Sunday 29th November 2020
  • New title for a=>html, img=>alt
  • जीवन र जगतको छवि

    -

    December 13, 2019 | 290 Views


    – अरुणबहादुर खत्री “नदी”
    कवयत्री शान्ति सापकोटा समसामयिक नेपाली कविताको क्षेत्रमा नयाँ नाम होइन । उनको सिसृक्षा नामक कविता सङ्ग्र्रह २०७३ वैशाखमा तेस्रो कृतिको रुपमा प्रकाशित भएको छ । उनको पहिलो कृति चितुवालाई झ्याईकुटी नामक बालकथासङ्ग्रंह २०७२ मा प्रकाशित भएको थियो । २०७३ मा नारायणिपारी नामक अर्को बालकथासङ््ग्रह पनि प्रकाशित भएको थियो । यस कवितासङ्ग्रहभित्र म जन्मँदा, बिदाइ, भाईलाई चिठी, शार्दूलसँग गुनासो लगायत विभिन्न शीर्र्षकका ६८ वटा कविताहरु राखिएका छन्् ।
    उनका अधिकांश कविता सकारात्मक चिन्तनका छन् सुखद बिम्बका छन् राष्ट्रले नयाँ मार्र्ग लेला, नानीहरु निर्भिक भएर उभिएलान् र उज्यालो बढ्दै जाओस् भन्ने कामनाका छन् । प्रस्तुत सङ्ग्रहभित्र रहेका प्रायः सबै कवितामा उन्मुक्त शैली देखिन्छ । बौद्धिकताभन्दा कोमल कल्पना मिश्रित स्वच्छन्दता यहाँ छ । एक किसिमको मुटुुको स्पन्दन यी कवितामा सुन्न सकिन्छ । यस कवितासङ्ग्रहभित्रको म जन्मँदा शीर्षकको पहिलो कवितामा चरा चिर्बिराए नयाँ ज्योिित आयो सुनौलो छटा मिर्मिरे मुस्कुरायो भनिएको छ । शार्दूलसँग गुनासो शीर्षकको कवितामा हे शार्दूल मबाट के हुन गयो त्यस्तो नराम्रो भन एकाएक हरे कहाँ किन यसै मेरो दुुखायौै मन कवयत्रीले पीडा पोख्दै भनेकी छिन् । उनका कवितामा स्वदेशको महिमा गान र स्वदेशी बिम्बहरु छमछमी नाँच्छन् । लिएर आऊन् सब छन्द जात भुजङ्गको हुन्छु म नै प्रयात मेरो घर यस्तो होस् शीर्षकको कवितामा कोरिएको छ ।
    जसै भत्के सारा घर अनि भए बेघर यहाँ
    भकारी कोदोको तलतल भयो मुन्तिर कहाँ
    शब्दको खेलमा कवयत्री खेल्न थाल्दैछिन् रोग या शोक दुर्गन्ध फाल्दैछिन् । कक्षा पाँचपछि उनले कविता लेख्न शुरु गरिन् । अन्त्यानुप्रास मिले पनि उनलाई कविता कविताजस्तै लाग्दैनथ्यो रे । नेपाली संस्कृति सभ्यतालाई उच्च महत्व दिने शान्तिका कवितामा मानवता र देवत्वको चर्चा भएको पाइन्छ । वास्तवमा उच्च मानवता नै देवत्व हो । तिमी भाइ कस्ता सधैँ लेख भन्ने यता भाव मेरो उता शब्द गन्ने भाइलाई चिठी शीर्षकको कवितामा कवयत्रीले लेखेकी छिन् । यहाँ फूलजस्तै सदा मुस्कुराऊ यही बागभित्रै सुधा भर्न पाऊ फूलजस्तै मुस्कुुराऊ शीर्षकको कवितामा कवयत्रीले लेखेकी छिन् ।
    पानी उज्यालो जब बन्न थाल्छ
    जोडी तराई झलमल्ल बाल्छ
    पानी भएदेखि सुमार्ग बन्छ
    बिदेश जाने हठकर्म फाल्छ ।
    मान्छे, जुन समयमा, जुुन समाजमा जन्मिन्छ र हुर्कन्छ त्यस समय र समााजबाट निकै प्रभावित हुन्छ । ऊ समाजले निर्माण गरेका हरेक विधि पद्धतिलार्ई सत्य सम्झन्छ । युगीन चेतना, नेपाली समाज, संस्कृति, प्रकृति अनि नेपाली राष्ट्रियताप्रतिको गहिरो आस्था र प्रेम साथै जीवनवादी जीवनदृष्टि यस सङ्ग्रहका कविताका आधारभूत प्रवृत्ति हुन् । कवयत्री शान्तिका कविताहरु भावनात्मक मात्र छैनन्, जीवन र जगत्को वास्तविक छवि चित्राङ्कनमा जति सक्षम छन् त्यति नै प्रयोगका दृष्टिले पनि बेजोड र सशक्त छन् । शान्तिका कवितामा सृष्टिको रहस्य र यसको निरन्तरताको चक्र, स्रष्टा र जीवन विषयका अनेकौ गम्भिर प्रश्न र अनुमानित उत्तर छन् । वास्तवमा सबै स्रष्टा चिन्तन कलाकार पुग्ने अन्तिम बिसौनी जीवन हो अस्तित्व हो यसले चित्तलाई यो ब्रह्माण्डको आश्चर्यतिर लैजान्छ, मानिसको पीडा चिन्ता आक्रोश, लोभ आदि कुरा सबै पिसेर महत्वहीन धूलो पारिदिन्छ र यी व्यर्थका भ्रान्ति लडाइँबाट मुक्ति मिल्छ ।
    मेरो आँगनमा छपक्क जमरा लाएर आओस् दशैँ
    देवीको स्तुति गान भव्य लयमा गाएर आओस् दशैँ
    दुईहजार बहत्तर साल वैशाख बाह्र गतेको भूकम्प र नाकावन्दीको बारेमा पनि उनले कविता कोरेकी छिन् । कवयत्री शान्तिले लेखेका कवितामा विषयवस्तुको विविधता पाइन्छ, त्यस्तै उनका शिल्प शैलीमा पनि विविधता भेटिन्छन् । आगामी दिनमा उनका थुप्रै कृतिहरु प्रकाशित भईरहुन् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु ।