Wednesday 1st December 2021
  • New title for a=>html, img=>alt
  • जात र धर्म विहिन स्नेहा

    -

    March 1, 2019 | 514 Views


    काठमाडौँ, १७ फागुन । के तपाँईले कुनै जात वा धर्म नभएको मानिस भेट्नु भएको छ ?
    ३५ वर्षिय स्नेहा भारतको तमिलनाडुको भेल्लोर जिल्लाको तिरिपत्तुकी स्थानिस वासिन्दा हुन् । पेशाले उनी वकिल हुन् । हालै  उनी एकाएक चर्चामा आइन जब उनले त्यहाँको स्थानिया प्रसाशनबाट आफ्नो कुनै पनि जात वा धर्म नभएको आधिकारिक प्रमाणपत्र पाइन् । यो सँगै उनी भारतकी जात र धर्म नहुने प्रथम व्यक्ति भएको हुनसक्ने बताइएको छ ।

     

    उनले गत फेब्रुअरी ५ तारिकमा सो प्रमाण पत्र पाएकी हुन् । यो उनको जीवनको सबै भन्दा ठुलो उपलब्धी भएको बताँउदै उनले आफूलाई धेरैले फोन र मेसेज गरेर बधाईका साथसाथै सो प्रक्रिया बारे पनि जान्न चाहेको बताइन ।
    उनका पति र ३ छोरीहरु छन् । उनी आफ्नो पितालाई आफ्नो प्रेरणा ठान्छिन् । उनका पिताले पनि धार्मिक सहिस्णुताका लागि आफ्ना ३ छोरी हरुको नाम ३ ओटा फरक धार्मिक सम्प्रदायका आधारमा राखेका थिए । स्नेहाका अरु दिदीहरुको नाम मुमताज र जेनिफर हो । स्नेहाकि जेठी छोरीको नाम आदिराइ नसरीन हो जुन बौद्ध र मुसलमान नामको संयोजन हो ।

    समाजमा ठुलो जात भनिने हरुले आफूबाट पाठ सिक्नु पर्ने उनको विचार छ । यसो भनिरहँदा आफू आरक्षणको भने बिरोधी नभएको उनले स्पस्ट पारिन् ।  आफ्ना छोरीहरुले पनि आफ्नो बाटो पछ्याउनेमा आफू विस्वस्त रहेको उनले बताइन् ।

    (एजेन्सीको सहयोगमा)