Sunday 29th November 2020
  • New title for a=>html, img=>alt
  • उर्जामन्त्री र महतोबीच साठगाँठ

    -

    November 14, 2019 | 324 Views


    काठमाडौं । गैर आवासिय नेपाली संघ एनआरएनको हालै काठमाडौंमा सम्पन्न्न सम्मेलनबाट एनआरएनमा राजनीति घुसेको भन्दै संस्थाबाट अघोषितरुपमा बाहिरिएका संस्थापक उपेन्द्र महतो र उर्जामन्त्री वर्षमान पुनबीचको सम्बन्ध पछिल्ला दिनमा निकै कसिलो बनेको छ ।
    एनआरएनबाट बाहिरिएका महतोले सम्मेलन यताका कतिपय भेटघाट अब नयाँ नेपाल निर्माण गर्नका लागि पार्टी भन्दा पनि व्यक्ति हेर्नुुपर्ने धारणा राख्न थालेको समाचार स्रोतले बताएको छ । महतो र उर्जामन्त्री पुनबीच पछिल्लो समयमा निकै उठबस भइरहेको र एकले अर्काको प्रसंसा गर्ने गरेका छन् । ‘वर्षमान जस्तो सहज मान्छे सत्तारुढ नेकपाको पूर्व माओवादीमा कोही नभएको’ महतोले आफू निकटको जमघट भन्ने गरेका छन् ।
    त्यसो त वर्षमानले पनि महतोलाई मुलुकमा राष्ट्रिय सहमति कायम गर्नका लागि पार्टीका नेता असफल भइसकेको भन्दै त्यसका लागि भूमिका खेल्न महतोलाई उक्साउने गरेको स्रोतले बताएको छ । अब मुलुकमा आर्थिक क्रान्ति गर्नुपर्ने अबस्था छ । आर्थिक आन्दोलन अधि बढाउन राष्ट्रिय एकता कायम गर्न सक्ने छवि भएको अनुहार चाहिएको छ । त्यो सामथ्र्य तपाइँमा रहेको भन्दै उर्जामन्त्री पुनले महतोलाई साझा ढंगबाट अगाडि बढ्न र उस्तै परे राष्ट्रपतिकै लागिसमेत तयार हुनुपर्ने भन्ने गरेको बताइएको छ ।
    स्रोतका अनुसार उर्जामन्त्री पुनलाई महतोले आर्थिक सहयोगसमेत गर्ने गरेका छन् । कलेजो सम्बन्धी रोगको उपचार गर्न मन्त्री पुन बेलाबेलामा विदेश गइरहन्छन । तर, उपचारको लागि मन्त्री पुनले अरु नेता जस्तो राज्यकोषबाट रकम लिएर विवादमा तानिएका छैनन् । मन्त्री पुनको कलेजोको उपचार गर्दा लाग्ने खर्च महतोले व्यहोरिदिने गरेका कारण पनि सम्बन्ध गाढा बनेको स्रोत बताउँछ । नेपालमा आईटी, जलविद्युत लगायतका क्षेत्रमा हात हालेका महतोका कतिपय नीतिगत काममा पुनले सहयोग गर्ने गरेको स्रोत बताउँछ ।
    पछिल्ला दिनमा मन्त्री पुनले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच समदूरी कायम गरेका छन् । यसलाई कतिपयले मन्त्री पुनले नेकपाको पार्टी समिकरणमा गुट परिवर्तनका रुपमा समेत ब्याख्या गरिरहेका छन् । भक्तपुरको प्रदेश सभामा आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा आफू उर्जामन्त्री हुँदाका पीए डिपी ढकाललाई टिकट दिलाएपछि गुट परिवर्तनले झन ठाउँ पाएको छ । भक्तपुरमा पूर्व एमाले पक्षलाई नै टिकट दिनुपर्ने माग हुँदाहुँदै अप्रत्यासित रुपमा ढकालले टिकट पाएपछि प्रधानमन्त्री ओली र उर्जामन्त्री पुनको मिलनका रुपमा पनि हेरिएको छ ।