Monday 17th June 2019
  • New title for a=>html, img=>alt
  • जग भत्काएर हँसाउने काम नगरौं

    -

    June 7, 2019 | 15 Views


    खगेन्द्रराज सिटौला/
    नेपाल एकीकरण आफैमा नेपाल सशक्तिकरण हो । नेपाल सशक्तिकरणको पहिलो पाइलो र बलियो आधार नै नेपाल एकीकरण हो । अर्थात नेपाल एकीकरण र नेपाल सशक्तिकरण एउटै सिक्काका दुई पाटा हुन् । शक्तिको लागि एकीकरण र एकीकरणको लागि शक्तिको सार भनेको नै बलियो शक्तिशाली नेपाल हो । त्यसैले नेपाल एकीकरण नेपाल सशक्तिकरणको लागि नै हो । पृथ्वीनारायण नेपाल एकीकरण र नेपाल सशक्तिकरण आफैमा पर्यायवाची शब्द भन्दा फरक पर्दैन । पृथ्वीनारायणले गर्दा नेपाल एकीकरण भयो । एकीकरणले गर्दा नेपाल सशक्तिकरणको आधार बन्यो । पृथ्वीनारायण र नेपाल एकीकरणको सशक्तिकरण बारे थप छलफल चलाउन कोशिस गरौं ।
    सबैलाई थाहा भएकै विषय हो नेपाल एकीकरण पृथ्वीनारायण शाहको नेतृत्वमा अघि बढेको हो । परिणामका हिसाबले शक्ति प्राप्त गरेर लक्ष अनुसार नै प्रगति हासिल गरेको थियो । यो लक्ष्य भने त्यति सजिलै प्राप्त भएको थिएन । यो लक्ष्य प्राप्त गर्न कम्तिमा पनि ३२ वर्ष लागेको थियो पृथ्वीनारायण शाहकै नेतृत्वलाई । यो लक्ष्य प्राप्तिको लडाईमा धेरैले ज्यान दिएका थिए, रगत दिएका थिए मेहनत र पसिना दिएका थिए । धन, बल, बुद्घि साहस त्याग र समर्पण दिएका थिए । नेपाल शक्तिको निर्माणको लागि अविश्राम जुधिरहेको, लडिरहेको बढिरहेको इतिहास छ । कहिले खाएर लढेका छन् कहिले नखाएरै लढेका छन् । कोही दबाइ नपाएर मरेका छन् त कोही दबाइ नजानेर मरेका छन् । तर पनि शोकलाई शक्तिमा बदल्दै नेपाल शक्ति निर्माणको खातिर जय जय काली जयजय गोरख भन्दै अघि बढेका छन् । आन्तरिक रुपमा मात्र जुध्नु परेको थिएन कहिले दक्षिणको बादशाहसंग त कहिले उत्तरको बादशाहसंग जुध्नु र जित्नु परेको थियो । त्यति मात्र होइन आइलागेको मिर कासिमको मुसलमान शक्तिमाथि पनि जाइलागेर जितेर नेपाल शक्ति निर्माणको अभियानलाई निरन्तरता दिनु थियो । त्यसैले त यो ‘मेरा साना दुखले अज्र्याको मुलुक होइन’ अभिव्यक्ति आउनु परेको हो । सबैमा यो चेतनाको दियो बलिरहोस् भनेर नै चेतना भया भन्नु परेको थियो ।
    नेपालमा पृथ्वीनारायण शाहले एकीकरण अभियानको ४७ वर्ष पछि मात्र फ्रेन्चको राज्य क्रान्ति भएको थियो भने ३२ वर्ष पछि अमेरिकामा स्वतन्त्रता संग्राम भएर अमेरिका स्वतन्त्र भएको थियो । नेपाल एकीकरण भएको सय वर्ष पछि मात्र इटली र जर्मन एकीकरण भएका थिए । यस हिसाबले हेर्दा पनि नेपालको एकीकरण अभियान समकालिन विश्वको इतिहास केलाउदा पनि निकै अगाडि नै भएको पाइन्छ । पृथ्वीनारायण शाह आफैमा शक्तिशाली नेता भएकोले नै उनलाई बेलैमा नेपाल सशक्तिकरणको भोक जागेको देखिन्छ । अदूरदर्शी कमजोर र मनोबल नभएकाहरु इतिहासमा टाक्सिएर हराउछन् भने दूरदर्शी उच्च मनोबल भएका साहसीहरु इतिहासमा पृथ्वीनारायणहरु भएर विशाल नेपालको रचना गर्दछन् । पृथ्वीनारायण शाहमा शक्तिको भोक जागेको थिएन भने नेपाल एकीकरण अथवा नेपाल सशक्तिकरणको आधार बन्ने ने थिएन । दरबार भित्रको शक्ति र दरबार बाहिरको शक्तिलाई आप्mनो नेतृत्वमा समन्वयात्मक किसिमले परिचालन गर्ने काम सजिलो थिएन । त्यस्तै राजा पृथ्वीनारायण शाहालाई सिपाही पृथ्वीनारयण बनाएर लडाईको मैदानमा ढाल र तरबारसंग उतार्नु कम जोखिमको काम थिएन् । तर, नेपाल शक्तिको भोक जागेका पृथ्वीनारायणको व्याक्तित्वले एकैपल्ट यी दुबै भूमिकालाई कुशलतापूर्वक सम्पादन गर्न सक्यो । पृथ्वीनारायण शाह एकैपल्ट श्री ५ राजा सिपाही थिए श्री ५ राजा नेता थिए र श्री ५ राजनीतिज्ञ योजनाविद् पनि । यही वहुआयामिक नेतृत्व र व्याक्तित्व नेपालीले पाएको हुनाले नै नेपाल एकीकरण वा नेपाल सशक्तिकरणको बलियो आधार बन्न सकेको हो ।
    नेपाल एकीकरण वा सशक्तिकरण अभियानको प्रतिनिधि नाम हो पृथ्वीनारायण शाह । उनी राजा भएको कारणले यो अभियानको प्रतिनिधि पात्र भएका होइनन् । इतिहासमा राजाहरु त कति आए कति गए । उनी यो अभियानको अभियान्ता र नेतृत्वकर्ता, संगठनकर्ता र निर्देशनकर्ता समेत भएकै कारणले उनी प्रतिनिधि नाम हुन सकेका हुन् । उनको अभियानलाई याने नेपाल सशक्तिकरण अभियानलाई सबै किसिमले समर्पित भएर लाग्ने केही प्रतिनिधि नाम उल्लेख गर्नु भनेको उनीहरुको योगदानलाई न्याय दिनु मात्र होइन कि यो अभियान र यसका नेता पृथ्वीनारायणलाई पनि न्याय दिएको मानिने छ । पृथ्वीनारायण थिए नेतृत्व दिए र नै यो अभियान अघि बढ्यो । यिनीहरु थिए र त यो अभियानले सफलता हासिल ग¥यो । जसले नेपाल सशक्तिकरण अभियानका नायक पृथ्वीनारायणलाई सबै किसिमले योग्य बनाउन योगदान गरिन् उनी हुन् पृथ्वीनारयाण शाहकी जेठी मुमा चन्द्रप्रभावती शाह ।
    साथै उनका भाइहरु दलमर्दन शाह, महोद्दम कीर्ति शाह, शूरप्रताप शाह दलजित शाहालाई पनि उल्लेख गर्न विर्षनु हुँदैन । उनकी जेठी बुहारी राजेन्द्रलक्ष्मी पति राजकुमार बहादुर शाहको त झन विशेष योगदान र इतिहास नै छ । यसरी नै नेपाल एकीकरण अभियान अर्थात नेपाल सशक्तिकरण अभियानले संझिरहनु पर्ने केही चर्चित प्रतिनिधि नामहरु यी हुन् । काजी कालु पाँडे, विराज बखेती, बिसे नगर्ची, झागल गुरुङ, रामकृष्ण कँुवर, शिकारी बंश गुरुङ, बाघ भिमसिंह थापा, वीरभद्र थापा, शिवरामसिंह बस्न्यात, मानसिंह रोकाहा, वीरभद, पाठक, सुरप्रभा बस्न्यात, रणजित बस्न्यात, भानु जैसी, कुलानन्द जैसी, सेषजरबर, भेषासि, ममतकी, सुरथसिंह राना आदिहरु ।
    त्यस्तै अमरसिंह थापा, वीर भक्ति थापा, अभिमानसिह बस्न्यात, दामोदर पाँडे, उजिरसिंह थापा, वीर बलभद्र कुवर, शिव शाह, शिवनारायण खत्री, पारथ भण्डारी, अम्बरसिंह राना, जोगनारायण मल्ल, जीव शाह, सबल शाही, जगजित पाँडे, दुधे लामा, सोठे दनुवार, प्रबल राना, फौदसिंह, जगत पाँडे, हस्तदल शाही, शत्रुसाल शाही, जयभद्र बोहरा, गोलैया खवास, रणवीर खत्री, शूरवीर खत्री, प्रतिमन शाही, कालु खवास, रामकृष्ण खत्री, कप्तान कालु पाँडे, नरु शाह, श्रीकृष्ण शाह, रणजित पाँडे, बम शाह, श्रीहर्ष पन्थ, नाहरसिंह बस्न्यात, शिवराम खत्री, देवदत्त थापा, जहरसिंह बस्न्यात, प्रतिमान राना, नरसिंह गुरुङ, जसिवन्त भण्डारी, रणजित कुवँर, कीर्तिमानसिंह बस्न्यात, माधौ शाही, ठाइला प्युबर लामा, रणकेशर पाँडे, भास्कर राना, जगबर शाही, धौकलसिंह बस्न्यात, भोटु पाँडे, रामदास पन्थ, मनिराम लामा, नयनसिंह थापा, केहरसिंह बस्न्यात, बालनरसिंह कुवँर,जीवन थापा, रणवीरसिंह, आदि उल्लेखित तथा चर्चित नामहरु हुन् जसले नेपाल सशक्तिकरणको लागि एकीकरण अभियान वा सीमा रक्षाको लडाइमा यो समय वा त्यो समयमा यो भूमिका वा त्यो भूमिका पाइएका व्यक्तित्व इतिहासमा अंकित छन् । अर्थात यी हरेक पृथ्वीनारायणहरु हुन् र यी हरेकका आवाज ‘मेरा साना दुखले अज्र्याको मुलुक होइन सबै जातको पूmलबारी हो’ । इतिहासमा हैसियत बनाएका आधिकारिक वक्ताहरु हुन् । यी सबै राष्ट्रनिर्माता पृथ्वीनारायण शाह हुन् । यी सबै नेपाल एकीकरण हुन् नेपाल सशक्तिकरण गर्ने अभियानका अमर पात्रहरु हुन् । यी सबै राष्ट्रनिर्माताका हिस्सेदारहरु हुन् नेपाल अज्र्याउनेका सहयात्रीहरु हुन् ।
    माटोको विशालीकरण मात्रै नेपाल सशक्तिकरण होइन विशाल माटोमा धड्कने बलिया मुटुहरुको सहभागीता र योगदानमा बनेको सम्पन्न मुलुक पृथ्वीनारायण शाहको नेपाल सशक्तिकरणको सार र धार देखिन्छ । यो धारलाई अघि बढाउन उनले पृथ्वीविचार अघि सारेका छन् । जहाँ एकीकरणलार्इं सवलिकरण गर्दै नेपाल सशक्तिकरणका आधार शुत्रहरु अधि सारिएका छन् । देशभक्तहरुको सम्पन नेपाल नै नेपाल सशक्तिकरणको सबभन्दा बलियो आधार हो । र यसले मात्र एकीकरण गरिएको नेपाललाई दिगो बनाइरहन्छ भन्ने विश्वास पृथ्वीनारयण शाहमा भरिएको पाइन्छ । सबै किसिमले नेपालीपन र नेपालीमन भएको आत्मनिर्भर अर्थतन्त्रको सवल र संगठित उच्च मनोबलका र नेपालीको नेपाल नै पृथ्वीनारायण शाहको साझा पूmलबारी हो । वर्तमान विश्वले नेपालको अतीत नपत्याउन सक्छ । कसरी नेपाल हुँदै गरेको पृथ्वीनारायणको सानो गोर्खा फौजले तेत्रो विशाल अंग्रेज फौजलाई जित्यो भनेर । त्यति मात्र होइन नेपाल भइसकेको नेपाली फौज कुन शक्तिको प्रेरणाले झन बलियो भएको अंग्रेज फौजसंग भिडेर टिक्यो भनेर विश्वको मात्र होइन अहिले र भोलीको पुस्ताको लागि पनि पत्यार नलाग्ने आश्चर्य हुनसक्छ ।
    पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरे नेपाल शसक्तिकरणको आधार खडा गरे । दूर दृष्टि, रचनात्मक श्रृजनात्मक भएर राष्ट्रिय एकताले बलियो नेपाल बनाउनु नै नेपाली इतिहास र नेपाली पुर्खाहरुप्रति सम्मान गरेको मानिने छ । झुक्किएर पनि जग भत्काएर जग हँसाउने काम कसैले नगरौं । नेपालको जग बलियो छ बलियो जगमाथि उभिएको नेपालको भविश्य सुन्दर छ । स्वच्छ नेपाल सकारात्मक रचनात्मक नेपालीको गतिशीलताले नेपाललाई सधै बलियो बनाइरहन्छ । बलियो नेपालको लागि बलियो नेपाली एकता बनाएर सबै नेपाली एकसाथ लागौ एकसाथ जागौ । कहिले ननिभ्ने अनन्त नेपाली चेतनको दियो बालिरहौं ।