Wednesday 1st December 2021
  • New title for a=>html, img=>alt
  • एक जना विधार्थीकोलागि स्कुल

    -

    February 24, 2019 | 390 Views


    काठमाडौँ, १२ फागुन । विधार्थीको कमि भएर नेपालमा हरेक वर्ष कैयौं स्कुल बन्द हुनेगरेका छन् । तर अमेरिकाको वेओमिङ्ग जिल्लाको कोजी होलो स्कुल भने केवल १ जना शिशु कक्षामा पढ्ने विधार्थीको लागि पुनः संचालन गरिने भएको छ ।
    त्यहाँको कानुन अनुसार यदि विधार्थीको कमि भएमा उनीहरुलाई अर्को स्कुलमा पुर्र्याउने वातावरण मिलाउनु पर्ने हुन्छ तर जाडो याममा हिउँको कारणले बाटो अबरुद्ध हुदाँ अर्को स्कुलमा पठाउन समस्या भएपछि, अर्को हिउँदमा केवल १ जना विधार्थीको लागि भए पनि सो स्कुल संचालन गरिने छ । स्कुलले अनलाइन माध्यामबाट पनि पढाउन खोजेको थियो तर बालबालिकाहरुमा सो माध्याम प्रभावकारी नहुन देखिएपछि स्कुल बाटै अध्ययन गराइने बताइएको छ ।

    (एजेन्सीको सहयोगमा)