Saturday 4th July 2020
  • New title for a=>html, img=>alt
  • एमाले महाभारतका कृष्ण र अर्जुन दयालबहादुर शाही

    मान्छेहरु चाहे मेरा आलोचक हुन् वा समर्थक, मलाई सम्मानीय प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीको भक्त भन्ने गर्छन् । कतिले पितापुत्रको समकक्षमा राख्छन् । आश, त्रास, भ्रम, जाल, निन्दा, प्रशंसा, तिरस्कार र पुरस्कारबाट म प्रभावित हुने मान्छे होइन । कतिसम्म भन्न सकिन्छ भने पूर्व एमालेको महाभारतमा उहाँ (केपी शर्मा ओली) कृष्ण हो भने म अर्जुन । फरक कति छ कि, महाभारतका कृष्ण युद्धबाट भाग्दै हिडेका अर्जुनलाई सम्झाउथे भने एमाले महाभारतका कृष्णको मनमा जोरीपारीकाप्रति पनि उत्तिकै करुणा पलाउनुको मार अर्जुनमाथि पर्ने गरेको छ ।
    एमाले र माओवादी केन्द्र एकीकरणपछि नेकपा बनेको छ । तमाम देशभक्त, प्रगतिशील, जनवादी शक्तिमा यस एकताले उत्साह जगाएको छ । वामपन्थीहरुको फाटोमा गुजारा चलाउन खोज्ने जतिको ओठतालु सकुको छ । वामपन्थीको एकतामा खुशी नहुने शक्ति वामपन्थीभित्र पनि छन् र स्वयं नेकपाभित्र पनि छन् । राजनीतिमा सिन्डिकेट, पार्टीमा सिन्डिकेट, पार्टीको संस्थापनमा सिन्डिकेट र कमजोर नै किन नहोस् गुटभित्रै सिन्डिकेट कायम गरी राजनीतिलाई भन्सारको नोकरी र नाफामा गएको उद्योग वनाउन पल्केका तत्वहरु विज्ञान र प्रविधिको यस युगमा विशाल पार्टीको कार्यकर्ताको अदालतको आँखामा छारो हाल्न सकिदैन कि भनेर त्रस्त छन् । २०५८ साल फागुन ३ गते भएको एमाले–माले एकता र अहिले भएको एकतामा मेरा विरुद्ध गरिएको षडयन्त्रले यी हरफ लेख्न वाध्य पारेको छ । एकताको हलुवामा वालुवा हाल्ने तत्वले हिजो मलाई, संकटकालको त्यो अँधेरी रातिमा जिल्ला सचिवबाट विस्थापित पा¥यो । आज त्यही तत्वले पार्टी छोड्ने धामसका साथ पार्टी हाइकमाण्डलाई अप्ठेरो पारी मलाई केन्द्रीय सदस्य हुनबाट वन्चित पा¥यो । फरक यति हो कि अधेरोबाट फाइदा उठाउदै खोरभित्र हात छिराएर कुखुराका चल्ला खान पल्केको स्यालको जस्तो हर्कत गर्ने त्यो तत्वले हिजो संकटकाल लागेको बेला कार्यकर्ताको अदालतसामु सर्वांग हुनु परेन । सत्यः ओझेलमा प¥यो । आज देश तुलनात्मक रुपले सहज अवस्थामा छ । विज्ञान र प्रविधिको पहुँचका कारण कसैका हर्कतहरु कार्यकर्ता र जनताको अदालतबाट लुक्न सभव छैनन् । आज ममाथिको अन्यायको पराकाष्ठा अब मेरो निजी विषय रहेनन् यस पटक । तमाम कार्यकर्ताले आफै माथिको हमला ठानेकाले मेरो काँध हलुंगो भएको छ । किनकि ब्यक्तिले वर्षाैं लगाएर गर्न नसकेको काम एक दिनमा फत्ते गर्ने सामथ्र्य कार्यकर्ताको अदालतसँग हुन्छ । राम र युधिष्ठिर त वाह्र चौध वर्ष मात्र वनवास रहे । म माथिको अत्याचार सिलसिला १८ वर्ष पुरायो छ । माधव कमरेड र झलनाथ कमरेडको पालामा न्याय ठूलोका कि पोर्टफोलियो भन्ने प्रश्न को सकारातमक उत्तर आएन । यसपटक पनि चट्टानी अडान धम्कीसामु पराजित भएको छ । तत्काल मलाई किनारा पारिए पनि कार्यकर्ता र जनताको अदालतको कोप कमरेड भीमबहादुर रावलमाथि भारी पर्नेछ । आखिर त्यो बेला के भएको थियो र आज पनि रावल कमरेड किन यति अत्तालिनु भया ? मैले आम कार्यकर्ताको अदालतमा सफाइ राख्नु वान्छनीय नै हुनेछ ।
    २०५४ सालमा एमाले विभाजन भयो । भीमबहादुर कडायत, जगतबहादुर बोगटी जस्ता अछामका नेताले रावल कमरेडको साथ छोडे । पार्टी विभाजनको पीडादायी असर यस्तो भैदियो कि रावल कमरेडलाई उहाँकी श्रीमती सन्जिता रावलले समेत साथ छोडेर माले प्रवेश गर्नु भयो । म गौरव गर्छु कि त्यो बेला उहाँको काँध हलुंगो पार्ने र उहाँलाई सान्त्वना दिने केही थान मात्र युवानेता मध्येमा म पनि एक थिएँ । त्यति बेला म बाजुरा एमालेको उपसचिव थिए । २०५७ सालको कुरा हो । पार्टी केन्द्रबाट अन्तर पार्टी निर्देशन जिल्ला कमिटीमा आउने नै भए । ती मध्ये पार्टी विभाजनका बेला काँध थापेको कमरेडहरु शंकर पोखरेल, गुरु वराल, देवराज घिमिरे, खगराज अधिकारी, काशीनाथ अधिकारीलाई तत्कालिन महासचिव माधवकुमार नेपालको रुचिलाई सम्वोधन गर्ने गरी कार्यविभाजनको सुन्दर वहानामा अंचल इन्चार्जबाट हटाएको निर्णय भएको अपानी पनि पढेँ । केही महिनापछि काठमाडौंका जिल्ला कमिटी सचिव रामेश्वर फँुयाल र ललितपुर जिल्ला कमिटी सचिव मिठाराम शर्मालाई पनि केन्द्र संंस्थापनको जोडवलमा हटाइयो । मलाई त माधव कमरेड र तत्कालिन अदालतसामु भण्डाफोर गर्ने जंग चलेको थियो । मैले कर्णजीलाई सचिव तपाई हुनुहोस् र उपसचिव कालीबहादुर शाही र अजबहादुर मल्लमध्ये एक जनालाई वनाउनुहोस् भनेकै हुँ । परिस्थ्तिि यस्तो प¥यो कि म सर्वसम्मतिले म जिल्ला अधिवेशनबाट सचिव चुनिएँ । काठमाडौंमा आएर मैले तत्कालिन महासचिव माधवकुमार नेपाल र स्थायी कमिटी सदस्य केपी कमरेडलाई भेटँे । केपी कमरेडसँग गहिरो वातचित भयो । माधव कमरेडसँगको पार्टी कार्यालय वल्खु प्राङ्गणको वातचितलाई ईश्वर पोखरेल कमरेडले विथोलिदिनु भयो । अरुका कुरा गहिररिएर नसुन्ने पोखरेल कमरेडमा समस्या छ । यसले अरुलाई मात्र होइन उहाँ आफैलाई पनि नोक्सान भएको उहाँले थाहा पाउनु भएको छ कि छैन ? तर भएको छ त्यस्तै । त्यो दिन माधव कमरेडसँगको मेरो निजी भेटघाट उहाँले नबिथोलिदिएको भए यो सत्य कथाले अर्केै मोड लिन सक्थ्यो कि ? मेले जे कुरा जसरी ओली कमरेडसामु राखेँ त्यही कुरा माधव कमरेडसँग राख्ने अवसर पाएको भए भन्ने थिए– “केन्द्रमा पार्टी एकता भएको छैन तर वाजुरामा मैले घरफर्क अभियान सफल पारी २०५६ सालको आम निर्वाचनका उम्मेदवारहरु एमालेका कर्णबहादुर थापा र मालेका हिक्मतबहादुर शाहीलाई मिलाइसककोे छु । मलाई काम गर्ने अवसर दिनुहोस् । एमालेले पाएको ११ हजार मत र मालेले पाएको ९ हजार मत वढाएर म वाजुरालाई आधुनिक एमालेको पावर हाउस बनाउने छु ।”
    जुन नेता भटायो उसलाई राम्रो लाग्ने कुरा मात्र गर्ने होइन कि कमजोरीमाथि सुझाव दिन धक नमान्ने मेरो स्वभाव छ । ओली कमरेडलाई भेट्दा अवस्था नाजुक थियो । इन्चार्ज फेरिदा र सचिव हटाइदा पनि प्रतिवादको कल्पना गर्न सकिएको थिएन । मैले उहाँलाई भनेको थिएँ–“ यस्ता चलखेलको प्रतिवाद सशक्त हुन सकेन । अरु ससाना कुरामा निहुँ खोजेर सीपीको बाटो अवलम्वन नगुर्न होला । किनकि आम मानिसको स्वभाव सजिलो खोज्ने हुन्छ । कार्यकर्ता संस्थापन र वहुमततिर ढल्कने सक्रिय हुन्छन् । आजसम्म काँध थापेको पैचौ तिर्ने कि नतिर्ने भनेर माधव कमरेडलाई सिधै कुरा राख्ने र वेइमानी भए कार्यकर्ताको अदालत गुहार्नु होला ।” ईश्वर कमरेडले माधव कमरेडलाई तानेर गाडीमा हाली अन्यत्रै नलगिदिएको भए म माधव कमरेडसामु कुरा राख्ने थिएँ–“सुदुरपश्चिम २०५६ को निर्वाचनमा परिणाम सून्य विकास क्षेत्र भएकाले यसलाई गुटबन्दी रहित विकास क्षेत्र वनाउन आग्रह गर्ने थिएँ । सकभर अन्य चार विकास क्षेत्रमा पनि कांंग्रेस माओवादी र राजावादीबाट एमाले माथि तेहेरा संकट रहेकाले संगठनलाई वियरलाई झै छचल्काउने, उमाल्ने र पोख्ने खतराबाट सजग रहन आग्रह गर्ने थिएँ । बाजुरामा कर्णबहादुर थापा धुरी र हिक्कतबहादुर शाही धुरीका एमालेका कार्यकर्ताहरुको भरपर्दो संरक्षकका रुपमा ढुक्कले काम गर्न पाउनु पर्ने कुरा राख्ने थिएँ । तर मेरो सपना हुरीले उठाइदियो । आज भन्दा फरक नपर्ला, कर्णजी र हिक्कमजीलाई मिलाउछु भन्ने कुरा गर्दा ईश्वर कमरेडलाई रुचेन छ । कर्णजी र केपी कमरेडलाई संकेत गर्दै प्याच्च भनिहाल्नु भयो ‘ भूगोलमा नखट्ने, काठमाडौंमा बस्ने, नेताकोमा धाउने … ।’
    त्यसपछि परिस्थिति विग्रियो । कर्णजीको नाम लिएकै आधारमा म कर्णजी र केपी पक्षको भैहालेँ । बाजुरा एमाले अछामभन्दा संगठनका हिसाबले मजबुत पारेकोमा रावल कमरेडमा जलन पैदा भयो । आफ्नो लागि धेरै हिसाबकिताब गरेर जे पनि गर्न पछि नहट्ने रावल कमरेडले ठान्नु भयो, बाजुरालाई यथा अवस्थामा छोडिदिने हो भने सुदूरपश्चिमको नाम भजाएर खाने आकांक्षामा धक्का पुग्ने छ । अनि एउटा वहुविवाहको केस उछाल्नु भयो । जिल्ला कमिटी सदस्यबाट निलम्वन गरेँ । पछिल्लो वैठकबाट सदस्यता खरोज गर्छु भनेँ । अंचल कमिटीलाई त्रास र केन्द्रलाई गुमराहमा पारेर गुटबन्दी गरेको, अन्य नेताभन्दा कनिष्ट भएको र पार्टी एकता समेतलाई वहाना वनाएर मलाई वर्खास्त गर्न सफल हुनु भयो । छट्के किनारका साक्षी तत्कालिन सेती अञ्चल कमिटीका सदस्यहरु जिउँदै हुनुहुन्छ । भानुभक्त जैसी, हर्कबहादुर सिंह, कर्ण वहादुर खड्का, भरत साउँद, महेश्वर पाठक सबै रावलपीडित महासंघका सदस्य हुनुहुन्छ । सचिब हटेपछि म काठमाडौं आएँ । केपी कमरेड भन्नु भयो कि माधव कमरेडलाई भेट्नुहोला । भेटवार्ताका क्रममा माधव करमेडले भन्नुभयो–“वाजुरामा लगनशील, इमानदार र सादगी नेता कोही छ भने त्यो दयालबहादुर शाही हो भन्ने कुरा आएको छ । असल मान्छेमाथि अन्याय भएछ, गल्ती अहिले सच्याइए भीम रावल रिराउने भएकाले समय हेरेर म तपाईलाई सचिवमा वहाली गर्छु । कमरेड ईश्वर पोखरेललाई भेटिहाल्नुस् । मलाई ईश्वर कमरेडलाई भेट्ने मन लागेन । उहाँहरुले यस अघि पनि काठमाडौं र ललितपुरको सचिव हटाउनु भएको थियो । मलाई लाग्यो दैला चाहारेर दयाको भिख माग्नु भन्दा अंचल इन्चार्ज र सचिव हटाएर केपी कमरेडका पखेटा काट्ने संस्थापनको यज्ञ विध्वश गर्न किन नलाग्ने ? २०५९ साल एमालेको महाधिवेशन वर्ष थियो । लालबहादुर थापाले जिल्ला कमिटीको वहुमत पु¥याएर टिके सचिवलाई हटाएर जिल्ला अधिवेशनबाट निर्वाचिन सचिव मलाईलाई वहाली गरिछाड्ने वचन दिएर साथ दिनुभयो । मलाई भने एकाएक अंचलको सचिव वनाइएका विचरा तेजबहादुर शाहलाई चलाउन ठिक लागेन । अनुशासन निरीक्षण कमिटी र पार्टी स्वयंले निर्वाचित सचिवलाई हटाइएको गल्ती सच्याए ठिक छ नत्र जिल्लामा जात्रा गर्न उचित नलागेकाले थापाजी त्यसो नगरौं भनेँ । लेखनको मोर्चाबाट अन्यायको अखडामा हमला गर्ने निष्कर्षमा पुगेँ । सातौ महाधिवेशनको छ महिना अघि मैले माधव कमरेडको सहकर्मीको पैँचो नतिर्ने र टहल नगर्ने प्रवृत्तिमाथि कटाक्ष गरेँ । सीपी र वामदेव कमरेडपछि ओली कमरेडलाई समाप्त पार्ने खेलको डटेर आलोचना गरेँ । मेरो लेखाइमा सहकर्मीको टहल गर्दा मदनले पाएको उचाईको चर्चा थियो र सहकर्मीलाई भैसीको मासु सिंगको अचानो गरेर समाप्त पार्ने माधव कमरेडको उपयोगितावादी राजनीतिले निम्त्याउने संकटको पूर्वानुमान र चिन्ता थियो । मैले सेना र माओवादीबाटको दोहोरो मारलाई वास्ता नगरी कार्यक्षेत्रमा रहेका कार्यकर्तामाथि वल्खुबाट विद्युतीय धराप ओछ्याउने छुट नेतृत्वसँग छैन र कसैलाई पनि अन्यायको कोलमा पिस्नु हुन्न भनेँ । दामाहाभित्र के नै पो खानेकुरा होला ठानेर दमाहा टोक्ने स्यालका न दाह््रा बचे, न दमाहा रह्यो भन्ने पंचतन्त्रको नीति कथाले माधव कमरेडलाई खुबै घोचेछ । अमृतकुमार वोहरा जस्तो भिष्म पितामहको अगाडि मेरो पार्टी सदस्यताको चीरहरण गराएर उहाँले म माथि वदला लिनुभयो । अंचल कमिटीले निर्वाचित जिल्ला कमिटी सचिव हटाउन नपाउने अडानका साथ अनुशासन निरीक्षण कमिटीको मेरो पक्षमा साहसी निर्णय लिदै थियो । यसरी मेरो सदस्यता खोसेर संस्थापनले आफ्नो इज्जत बचायो ।
    सत्पात्रलाई थाम्न नसक्दा र खलपात्रलाई डाम्न नसक्दाको परिणाम राम्रो आउँदैन । २०६४ सालमा जनता जनाद्र्धनले माधव करमेडसहित सिंगो एमालेलाई दण्डित गरे । एमालेले मलाई सस्यता फिर्ता दियो । पटकपटक रावल कमरेडले नै मलाई ओली कमरेडसँग समन्ध निकट पार्न हारगुहार गर्नु भयो । ओली प्यानलबाट आठौं महाधिवेशनमा उपाध्यक्ष लड्न भयो र पछि ओली क्याविनेटको उपप्रधानमन्त्री हुँदा मैले उहाँलाई खादा ओढाएर स्वागत गरेकै हुँ । सात नम्बर प्रदेशमा उहाँको रजगज र पीडितको आर्तनादमा भने म किनाराको साक्षी वन्न सकिनँ र बस्न सक्ने छैन पनि ।
    पार्टी एकता भए सवथोक ठिक भैहाल्छ भ्रममा म छैन । विभाजित एमालेको २०५६ को चुनावमा ७० सिट जितेको र मिलेको एमाले २०६४ को संविधानसभा चुनावमा ३३ सिटमा खुम्चिएको नजिरलाई चटक्कै विर्सनु छैन । हाइकमाण्डलाई मेरो आग्रह छ खल्तीतन्त्र र धम्कीतन्त्रको अवधि छोट्याइयोस् र यथाशिघ्र महाधिवेशन आयोजना गरी पुल्पुल्याइएका परपीडकहरुलाई आफ्नो धरातल थाह पाउन दिनुहोस् ।