Tuesday 22nd October 2019
  • New title for a=>html, img=>alt
  • गर्मी

    -

    July 9, 2019 | 144 Views


    मेघराज पौड्याल/

    गर्मी भो अतिनै चराचर यहाँ थेग्नै नसक्ने भयो
    भन्छन् ग्रीष्म सगै वडेर गरमी चालीस नाग्दै गयो
    यस्तो ताप हुँदा किसान कसरी जोत्ला धरामा पसी
    तातो वाफ यता नफाल अब लौ ! उम्दा घरैमा बसी ।। १।।

    ओसाएन कतै गए अवनि यो हावा यहाँ बन्द छ
    बालीनै बिरुवा सबै अब सुके डाँडा भने मन्द छ
    बाटोमा घरमा अझंै कठिन भो राती ऊ जागा बसी
    पीडा हुन्छ बुझांै सबै सुजनले उम्दा घरैमा वसी ।।२।।

    सारा फाँट जल्यो कि झै छ अहिले यो चार मासै भरी
    सर्दी शीतलता दिलाउनु प¥यो डाँडा र पाखा झरी
    पानी पर्छ यही कुनै दिन ठूलो बाढी र पैरो पसी
    मर्नै पर्छ यहाँ सधैँ गरिवले हेर्छौ घरैमा बसी ।।३।।

    आगो झैँ छ धरा तरी मुलुकको डाँडा भयो सुन्दर
    हाम्रा ती चुचुरा तलै भई दिए सारा कुना कुन्तर
    यस्तो ताप यहाँ कदापि नहुँदा हुन्थे सबै पौरखी
    तिम्रो राप यता न फाल अब लौ उम्दा घरैमा बसी ।।४।।

    जाडोमा अतिनै हुँने छ ठिहिरो पीडा सबैको हुने
    रापै राप सधै भयो र जगमा हामी तलै भासिने
    दिग्दारी छ सधैँ हटाउँन चुरे घेरौ सबैले पसी
    डाँडामा बिरुवा लगाउँ पहिले उम्दा घरैमा बसी ।।५।।

    (पौड्याल छन्दमा कविता लेख्न रुचाउने कवि हुन् । उनी समसामायिक विषयमा कविता लेख्न मन पराउँछन् । कृति प्रकाशित नभएपनि उनका कविताले युवटुवमा राम्रो योगदान दिएको पाइन्छ ।)