Friday 19th July 2019
  • New title for a=>html, img=>alt
  • असङ्गतिमा व्यङ्ग्यको आक्रोश

    -

    May 10, 2019 | 136 Views


    कृति समिक्षा

    -अरुणबहादुर खत्री ‘नदी’

    नेपाली साहित्यका विभिन्न विधाहरुमा कलम चलाउँदै आएका घायलश्रीको पछिल्लो कृतिको रुपमा पूर्वी नामक कथा सङ्ग्रह प्रकाशित भएको छ । नेपाली साहित्यमा सबैभन्दा बढी पढिने विधाका रुपमा आख्यान त्यसमा पनि कथालाई लिइन्छ ।

    नेपाली समाजमा भेटिने विभिन्न प्रवृत्ति र चरित्रहरुलाई चित्रण गर्दै घायलश्रीले कथाहरु लेखेका छन् । सामाजिक जीवनमा देखे भोगेको कलात्मक एवं सिलसिलेवार प्रस्तुती नै कथा हो । उनको सिर्जनशिलताले जीवनका यथार्थहरुको खुला प्रस्तुतिमा महत्वपूर्ण योगदान पु¥याएको छ । घायलश्रीका कथाहरुमा असङ्गतिका बिरुद्ध व्यङ्ग्यात्मक आक्रोश प्रकट गर्दै अराजकता र जडताप्रति विमति राखिएको छ । यस सङ्ग्रहभित्र तिम्री स्वास्नी, यात्रा, पूर्वी, बाबा र झल्लु शीर्षकका ५ वटा कथाहरु सङ्कलन गरिएका छन् । यस सङ्ग्रहभित्रको तिम्री स्वास्नी शीर्षकको पहिलो कथामा आफ्नो अतिथिको सत्कार गर्नु आफ्नो कर्तव्य ठान्थे सत्कार । म पिउन छोडेर उनलाई हेरिरहन्छु । उनी फेरि बोल्छन् कवि मित्र तपाईलाई के थाहा भूपि शेरचन पिएरै कवि भएका थिए भनिएको छ ।

    कथाकार घायलश्रीमा घटना टिपेर अनुकूल परिवेशले सिगार्ने खुबी छ । त्यही प्रवृत्तिले गर्दा घायलश्री नेपाली साहित्यमा कथाकारका रुपमा चर्चामा आएका छन् । यिनको कलम तिखो छ र समाजका विकृति विसङ्गति प्रति प्रहार गर्न सक्षम पनि छ ।

    यात्रा शीर्षकको कथामा गन्तव्यहिन यात्रा, बाटो र नदी यी तीन एउटै हुन् । चिन्नसके यी त देवतै हुन् । बिहान अबेरसम्म सुतिरहदा भाइ भाइ भनेर घरबेटी दिदीले कोठामा आएर बोलाएपछि झस्केर व्यूँझन पुग्छन् । घरबेटी दिदीले हेरिरहेर बोल्छिन् आज गेट खुल्लै रहेछ कसले खोलेछ भनेर सोध्न आएकी । उनको कुराले कथाकारकोे होसहवास उड्छ भनिएको छ । यस कथासङ्ग्रहको नामसँग जुध्दो पूर्वी शीर्षकको कथामा कान्छोको घरमा पुग्दा कान्छोकी आमा घरको पिँढीमा शिरमाथि हात अड्याएर घरको भित्तामा अडेस लागेर बसेकी थिइन् । ठूलीआमा भन्दै कथाकार पिँढीमा उक्लिए र उनको आडमा रहेको चकटीमा गई बस्यो । मलाई चिन्नुभो ठूल्यामा ? भन्दै उसले प्रश्न ग¥यो । उनले टाउको हल्लाएर चिनिन भन्ने जनाउँ दिदै थिइन् । उनका आँखाहरु भित्र पसेका थिए । उनको त्यो अवस्थाले रोग र गरिबी छर्लङ्ग पाथ्र्यो । सधैँ मलाई आफ्नो छोरा सम्झेर माया गर्ने उनले आज अचानक चिनिन भन्दा उनीप्रतिको स्नेह अझ प्रगाढ भएर आएको थियो ममा कथाकार घायलश्री भन्दछन् ।

    बाबा शीर्षकको कथाभित्र उनले विगत केही वर्षदेखि कागती चियामा निकै रुचि बढाएका छन् । हुनत चिया तथा अन्य कुनै चिजको धेरै अम्मली भने होइन तर उनको चिया पिउने काम भने एकान्तपनाको एउटा साथी जस्तै भएको छ । रामुले कागती चिया ल्याएर टेबलमाथि राखिसकेको थियो । हातमा चियाको कप लिएर रामुतर्फ फर्केरर उनी बोल्छन् ल रामु आज त खाना खाएर स्कुल जा म पछि खाउँला । हुन्छ सर ! भन्दै रामु बाहिर निस्कन्छ उनी चिया पिउन लाग्छन् । यस कथाको परिणाम पनि एकप्रकार आदर्शतामा गएर टुङ्गिएको छ । यस सङ्ग्रहभित्रका कथाहरु सबै लामा छन् ।

    कथा लेखनको विषयमा कथाकार घायलश्रीलाई जुन घटनाले छुन्छ उसले त्यसलाई टिप्छन् र आफ्नै शैलीमा ढाल्छन् । कथालाई आकर्षक पार्न केही थपघट भने अवश्य गर्नुपर्छ । सम्भवतः त्यसैले पनि आदर्शवादी कथाहरु नै जन्मन पुग्छन् । कथावस्तु र पात्रहरुको प्रस्तुतीको पृष्ठभूमि यथार्थवादी हुन नसकेर आदर्शवादी नै रहेका छन् । नेपाली ग्रामीण एवं सहरिया जीवनमा देखिने सामाजिक जटिलतालाई प्रत्यक्षरुपमा भोगीसकेकी घायलश्री जस्ता कथाकारहरुले समसामयिक जीवनको जटिलतालाई बुझ्न र त्यसलाई कथाको रुपमा प्रस्तुत गर्न सघन रुपमा सामाजिक बनाउन सक्नुपर्छ । साह्रै रोचक किसिमले कथालाई प्रस्तुत गर्नु र नाटकीय किसिमले घटनाहरु गाँस्दै लैजान सक्नु कथाकार घायलश्री प्रदर्शन गरेको सिपको सार्थक पक्ष हो । पात्र, तिनको मनोबृत्त र तिनलाई अलिकति पुनर्लेखन मात्र गर्ने हो भने यस कथासङ्ग्रहका सबै कथाहरु प्रदर्शनजन्य रोचक नाटक बन्न सक्छन् ।

    प्रस्तुत कथासङ्ग्रहका जवानीका उदवेगहरु, यौनतृष्णा, स्वार्थी माया, जीवनयापनका संघर्ष, समाजमा हुन जाने दुष्परिणामका विभिन्न घटनाहरु मिठो र राम्रो वान्कीमा प्रस्तुत गरेको पाइन्छ । आदर्शता यसको बलियो पक्ष हो जसबाट समाजलाई सुसंस्कृत र सुदृढ बनाउन मद्दत पु¥याएको छ ।

    यस सङ्ग्रहभित्रको झल्लू शीर्षकको अन्तिम कथामा भारी जति गह्रौं हुन्छ त्यति नै हिँड्नलाई गाह्रो हुदोरहेछ त्यसैले कहिलेकाही यो गह्रौ मनले आशा गर्छ त्यो बालापन पाउन पाए आहा । कति भाग्यमानी हुन्थ्यौ होला । म त्यो बालापन सम्झेर रोमाञ्चित हुन्छु । मन फुरुङ्ग भई भुवा झैं उडेर क्षितिजमा हराउन पुग्छ । यस धरतीमा जसले मलाई जन्म दियो उसको कति पनि सम्झना छैन । मलाई जन्म दिए लगत्तै यस संसारबाट टाढा भएकी मेरी आमाको न्यास्रोपन कम गर्न र मेरो हेरचाहको लागि भनेर बाबाले मैयालाई यस घरमा ल्याउनु भएको अरे । बाबाको आफ्नै व्यवसायलाई सहमालेका दुई दाजुहरु पनि व्यस्त हुनुहुन्छ । घरमा प्रायः मैया र म मात्र हुन्छौं त्यसैले लाग्छ मैैया मेरी साथी हो, आमा हो अनि मेरी अभिभावक पनि कथाकारले भनेका रहेछन् ।

    कथाकार घायलश्रीमा घटना टिपेर अनुकूल परिवेशले सिगार्ने खुबी छ । त्यही प्रवृत्तिले गर्दा घायलश्री नेपाली साहित्यमा कथाकारका रुपमा चर्चामा आएका छन् । यिनको कलम तिखो छ र समाजका विकृति विसङ्गति प्रति प्रहार गर्न सक्षम पनि छ । उनका अधिकांश कथाहरुमा चरित्र चित्रणलाई विशेष जोड दिइएको छ । उनको कथा लेख्ने शैली सरल र बोधगम्य छ । उनले कथामा कौतुहलताको प्रयोग निकै सचेततापूर्वक गरेका छन् । समाजका विभिन्न वर्ग, क्षेत्र, घटना, चरित्र आदिलाई पात्रहरुको उपयुक्त संयोजनबाट राम्रा कथाहरु सिर्जना गर्न उनी सफल छन् । घायलश्री साहित्य सिर्जनामा हरहमेसा खट्ने ऊर्जा भएका हस्ताक्षर हुन् । साहित्य लेखनमा डुब्ने लेखकहरु खाली बस्न सक्दैनन् । केही न केही लेखिरहेका हुन्छन् । कथाकार घायलश्रीको कथालेखन अगाडि बढ्दै जाओस् । आउँदा दिनमा अरु कथासङ्ग्रह जन्मन सकोस् भन्न चाहन्छु ।