Tuesday 22nd October 2019
  • New title for a=>html, img=>alt
  • आजबाट देश खुला दिसामुक्त राष्ट्र हुने

    -

    September 30, 2019 | 33 Views


    काठमाडौँ । १३, असोज सरकारले आज नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्दैछ ।
    प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा आज ‘खुला दिसामुक्त राष्ट्र तथा पूर्ण सरसफाइतर्फ अग्रसर नेपाल’ घोषणा गर्न लागिएको हो । आज मध्याह्न राष्ट्रिय सभागृहमा खानेपानी मन्त्रालयले आयोजना गर्ने एक कार्यक्रमका बीच प्रधानमन्त्री ओलीले नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने कार्यक्रम तय भएको छ ।
    सरकारले नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरेलगत्तै सरसफाई अभियानाई तीव्रता दिने योजना रहेको खानेपानी मन्त्रालयले जनाएको छ । सरकारले २०६८ देखि खुला दिसामुक्त क्षेत्र घोषणा शुरु गरेको हो । विसं २०६९ मा कास्की नेपालको पहिलो खुला दिसामुक्त जिल्ला घोषणा भएको थियो । सरकारले चालु आवको नीति तथा कार्यक्रममा देशका बाँकी सबै पालिका र जिल्ला खुला दिसामुक्त घोषणा गरेको थियो ।
    अहिले देशका सबै घरधुरीमा सरसफाइको आधारभूत सुविधा तथा शौचालयको पहुँच पुगेको राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समिति सचिवालयले जनाएको छ । देशभर कूल ५६ लाख ६० हजार २१४ घरधुरीमा शौचालय निर्माण भएको मन्त्रालयले जनाएको छ ।