Wednesday 13th November 2019
  • New title for a=>html, img=>alt
  • अवैध लागूऔषध सहित पक्राउ

    -

    July 15, 2019 | 160 Views


    काठमाडौं, ३० असार
    पर्सा, वीरगंज महानगरपालिका(१६ भानुचोकबाट चितवन खैरनी नगरपालिका(७ बस्ने ४० वर्षीय मिश्रीलाल साहलाई नियन्त्रित लागूऔषध फेनारगन १ सय ५० एम्पुल, नोर्फिन १ सय ५० एम्पुल, डाईजेपाम १ सय ५० एम्पुल र मोबाईल २ थान सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
    वर्दिया, बाँसगढी नगरपालिका(३ भगरा चोकस्थित बढैयाताल गाउँपालिका(४ दक्षिण भकारी बस्ने ३३ वर्षीय असगर अली तेलीलाई अवैध लागूऔषध ब्राउनसुगर ३।५ ग्राम सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
    झापा, मेचीनगर नगरपालिका(६ हिकोलामोडस्थित भारत दार्जिलिङ बस्ने ४८ वर्षीय मोहमद सदुरुल खानलाई अवैध लागूऔषध खैरो हेरोइन १८ ग्राम सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको डब्लु बि ७४ एसि ४१९९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक खानलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
    यस सम्बन्धमा स्थानीय प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।