Sunday 29th November 2020
  • New title for a=>html, img=>alt
  • अर्थतन्त्रको रक्षा प्रमुख दायित्व : प्रधानमन्त्री

    -

    May 25, 2020 | 147 Views


    काठमाडौँ । राष्ट्रको नाममा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा प्रयोगशालाबाट शुरु गरिएको परीक्षण देशभर करिब दुई दर्जनजति पुग्न लागेको बताउनुभयो । सार्कका अन्य राष्ट्रमा भन्दा नेपालमा कोरोना भाइरसले त्यति सङ्क्रमण नपुर्याएको बताउनुभएको छ ।

    सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरी राष्ट्रको नाममा सम्बोधन गर्नु हुँदै तीनै तहको सरकारले उचित रुपमा व्यवस्थापन गरेको बताउनुभयो ।सम्बोधनका क्रममा प्रधानमन्त्रीले कोरोना महामारीबाट जनतालाई मुक्त गर्ने, यसबाट सिर्जित संकटबाट मुलुकको अर्थतन्त्रलाई रक्षा गर्ने र रोग तथा भोकबाट जनतालाई जोगाउने कामलाई सरकारले आफ्नो प्रमुख दायित्व ठानेको बताउनुभयो ।

    उहाँले नेपालमा कोरोना भाइरससँल लड्न कुनै औषधि र खोप नभएकाले आनीबानी र आहारमा ध्यान दिन आग्रह गर्नुभएको छ ।
    राष्ट्रको नाममा सम्बोधन गर्नुहुँदै उहाँले कोरोना भाइरसको हत्तपत्त नरोकिन सक्ने भएकाले सामाजिक दूरीलाई कायम गर्न आग्रह गर्नुभएको हो ।
    उहाँले नेपालका हरेक भान्छामा रहेका औषधीय तत्वलाई प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

    उहाँले ती औषधीय तत्वले रोगसँग लड्ने प्रतिरोधी शक्ति प्रदान गर्ने बताउनुहुँदै पाँच विषयमा ध्यान दिन आग्रह गर्नुभयो ।
    उहाँले आहारलाई स्वच्छ र सन्तुलित बनाउनुपर्ने, फुर्सदको समयलाई सदुपयोग गर्दै घरभित्रै व्यायाम गर्ने, सरसफाईलाई ध्यान दिने, आराम गर्ने र उच्च मनोबलमा रहन आग्रह गर्नुभयो ।