Monday 16th September 2019
  • New title for a=>html, img=>alt
  • चिहानबाट लास निकालेर गुडिया बनाउने एक इतिहासकार

    -

    February 20, 2019 | 448 Views


    काठमाडौँ, ८ फागुन | सन् २०१३ मा अनातोली मोस्क्भीन नाम गरेका एक ५२ वर्षिय रसियाली पुरुषले आफुले २९ ओटा बालिकाहरुको सब चिहानबाट निकालेर, लासलाई गुडिया बनाएर आफ्नै कोठामा राखेको अदालत समक्ष स्वीकार गरेका थिए | उनले ति मृत बालिकाहरुका अभिभावकलाई भनेका थिए,’ तिमीहरुले आफ्नो सन्तानलाई त्यागी दियौ, मैले उनीहरुलाई न्यानोपन दिएँ |’

    उनले ति लासहरुलाई गुडिया जस्तो देखाउन लुगा, जुत्ताका अतिरक्त लिपस्टिक लगाई मेकउप पनि गरिदिने गरेका थिए |  उनको कोठामा ति सबै बालिकाहरुको जन्ममिति पनि राखिएको थियो | प्रहरीले पक्राउ गर्दा उनले त्यस्तो गुडियाहरु राख्ने गरेको ९ वर्ष भइसकेको थियो |

    उनि आफ्ना बाबुआमासँग बस्दै आएका थिए | छोरोको अनौठो रहस्य थाहा पाएपछी उनकी आमाले भनिन्, ‘ गुडिया जम्मा गर्नु उसको इच्छा होला जस्तो लागेको थियो | तर यी लास हुन् भन्ने हामिलाई कहिले लागेन |’

    उनी मानसिक रोगि भएको ठहर गरि उनलाई कडा निगरानीमा राखी उपचार गर्ने आदेश अदालतले दिएको थियो |

    अचम्म त के हो भने एक इतिहासकार हुन र उनले धेरै लेख लेखेका छन् | उनले आफुले विज्ञानले उनीहरुलाई जीवित पार्ने प्रतिक्षामा रहेको र ‘ममी’ बनाउने कलामा अभ्यस्त हुन तेसो गरेको बताएका थिए |

    हाल कडा निगरानीमा भए पनि  उनको स्व्यास्थ्यमा सुधार आएको हुनाले र आफ्नो बाँकि उपचार आफ्नै घरबाट गर्न पाउनु पर्ने उनको इच्छा रहेको भन्दै  उनको उपचारमा संलग्न चिकित्सकहरु अदालतमा निवेदन दिएक थिए | तर ति बालिकाहरुका अभिभावकहरुले कडा बिरोध गर्दै उनलाई सधै कडा निगरानीमा राखिनु पर्ने बताएका  छन् |