Tuesday 1st December 2020
  • New title for a=>html, img=>alt
  • कलंकी होटल एण्ड गेष्ट हाउस एशोसिएसनमा नयाँ कार्यसमिति चयन

    -

    August 29, 2019 | 661 Views


    काठमाडौं । कलंकी होटल एण्ड गेष्ट हाउस एशोसिएसनले नेपाल भ्रमण २०२० सफल बनाउन होटल व्यवसायीको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । गएको आइतबार कंलकीमा आयोजित कार्यक्रमा प्रमुख अतिथि बक्ताको रुपमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईलाई बोलाइएको भएपनि समय दिएर पनि मन्त्री उपस्थित भएनन । कार्यक्रममा माननीय मन्त्रीको उपस्थित नभएपछि काठमाडौं महानगरपालिका १४ नम्वर वडा कि वडा अध्यक्ष शोभा सापकोटालाई प्रमुख अतिथि बनाएर कार्यक्रम समपन्न गरिएको एशोसियसनका महासचिब दीपक आचार्यले बताएका छन । कंलकी होटल एण्ड गेष्ट हाउस एशोसिएसनका अध्यक्ष मोहिणीप्रसाद आचार्यको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा होटल व्यवसायी महासंघ नेपालका केन्द्रिय अध्यक्ष अमृत भुजेलको उपस्थिति रहेको थियो ।
    कार्यक्रममा होटल तथा पर्यटन व्यवसायी ३ नम्वर प्रदेशका अध्यक्ष सन्तोष उप्रेती, होटल व्यवसायी संघ काठमाडौंका अध्यक्ष शैलेस कार्की, काठमाण्डौ माहानगरपालीका वडा नं.१३ वडा सदस्य रामबाबु कोइराला, माहानगरीय प्रहरी प्रभाग कलंकी प्रहरी नायब निरिक्षक जंग बाहादुर आले, सामुदायीक सेवा केन्द्र कुलेश्वर का प्रहरी नायब निरिक्षक नरेश कुमार देउवा, राष्टिय किसान माहासंघ केन्द्रिय सदस्य ज्योती गिरी लगायतको उपस्थिति रहेको थियो । कलंकी होटल ससोशिएसनका बरिष्ट उपाध्यक्ष रुद्र बाहादुर न्यौपानेले स्वागत मन्तव्य राखेका थिए ।
    यसैगरी लोकतान्त्रिक होटल ब्यवसायी संघ का प्रतिनिधि गण्ोश ढकाल, काठमाण्डौ होटल ब्यवसायी संघ पदम योङहाङ
    नेपाली होटल ब्यवसायी संघ उमेश सुवेदी, होटल ब्यवसायी माहासंघ नेपाल सल्लाहाकार शेर बा थापा, स्थानीय समाजसेवी तथा संस्थाका सल्लाहाकार बिरेन्द्र थपलिया, स्थानीय समाज सेवी कुवेर खड्का र स्थानीय समाजसेवी इश्वर बिडारीले शुभकामना व्यक्त राखेका थिए ।
    नवनिर्वाचिच कार्यसमिति
    १.अध्यक्ष : मोहिण्ी प्रसाद आचार्य
    २ प्रथम उपाध्यक्ष : रुद्र बााहादुर न्यौपाने
    ३ उपाध्यक्ष : देबी बाहादुर राई
    ४ उपाध्यक्ष : रमेश कुमार बराल
    ५ उपाध्यक्ष : मनोज सापकोटा
    ६ माहासचिब : दिपक आचार्य
    ७ सचिब : कृष्ण बस्याल
    ८ कोषाध्यक्ष : बिर्ष बाहादुर कार्की
    ९ सह कोषाध्यक्ष : तुल बाहादुर श्रेष्ठ
    १० सदस्य : बल बाहादुर थापा
    ११ सदस्य : कुसुम दाहाल खड्का
    १२ सदस्इ : माधब प्रसाद गौतम
    १३ सदस्य : जनक सिंह
    १४ सदस्य : प्रमिला श्रेष्ठ
    १५ सदस्य : शुसिल बास्ताकोटी
    १६ सदस्य : सन्तोष खनाल
    १७ सदस्इ : रेशम पुलामी
    १८ मनोनीत सदस्य : कुमार श्रेष्ठ
    १९ मनोनीत सदस्य : गोकर्ण गिरी
    २० मनोनीत सदस्य : सिपन बाहादुर तामाङ
    २१ मनोनीत सदस्य : केशर श्रेष्ठ
    २२ लेखा समिति संयोजक : तुलसीराम भण्डारी