Sunday 26th January 2020
  • New title for a=>html, img=>alt
  • अवनितलमा भो उज्यालो

    -

    October 24, 2019 | 70 Views


    टङ्कराज ढकाल तितेपाती /

    गफाडीको अड्डा वर न परको बन्छ गालो
    अनाडीको धन्धा गत न पतको हुन्छ कालो
    छ भ्रष्टाचारीको सघन ललिते काट जालो
    सखारै जागौं लौ अवनितलमा भो उज्यालो ।।१।।

    शिकारीको भाला अविरल भयो नाद पालो
    भिखारीको उम्दा चपल पनमा रात खालो
    चकारीको चम्चा चहक छलको गर्त रालो
    सखारै जागौं लौ अवनितलमा भो उज्यालो ।।२।।

    कवाडीको चाला पतित सनकी ताल सालो
    छ पानीमा छाता रनक कहिले भो उकालो
    जवानीको ज्यादा छनक मतिको घोर मैलो
    सखारै जागौं लौ अवनितलमा भो उज्यालो ।।३।।

    कहेंरीको फर्सी नटिप जान हो एक थैलो
    गुहेंलीको सेतो फगत रमिता हुन्छ कैलो
    सवारीको छाता नभुल अब यो थुन्छ दैलो
    सखारै जागौं लौ अवनितलमा भो उज्यालो ।।४।।

    अभागी हौँ भन्ने मनुज सबले फेर ताला
    सुमार्गीको आश्था जनक जननी भग्न नाला
    सुपारीको डल्लो भुवन भरमा भो र माला
    सखारै जागौं लौ अवनितलमा भो उज्यालो ।।५।।

    जुवाडेको जात्रा मुलुक जनता चोर चाला
    लुटेको त्यो कालो महल किन हो रुग्ण माला
    सुकेको यो लौका सकल दलको दूध छालो
    सखारै जागौं लौ अवनितलमा भो उज्यालो ।।६।।
    कवि छन्दमा कविता लेख्न रुचाउने सर्जक हुन । उनका मान्छे अनि मान्छे कविता सङ्ग्रह २०७१, मान्छे र समय कविता सङ्ग्रह २०७१, तस्बिरै तस्बिर आख्यान २०७४ प्रकाशित रहेका छन् ।