for a=>html, img=>alt
  • अमेरिकाको काठमाडौं नजर

    -

    April 25, 2019 | 165 Views


    पवन पाण्डे

    काठमाडौं । विश्वका दुई उदयमान शक्ति राष्ट्र भारत र चीनको बीचमा ‘दुई ढुंगाको तरुल’ झैं रहेको नेपालका सामु जति अवसर छन, चुनौतीहरु पनि त्यति नै रहेका छन् । दुई छिमेकीवाहेक सात समुद्रपारीका युरोप र अमेरिकाको पनि नेपालमा छुट्टै खालको विशेष चासोे छ । पश्चिमा राष्ट्र र चीनबीचको राजनैतिक विचारधारात्मक लडाइँ नै यो चासोको मुख्य कारण हो । नेपालले आफ्नै छेउका भारत र चीनसँग भन्दा पहिला नै सात समुन्द्रपारीको अमेरिकासँग दौत्य सम्बन्ध कायम गरेको यथार्थताले पनि नेपालसँग अमेरिकाकाको चासोलाई दर्शाउँछ ।

    एसिया प्यासिफिक संगठनको नाममा चीनलाई घेर्न खोजिरहेको अमेरिका पछिल्ला दिनमा ईण्डो –प्यासिफिक अवधारणामार्फत नेपालमार्फत चीनमा खेल्न खोजिरहेको छ । नेपाललाई सहयोग गर्नुपर्ने खासै कारण नभएपनि आफ्नो प्रभाव बढाउन अमेरिकाले लामो समयदेखी विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ । वन, जलश्रोत, प्राकृतिक तथा सांस्कृतिक सम्पदा तथा वन्यजन्तु संरक्षण, शिक्षा, स्वास्थ्य, प्रविधि, सुरक्षालगायतका क्षेत्रमा सहयोग गर्ने गरेको अमेरिकाले विगत केही समयदेखी सञ्चारमाध्यम र सामाजिक संजालको पनि व्यापक उपयोग गर्न थालेको छ ।

    हालसालै अमेरिकी सैनिक तथा सशस्त्र प्रहरी बलबीच, प्राथमिक उपचार सम्बन्धी ज्ञानको आदानप्रदान सम्वन्धी भएको कार्यक्रम यसको पछिल्लो उदाहरण हो । यी दुई निकायले सहकार्य गरेको यो पहिलो पटक भएपनि सन् १९६२ देखि नेपालमा झन्डै ४ हजार अमेरिकी पिसकोर स्वयंसेवकहरुले विभिन्न जिल्लामा काम गरिसकेका छन् । शिक्षा, स्वास्थ्य, तथा कृषि मन्त्रालयसँगको सहकार्यमा सामुदायिक बिद्यालयमा अंग्रेजी भाषा शिक्षण, युवा विकास, खाद्य सुरक्षा तथा स्वास्थ्य परियोजनाहरूमा समुदायमै बसेर उनीहरु काम गर्छन ।

    अहिले नेपालमा अमेरिकी रणनीतिको तारो चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) भएको छ । बीआरआईको खुल्ला विरोधमा रहेको अमेरिका समयसमयमा घुमाउरो पारामा यसले नेपालको विकास गर्ने भन्दा पनि नेपाललाई ऋणको भारी बोकाउने बताउने गर्छ ।

    अमेरिकाले नेपालमा आफ्नो प्रभाव बढाउन पछिल्लो समय सञ्चार माध्यामको व्यापक उपयोग गर्न थालेको छ । विभिन्न सञ्चार माध्यामको उपयोग गर्दै अमेरिकी राजदूत र्र्यान्डी बेरीले कडा शैलीमा बीआरआईको मात्र होइन, नेपालमा व्याप्त भ्रष्टाचार रहेको भन्दै यस्तो अवस्था रहिरहे अमेरिकी लगानी नआउने धम्की दिन थालेका छन् । उनको यो भनाइले नेपाल अमेरिकाले भने अनुसार अघि नबढे नेपालमा अमेरिकी लगानी रोक्ने तह सम्मा उत्रने सरोकारवालाहरुको ब्याख्या छ ।

    तस्बिर : अमेरिकी राजदूतावासको फेसबुक पेजबाट

    पछिल्लो समय सत्तारुढ नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भेनेजुयला प्रकरणबारे अमेरिकाको विरोधमा दिएको बक्तव्यपछि चिसिएको नेपाल–अमेरिका सम्बन्ध, प्रचण्ड पत्नी सिता दाहालको उपचारमा अमेरिका नै पुगेपछि केही सेलाउदै गएको छ । धेरै टसल गर्दा नेपाल झन चीनतिर ‘लहसिने’ खतरा देखेपछि अमेरिका आफै पनि अहिले नेपालसँग फकाउने, तर्साउने र धम्क्याउने रणनीतिमा लागेको जानकारहरु बताउँछन् ।

    त्यही भएर हुन सक्छ, पछिल्लो समय राजदूत बेरीले अमेरिका र नेपालको सम्बन्ध अहिले सबैभन्दा बलियो स्थितिमा आइपुगेको बताएका छन् । नेपालको स्वास्थ्य र शिक्षा क्षेत्रको विकासमा अमेरिकाको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै बेरीले लोकतान्त्रिक शासनपद्दतिमा अमेरिकी विकास प्रणालीको ध्यान केन्द्रित रहने बताउने गरेका छन् । ‘खुला समाज’, ‘लोकतन्त्र’, ‘समावेशीता’ जस्ता शब्दहरु पटकपटक प्रयोग गर्नुले ऊ नेपाल चीनसँग नजिक नहोस् भन्नेमा सचेत रहेको बुझिन्छ । बीआरआईप्रति नेपालको सकारात्मकतालाई बुझेपछि नै अमेरिकाले अमेरिकी सहयोग चाहिने भए लोकतन्त्र, खुल्ला समाज तथा समावेशीतालाई अगाडि बढाइरहनु पर्ने आशय प्रकट गरेको हुन सक्छ ।


    पछिलो समय अमेरिकाले सञ्चार माध्यमको व्यापक उपयोग गर्न थालेपछि त्यति देखिन नचाहने चीनले पनि आफ्नो सक्रियता बढाएको छ । नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीले पनि यसै साता एक अखवारमा लेख प्रकाशित गर्दै बीआरराईप्रति अमेरिकी धारणको खण्डन गरेकी छिन् । उनले बीआरआई ऋणको चंगुल नभई फलफुलको समिश्रण भए जस्तै आर्थिक ‘पाइ’ भएको दावी गरेकी छन् ।

    प्रचण्डको भेनेजुएला प्रकरणको बक्तव्यप्रति सुरुमा अमेरिकाको गम्भीर आपत्ती रहेको भए पनि पछिल्ला दिनमा भने त्यही कारण नेपाल र अमेरिकाको सम्बन्ध नविथोलिने राजदूत वेरीले प्रष्ट पारेका छन् । एक अन्र्तवार्तामा बेरीले भनेका छनर्र्– एक अर्कालाई चिन्न ७३ वर्ष खर्च गरिसकेपछि फेरि परिचय गरिरहनुपर्छ जस्तो मलाई लाग्दैन ।’

    केही समय अघि परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीबाट भएको वासिङटन भ्रमण ठूलो महत्वको भएको बताउँदै बेरीले अमेरिकाबाट पनि छिट्टै यस्तै उच्चस्तरीय भ्रमण हुन सक्ने संकेत दिएकाले उसको नेपाल चासो प्रस्ट हुन्छ ।

    पछिल्लो समय अमेरिका ईन्डो–प्यासिफिक रणनीतिको वचाउमा अझ सक्रिय भएको छ । परराष्ट्र मन्त्रीको भ्रमणका क्रममा पनि अमेरिकी विदेश मन्त्रालयले औपचारिक वक्तव्य नै जारी गरेर ईन्डो–प्यासिफिकमा नेपालको केन्द्रीय भूमिका हुने कुरा उल्लेख गरेको थियो । ईन्डो–प्यासिफिक नीतिको वचाउ गर्दै राजदूत बेरीले यस क्षेत्रका लागि लागू हुने अमेरिकी नीति कसैका विरुद्ध कुनै प्रकारको गुटबन्दी नभइ स्वतन्त्र र खुला समाजमा आर्थिक हिसाबले क्षेत्रीय सम्वन्ध विस्तारसँग जोडिएको बताएका छन् ।

    ईन्डो–प्यासिफिक नीति चीनको बीआरआई विरुद्दको रणनीति भएको भन्दै नेपालमा यसको विरोध भइरहेको छ । तर, यसको खण्डन गर्दै राजदूत बेरी भने ‘ईन्डो–प्यासिफिक’ नीतिमाथिको बहस भएको तर बीआरआई पूर्वाधार विकासमा केन्द्रीत रहेको दावी गर्छन ।

    नेपालमा चीनबाट भइरहेको लगानीले अमेरिकालाई झस्का दिइरहेको उनको टिप्पणीले अथ्र्याउछ । चिनियाँ लगानी प्रति कुनै पूर्वाग्रह नरहेको बताए पनि राजदूत बेरीले कुनै पनि परियोजनामा चासो दिँदा त्यसले राष्ट्रिय सार्वभौमिकता, पारदर्शिता, आर्थिक दिगोपन, स्थानीय संलग्नता, भूराजनीतिक संवेदनशीलता, वातावरणलाई कसरी जोगाउँछ र भ्रष्टाचारलाई कसरी नियन्त्रण गर्छ भन्ने कुराको गहन रुपमा अध्ययन र छलफल हुनु पर्ने भन्दै चीनको लगानीले नेपालको राष्ट्रिय सार्वभौमिकतामा असर पु¥याउने घुमाउरो पारामा भनेका छन् ।

    पछिलो समय अमेरिकाले सञ्चार माध्यमको व्यापक उपयोग गर्न थालेपछि त्यति देखिन नचाहने चीनले पनि आफ्नो सक्रियता बढाएको छ । नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीले पनि यसै साता एक अखवारमा लेख प्रकाशित गर्दै बीआरराईप्रति अमेरिकी धारणको खण्डन गरेकी छिन् । उनले बीआरआई ऋणको चंगुल नभई फलफुलको समिश्रण भए जस्तै आर्थिक ‘पाइ’ भएको दावी गरेकी छन् ।

    ‘बीआरआई भूराजनीतिक साधन होइन, यो त विकास बाँड्ने एउटा महत्वपूर्ण अवसर हो,’– राजदूत यान्छी भन्छिन चीनको विकासबाट नेपालले फाइदा उठाउन सक्नु पर्छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारी बीआरआई फोरमको कार्यक्रममा सहभागी हुन बेइजिङ उड्नुअघि प्रकाशित लेखमा नेपाल र चीनबीच रहेको ऐतिहासिक सम्बन्ध, वर्तमान सु–सम्बन्ध र भविष्यको सहकार्यको बारेमा राजदूत यान्छीले लामै चर्चा गरेकी छन् । उनको चर्चामा चीनले सधैँ नेपालको राष्ट्रिय स्वाधिनता र स्वतन्त्रताको रक्षा गर्न नेपाल सरकारको कदमलाई साथ दिएको, २०७२ सालमा आएको भूकम्पको बेला सहयोग गरेको, सडक, विमानस्थल र उर्जा क्षेत्रमा सबैभन्दा धेरै लगानी गर्ने देश भएको ब्याख्या छ ।

    तर, आफ्नो नीतिको प्रचारमा चीनभन्दा अमेरिका अघि छ । राजदूत बेरीले त्रिभुवन विश्वबिद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध बिषयका बिद्यार्थीहरूसँग अमेरिकी विदेश नीति र ईन्डो–प्यासिफिक रणनीतिका बारेमा भर्खरै छलफल गरिसकेका छन् । सामाजिक संजालमा पनि चीनको भन्दा अमेरिकी दूताबासको सक्रियता धेरै देखिन्छ ।

    हालै मात्र भेरी–बबई बहुउद्देश्यीय आयोजनाको सुरुङ्ग निर्माणको ‘ब्रेक थ्रु’को अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली, उर्जामन्त्री बर्षमान पुन, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसँगै अमेरिकी राजदूत बेरी र चिनियाँ राजदूत यान्छी एकै मञ्चमा देखिएका थिए । यसबारे ट्विट गर्दै अमेरिकी राजदूत बेरीले अमेरिकी प्रविधि, चीनको कार्य व्यवस्थापन र नेपाली लगानीबाट एकसाथ काम गर्न सक्छन् भन्ने एक उदाहरण सो आयोजनाले दिएको उल्लेख गरेका थिए ।

    २०७२ सालको भुकम्पपछि भारतले लगाएको नाकाबन्दीले नेपाल एक छिमेकीसँग मात्र निर्भर रहनु हुँदैन भन्ने पाठ सिकाइ सकेको छ । यो अवस्थामा दुवै छिमेकीसँग समदूरीको सम्बन्ध कायम गरेर अघि बढ्नु हाम्रो आवश्यकता हो । यस्तो अवस्थामा नेपालले पनि आफ्नो विकास यात्रामा अमेरिकालाई समेत जोडेर अघि बढ्दा नै गन्तब्यमा पुग्न सक्छ । अमेरिकाले पनि बीआरआई अन्तर्गत नेपाल र चीन जोड्ने रेलमार्ग निर्माणमा चीनले देखाएको सक्रियतालाई खुल्ला मनले स्वागत गर्न सक्नु पर्छ ।