Sunday 29th November 2020
  • New title for a=>html, img=>alt
  • जलशक्तिले रोक्छ धन जन

    -

    November 29, 2019 | 400 Views


    खगेन्द्रराज सिटौला
    नेपालको धन जन तीब्र गतिमा मुलुक बाहिर गइरहेको छ । यसलाई विकास मान्ने हो भने विकासको उल्टो परिभाषा बुभ्mनु पर्दछ । यो नेपालको विकारल अवस्था हो । नेपालको ठूलो युवा जनशक्ति विदेश गइरहेको छ । विदेशमा ठूलो श्रमशक्ति गएकोले नेपालका सबै क्षेत्रमा श्रमशक्तिको अभाव खड्किरहेको छ । यसले हरक्षेत्रको उत्पादनलाई नकारात्मक प्रभाव पारिरहेको छ । नेपाल क्रमश वृद्धशालामा परिणत हुने खतरनाक र निराशजनक बाटोमा अघि बढिरहेको छ । गाउँ युवा विहीन भइरहेको समाचार र विचार धेरैले धेरैपल्ट प्रकाशित गरिसकेका छन् । तर यो क्रम घटेको छैन बढिरहेको छ । यो भनिएको परिवर्तन के का लागि होला भन्ने प्रश्न उठ्न थालिसकेको छ जताततै । मुलुकको विकासको लागि कि विनासको लागि ? ओह्रालो यात्रा कि उकालो यात्राको लागि ? सवाल गम्भीर छ । सबै झस्कनु पर्छ ब्यूँझनु पर्छ र एक भएर मुलुक उठाउने अभियानमा जुट्नु पर्दछ ।
    धेरै मान्छेहरुलाई लागेको हुनु पर्दछ जति नेपाली युवाहरु श्रम गर्न बाहिर जान्छन् त्यति नै मुलकुमा रेमिटेन्स भित्रिएर मुलुकलाई लाभ पुग्दछ । यसले मुलुक र गएका श्रमिकहरुका परिवारलाई सम्पन्न बनाउन लाभ पुगेको छ । त्यसैले युवाहरुलाई बाहिर जाने कुरामा सबैले प्रोत्साहन गर्नु पर्दछ भन्ने मत त्यतिकै प्रवल भएर आएको छ जताततै । एकतिर धेरै युवाहरु बाहिर गएकोले नेपालमा राजनीति आन्दोलन जुलुसमा कमी आएकोले राजनीति स्थायीत्व र शान्ति स्थापनामा मदत पुगेको छ भन्ने तर्क पनि गर्छन् कतिपय मानिसहरु । अझ कतिपय त जति ठूलो संख्यामा युवाहरु विदेशमा जान्छन् त्यतिनै नेपालमा खाद्य संकट कम हुन्छ भन्ने तर्क पनि अघि सार्दछन् । उनीहरुको तर्क छ कि यति धेरै मानिसले खाने अन्न जोगिएको छ । ती सबै मानिसले देश भित्रै खाने हो भने मलुकमा खाद्यान्नको हाहाकार हुन्छ भन्ने उनीहरुको मत छ । त्यसैले उनीहरु जुनै मूल्यमा पनि यूवाहरुलाई बाहिर श्रम गर्न प्रोत्साहित गर्नै पर्दछ भनेर जोड दिइरहेका छन् ।
    सारमा भन्ने हो भने नेपालको धन पनि जन पनि बाहिर नै गएको छ । झट्ट हेर्दा बाहिरबाट नेपाली युवाहरुले पठाएको पैसा स्वदेशमा भित्रिएको देखिन्छ । तर वास्तविकता भने घुमिफिरि धन पनि बाहिर नै गएको निष्कर्ष निष्कन्छ । नेपालका युवाहरुले बाहिरबाट यता पैसा पठाए भने पनि परिवारहरुले गरगहना, महंगा मोवाइल, बाइक, टेलिभिजन, रेफ्रिजेटर, लुगाधुने मेसिन आदि इत्यादि धेरै इलोक्ट्रोनिक सामानमा नै धेरै पैसा खर्च गरेका हुन्छन् । अझ महंगा जुत्ता कपडा सिंगार पटार घरमा सजाउने सामानहरु आदिमा धेरै खर्च गर्दछन् । घर बनाउनेले प्रयोग गर्ने रड लगायत अन्य धेरै निर्माणमा प्रयोग हुने सामानहरु पनि विदेशबाटै आयत गरेका हुन्छन् । यसले पनि जाहेर गर्दछ कि बाहिर गएका जनहरुले पठाएको धनको ठूलो हिस्सा ‘घुमिफिरी रुम्जाटार’ भनेजस्तै बाहिर नै पुगेको हुन्छ । अझ नेपालमा त घर बनाउने धेरै ठेकेदार मिस्त्रीहरु समेत भारतीयहरु हुने भएकोले ती मार्फत पनि बाहिरबाट आएको ठूलो मात्रको धन जन जसरी नै बाहिरिएको हुन्छ ।
    त्यति मात्र होइन बाहिरबाट पैसा आउन थाले पछि यहाँ बसेका परिवारमा श्रम नगर्ने बसी बसी मिठो मसिनो परिकार खाने आदत बढेको पाइएको छ । आपूm उत्पादन नगर्ने सबै किनेर खाने त्यो पनि बाहिरबाटै आएका हुन्छन् । फलपूmल लगायत अनेक महंगा तयारी खानाहरु जो बाहिरबाटै आएका हुन्छन् जसले पनि पैसा त बाहिरै पठाउने भए ।
    यस हिसाबले हेर्दा नेपालमा श्रमिकहरु बहिर गएर दोहोरो नोक्सान छ । एकतिर उत्पादन र उत्पादकत्व घटेर गएको छ । जताततै श्रमशक्तिको अभाव खड्किएको छ । कृषि तथा औद्योगिक उत्पादनमा गम्भीर नकारात्मक असर देखा परिरहेको छ । कृषि क्षेत्रमा श्रम शक्तिको अभाव झनै गम्भीर चिन्ताको विषय बन्दै आएको छ । यो क्षेत्रबाट मानिसहरु पलायन भएर जाने क्रम बढ्दो छ । जनशक्ति परहरुका लागि र आन्तरिक बजार परहरुका लागि भइरहेको छ । नेपालीहरु अरुको लागि काम गर्ने अरुको उत्पादनमा रमाउने प्रवृतिका हुँदैछौं । के हामी अरुको लागि मात्र काम गर्न र अरुको सामानमा मात्र भर पर्न जन्मेका हौं त नेपाली भएर ? के हामी आप्mनै लागि काम गर्ने आप्mनै उत्पादनमा भर पर्ने कहिल्यै हुन सक्तैनौ ? के हाम्रो नियति नै यहि हो त ? यस्त प्रश्नहरुले खेदिरहने छ नेपालीलाई लामो समयसम्म यदि नेपालले आपूmलाई गम्भीररुपमा परिवर्तन गरेन भने । नेपालले आत्मनिर्भर अर्थतन्त्रको बाटो खोजेन भने ।
    नेतामा देशभक्ति र नीतिमा जलशक्ति नभइकन नेपालले काँचुली फेर्न शक्तैन । देशभक्ति शक्ति हो राष्ट्रघात क्षति हो भन्ने नेताहरुले नबुझे सम्म जलशक्ति नेपाल विकासको मुलशक्ति हुन सक्तैन । नेपाल विकासका सबै संभावना जलशक्तिमा छ भन्ने बुझेर पनि बुझ पचाउदै जलस्रोत जति कौडिको मोलमा विदेशीलाई जिम्मा लगाएर नेपाललाई सदाकालका लागि परहरुको मुलुक बनाउने भयंकर षड्यन्त्र भइरहेको छ । अरु धेरै खर्च कटाएर, नेपाली मात्रकै पूँजी संकलन गरेर अनि सस्तोमा दीर्घकालिन ऋण लिएर संसारकै सस्तोमा विजुली उत्पादन गर्ने संभावना र शक्ति हुँदा हुँदै कमिशनको लोभमा यस्ता जलशक्ति विदेशीहरुलाई जिम्मा लगाउने प्रवृति भयंकर राष्ट्रघाति प्रमाणित हुन लामो समयसम्म पर्खनै पर्दैन । यसले नेपाललाई सबै किसिमले अन्धकारमा धकेल्ने सिवाय केही काम गर्दैन ।
    सर्वदलीय सहमतिलाई राष्ट्रिय सहमति बनाएर शक्तिलाई जलशक्तिमा लैजाने अपरिवर्तनीय दीर्घकालिन राष्ट्रिय रणनीति चाहिएको छ नेपाललाई अहिले । यसको लागि नेपालले अर्थात नेपाल सरकारले साझा राष्ट्रिय नीतिको जलमा जनता कार्यक्रम सार्वजनिक गर्नु पर्दछ धेरै विज्ञहरुसँग व्यापक गृहकार्य र छलफल पछि । जलमा जनता भनेको नेपालीको पानी नेपालीको लगानी नेपालीलाई काम दिने नेपालीलाई आम्दानी बढी भएमात्र बेचिदिने जलनीति हो । नेपालमा प्रचुर मात्रमा विजुली उत्पादन गर्ने र विजुलीको बलमा अनेक औद्योगिक उत्पादन, कुषि उत्पादन बढाउने हो । र, उत्पादन बेचेर नेपाल छिटै धनी हुने नीति हुनुपर्दछ जलमा जनताको । विजुली बेचेर होइन कि विजुली उपयोग गरेर उत्पादन बेचेर जलमा जनताको नीति कार्यक्रम हुनु पर्दछ । विजुली उत्पादन सँगै यसको खपत र बजारको आधार पनि तयार गर्दै लैजानु पर्दछ ।
    यति प्रतिशत विजुली सित्तैमा पाउने, यतिवर्षपछि आयोजना हस्तान्तरण हुने प्रचारका लागि देखिने लोभमा फसेर नेपालले स्वअधिनको पानीलाई पराधिन बनाएर आप्mनो भन्ने सबैथोक गुमाईरहेको छ । जनशक्ति पनि अर्काको अधीनमा जलशक्ति पनि अर्काको अधिनमा दल नेता र सरकार पनि अर्काको अधिनमा हुने भए पछि स्वाधीन नेपालको गीत कस्का लागि गाउछौं र समृद्धिको राग कसलाई सुनाउछौ ? सरकारमा जानको लागि राष्ट्रघातको कुरा गर्ने सरकारमा पुगेपछि को भन्दा राष्ट्रघातिमा को कम हुने भएपछि विश्वास र आस्था भन्ने नै कहाँ बाँकी रहन्छ । हरेक नदीमा कतिपल्ट बगाइरहन्छौ राष्ट्रलाई । अति भो हद भो । दृढ राष्ट्रिय अठोटको साथ जलमा पस त न तिमी न तिम्रो राजनीति न तिम्रो राष्ट नै डुब्दछ । जनताको जीवनस्तर सँगै सबै एकैपल्ट उठ्नेछन् सँगै ।
    पानीको शक्ति छ नेपालमा । त्यो शक्तिलाई उर्जा शक्ति र सिंचाइ शक्तिमा रुपान्तरण गरौं । हामीले झण्डै झण्डै ग्यास, डिजेल, पेट्रोल विस्थापित गर्न सक्छौं । हामीसँग प्रसस्त विजुली भए वाह्य लगानीको हिचकिचाहट नै हुँदैन । उद्योगमय मुलुक भए पछि यत्रो ठूलो श्रम शक्तिको मुलुकले के गर्न शक्तैन आप्mनै मुलुकमा । न युवाहरुको बाहिर जान ताँती लाग्छ एयरपोर्टमा न एयरपोर्टमा लासका बाकस बुझिरहने पीडादाई क्षण रहिरहन्छ नेपाल र नेपालीको ।
    आँट गर्नु पर्छ नेतृत्व गर्छु भन्नेहरुले । म गरिव गोर्खाको राजा त्यस्ता धनी र बलियासँग मेरो केही लाग्दैन भनेर पृथ्वीनारायण झोक्राएर निरास भएर बसेका थिए भने विशाल नेपालको आधारै बन्ने थिएन । आम्मै त्यस्ता आधुनिक हतियार भएको त्यस्तो बलियो अंगे्रज शक्तिलाई त छुनु पनि हुँदैन भनेर उनी पलायन भएको भए कहाँ बन्ने थियो नेपाल कहाँ रहने थियो नेपाल । अनि किन भारतलाई गरुड देखेर सर्प हुन्छौ नेपाली नेताहरु सधै र नदीहरु सुम्पदै जान्छौ सधै । र, अन्त्यमा नातिकाजीको स्वर र संगीतमा गुन्जिएको राजा महेन्द्रको शब्द खास गरि ठूला नेताहरुलाई “नसुम्प देश अर्कालाई आप्mनो स्वार्थ पु¥याएर”। नेताहरु हो देशभक्ति र जलशक्तिको शक्तिले जनशक्ति भएको नेपाल जुरुक्कै उठ्ने छ ।
    ( यी लेखका निजी विचार हुन )