Monday 16th September 2019
  • New title for a=>html, img=>alt
  • असार दुई गतेदेखि खोटाङमा जिल्ला लिग फुटबल

    -

    June 9, 2019 | 182 Views


    खेमराज अधिकारी /
    खोटाङमा जिल्ला लिग फुटबल प्रतियोगिता हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को सदस्यता प्राप्त गरेसँगै जिल्ला फुटबल क्लब खोटाङको आयोजनामा आगामी असार २ गतेदेखि जिल्लामै पहिलो जिल्ला लिग फुटवल प्रतियोगिताको आयोजना गरिएको हो।
    यसबर्ष एन्फाको अस्थायी सदस्यता प्राप्त गरेपछि आयोजना हुन लागेको लिग प्रतियोगितामा जिल्ला फुटबल संघमा आबद्द जिल्लाका १० क्लबले सहभागिता रहने छ । जम्मा २१ खेल हुने उक्त प्रतियोगिता दिक्तेल बजारस्थित माटिकोरे इतिहाँसमै पहिलोपल्ट हुन लागेको लमैदानमा छ दिनसम्म सञ्चालन हुने जिल्ला फुटवल संघले बताएको छ । जिल्लाको इतिहाँसमै पहिलोपल्ट आयोजना गरिएको लिग प्रतियोगिताको खेल तालिका आयोजकले सार्बजनिक गरिसकेको छ । सार्बजनिक तालिका अनुसार हलेसी तुवाचुङ फुटबल क्लब र नमुना स्पोर्टस क्लबबीच पहिलो खेल हुने छ भने सोल्मा स्पोर्टस क्लब र बुइपा ईलाभेन स्पोर्टस क्लब, भगवती स्पोर्टस क्लब खोटाङबजार र खोटाङ फुटबल एकेडेमी, बाक्सिला फुटबल क्लब र खारम्बु स्पोर्टस क्लब खार्मीबीच गरी पहिलो दिन चारवटा खेल सञ्चालन गरिने जानकारी गराईएको छ ।
    लिगको समुह ९ए०मा भगवती स्पोर्टस क्लब, खोटाङ फुटबल एकेडेमी, हलेसी तुवाचुङ फुटबल क्लब, नमुना स्पोर्टस क्लब र नुनथला स्पोर्टस क्लब रहेका छन् । लिगको समुह ९बी० मा बाक्सिला फुटबल क्लब, खारम्बु स्पोर्ट्स क्लब, सोल्मा स्पोर्टस क्लब, बुइपा ईलाभेन स्पोर्टस क्लब र जन्तेढुंगा फुटबल क्लब रहेका छन् । प्रतियोगिताको समुह बिजेता बन्न सफल दुई समुह फाईनलमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको बिजेतालाई २५ हजार नगदका साथ ट्रफी,मेडल र प्रमाणपत्र तथा उप विजेतालाई १५ हजार नगदका साथ ट्रफी,मेडल र प्रमाण प्रदान गरिने आयोजकले जनाएका छन् । आयोजकले प्रत्येक समुहमा २० जना खेलाडी र ५ जना अफिसियल रहनुपर्ने तथा जिल्लाभित्रका खेलाडीले मात्रै सहभागिता जनाउन पाउने प्रावधान बनाएको छ । जिल्ला लिग प्रतियोगिताका विजेता समुहले प्रदेशस्तरीय लिगमा प्रतिस्पर्धा गर्न पाउने बताइएको छ ।