Sunday 29th November 2020
  • New title for a=>html, img=>alt
  • आज प्रधानमन्त्री ओलीले प्रतिनिधिसभालाई सम्बोधन गर्ने

    -

    February 14, 2020 | 219 Views


    काठमाडौँ । प्रधानमन्त्री ओलीले शुक्रबार संघीय संसदलाई सम्बोधन गर्ने भएका छन् । आफ्नो नेतृत्वमा सरकार गठन भएको दुई वर्ष पूरा हुन लागेको अवसरमा प्रधानमन्त्रीले शुक्रबार संघीय संसदलाई सम्बोधन गर्ने भएका हुन् ।

    दिउँसो २ बजे बोलाइएको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले सरकारले दुई वर्षको अवधीमा हाँसिल गरेका उपलब्धीबारे जानकारी गराउने बताइएको छ । केपी ओलीको नेतृत्वमा सरकार गठन भएको शनिबार दुई वर्ष पूरा हुँदै छ ।

    तत्कालीन एमालेका अध्यक्ष रहेका ओली तत्कालीन माओवादी केन्द्रको समर्थनमा झन्डै दुई तिहाई बहुमतसहित प्रतिनिधिसभाबाट प्रधानमन्त्रीमा नियुक्त भएका थिए । सत्ता साझेदारीपछि तत्कालिन एमाले र माओवादीको पार्टी एकीकरण भएको थियो ।