Friday 19th July 2019
  • New title for a=>html, img=>alt
  • खोटाङका पत्रकारले बाँधे कालोपट्टी

    -

    May 15, 2019 | 107 Views


    खेमराज अधिकारी, १ जेठ, खोटाङ । सरकारले हालै ल्याएको मिडिया काउन्सिल विधेयक फिर्ता गर्न माग गर्दै खोटाङका पत्रकारहरुले हातमा कालोपट्टी बाँधेर विधेयकको विरोध गरेका छन् ।

    पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले आह्वान गरेको देशव्यापी आन्दोलन अनुसार बुधबार जिल्ला सदरमुकाम दिक्तेलको त्रिवेणी चोकमा भेला भएका जिल्लाका पत्रकारहरुले विधेयकको विरोधस्वरुप हातमा कालोपट्टी बाँधेर काम गरेका छन ।

    सरकारले गत बिहिबार सदनमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक संविधानको मर्म र भावना बिपरित भएको साथै सरोकारवाला पक्षसंग छलफल र सहमती बिनै ल्याइएको भन्दै पत्रकारहरु आन्दोलनमा उत्रिएका हुन् । बिधेयकमा कसैको मानहानी हुने गरि पत्रकारले समाचार लेखेमा १० लाखसम्म क्षतीपुर्ती भराउन सकिने उल्लेख भएकोले त्यो सच्याउन विधेयक फिर्ता लिनुपर्ने पत्रकारहरुले माग गरेका छन् ।

    यसअघि पत्रकार महासंघ र नेपाल प्रेस युनियनले विधेयक फिर्ता लिन पहल गरिदिन माग गर्दै संघिय संसदका सभामुख र राष्ट्रिय सभाका अध्यक्ष समक्ष प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाईसकेका छन् ।