Monday 16th September 2019
  • New title for a=>html, img=>alt
  • एक्लो सेनापति

    -

    June 7, 2019 | 218 Views


    बोधराज पौडेल/

    एउटा ठूलो खम्बा जस्तै
    छेकवारको घेरा लगाएर सुरक्षार्थ
    अगाडि ठिङ्ग उभ्याउदै
    दिईन्छ आदेश अघि बढ
    यो देश तिम्रो हो

    जोस जाँगर र बलले
    अरुको सुरक्षा दिदै
    विछिप्त बन्छ आफै
    अरुलाई सुन्दर बनाउन
    सधै अगाडि अरुलाई खेद्दा
    स्वंयम पछाडि धकेलिएको देख्दा
    कहिले कहीँ म स्वयंमलाई प्रश्न गर्छु
    कहाँ छ युवाहरु हो तिम्रो देश ?

    लडाइँको मैदानमा लड्दै जाँदा
    जले पनि,
    ढले पनि, माटो बन्छ ऊ
    सेनापति अझैं जिवित हुनाले पनि
    हारे ऊ युद्धभूमि छोड्छ
    र, जिते घुम्ने कुर्सि जोड्छ
    अनि फेरि हाँक दिन्छ –
    बढ युवाहरु हो देश तिम्रो हो

    प्रयोग पछि फालिने भाँडो बन्दा
    कति छुटिन्छ कति फुटिन्छ
    यतिवेला खोज्दैछ सेनापति
    सिङ्गा मान्छेहरु
    र, सचेत भएर ब्यूँझिदा
    एक्लो महशुस गर्छ जीवनको
    अनि धिक्र्काछ आफैंलाई
    रातो सूर्यलाई हेरेर आकासमा
    बिछिप्त मन लिएर
    पश्चाताप गर्छ
    आफ्ना सबै साथीहरु गुमाएकोमा
    एउटा एक्लो सेनापति

    (कवि कविताका साथै समालोचना, निवन्ध, गीत, गजल र समसामायीक विषयमा कलम चलाउने स्रष्टा हुन । उनको मुख्य विषय भनेको समाजभित्र देखा परेका असमानता र विकृतिको उजागर गरेर समाजलाई चनाखो बनाउनु हो । बगर र काँसहरु उनको प्रकाशित कविता सङ्ग्रह रहेको छ )