Friday 19th July 2019
  • New title for a=>html, img=>alt
  • कौर्माय पूर्ण युवती

    -

    July 10, 2019 | 59 Views


    बोधराज पौडेल /

    कौर्मायले भरिपूर्ण युवती
    निःशंकोच लेख्छे यौन
    र , यौनका आकाँक्षाहरु

    म हाँसो भित्रि हृदयमा भर्छु
    सक्दीन पोखिन बाह्य ओठ भएर
    तसर्थ पचाउछु
    सारा उसका बिम्व , उपमा र अलङ्कारहरु

    कौर्मायले भरिएर
    ढल्पलाउदै , टिल्पीलाउदै
    ऊ छचल्किन्छे
    म हच्किन्छु
    एउटा संकोचले भरिएर

    कौर्माय युवतीको
    आह्वान पुरुषलाई देखेर
    म तर्सन्छु
    अविवाहिता आमाहरुलाई संझेर