Sunday 29th November 2020
  • New title for a=>html, img=>alt
  • कानुन लेखापढी व्यवसायी एसोसिएसनले २३ औँ साधारण सभा मनायो

    -

    January 11, 2020 | 587 Views


    काठमाडौं । पुस २६, नेपाल कानुन लेखापढी व्यवसायी एसोसिएसन इकाइ समिति डिल्लीबजारले आफ्नो २३ औँ साधारण सभा आज काठमाडौंको डिल्लीबजारस्थित सांस्कृतिक संघको कार्यालयमा उद्घाटन कार्यक्रम गरेको छ ।
    कानुनी राज्य, पेशागत सुरक्षा, पारदर्शिता र सुशासन, राष्ट्रिय एकता, स्वाभिमान र पहिचानका लागि नयाँ संविधान नारा दिइएको सो कार्यक्रममा बोल्ने बक्ताहरुले पेशागत सुरक्षाका लागि क्षमता विकास र आपसी कार्यगत एकतामा जोड दिनु पर्ने बताएका थिए । भुमिसुधार मन्त्रीले एक पत्रिकालाई दिएको अन्तर्वाताको प्रसङग उल्लेख गर्दै संगठन बलियो र मजबुत भएको कारण नै प्रहार भएको र यसमा रहेका त्रुटीहरुको डटेर सामना गर्न निर्देशनसमेत दिएका छन् ।
    संगठन बलियो भएको खण्डमा कसैले पनि पेशागत संस्थामा आक्रमण गर्न नसक्ने कुरा ब्यक्त गर्दै बक्ताहरुले पेशागत संस्थाहरु एकताबद्ध भएर काम गर्नु पर्ने कुरामा जोड दिएका छन् । विगतमा भएका धेरै कुराको समीक्षा गर्दै नयाँ कुराको थालनी गर्नु पर्नेमा जोड दिएका पूर्व अध्यक्ष तेज प्रसाद ढकालले सरकार परिवर्तन सगै एसोसिएसनलाई राम्रो रुपमा हेर्न नसकेको आरोप लगाए । उनले भनेका छन् हामी सरकारका सहयोगी है विरोधी होइनौ । तर पनि सरकार र सेवाग्राहीले हामीलाई आत्मसात गर्न सकेनन् । उनले गुनासो समेत गरे ।
    त्यसैगरी वर्तमान अध्यक्ष सितारमा दाहालले न्यायीक र अर्धन्यायीक निकायमा काम गर्ने संस्थालाई मात्र दोषी देख्न नहुने धारण ब्यक्त गरे । हामीले कहाँ कति गल्ति गरेका छौ हामी त्यो सच्याएर अघि बढ्ने प्रण गर्दछौ । तर, त्यो कार्यमा सरकार र उसका मातहतका निकाय पनि सुधार भएर अगाडि बढ्न जरुरी रहेको छ । उनले भनेका छन् राज्य संचालन गर्ने नीति नै धमिलो हुँदा त्यो धमिलो विस्तारै तल्लो तहसम्म पुग्ने हुनाले तल्लो तहमा सङ्लो हुन्छ भन्ने कुरामा हामी विश्वस्त हुन सकेका छैनौ । कार्यालयको काम सकेर सेवाग्राही घर फर्किदा उसको अनुहार हसिलो हुने गरी काम गर्नु पर्ने उनको धारण थियो । त्यसतर्फ सरकार र मातहतका निकायले ध्यान दिन जरुरी छ ।
    कार्यक्रममा बारका महासचिव लीलामणि पौडेल, सदस्य केदार कार्की, भूमि व्यवस्था तथा अभिलेख विभागका निर्देशक भरत गौतम, नेपाल कानुन लेखापढी व्यवसायी एसोसिएसनका महासचिव कृष्णप्रसाद दाहालले शुभकामना ब्यक्त गर्दै पेशालाई मर्यादित बनाएर अघि बढेको खण्डमा पेशा सधैं सुरक्षित रहने बताएका थिए ।
    प्रमुख अतिथिको रुपमा बोल्दै नेपाल बारमा पार्षद महेश नेपालले उठान भएका सबै विषयमा छलफल गरेर त्यसको निकास खोज्नु पर्ने बताए । परिवर्तित समाज अनुसार हामीले गर्ने हाम्रो पेशा ब्यवसायमा सुधार गरेर अघि बढ्नु पर्ने उनको धारण थियो । नेपाल कानुन लेखापढी व्यवसायी एसोसिएसन पनि कानुन व्यवसायी हुन त्यसो हुनाले बारले त्यसमा प्राविधिक सहयोग गरेर अघि बढ्ने उनले प्रतिबद्धता व्यक्त गरे । दिउसो १ बजेसम्म संचालन भएको कार्यक्रमको अध्यक्षता काजु सिवाकोटीले गरेको थिए ।