Monday 16th September 2019
  • New title for a=>html, img=>alt
  • ‘धर्म र प्राकृतिकोे अनुपम बरदान हलेसी’

    -

    April 29, 2019 | 397 Views


    (हलेसी महादेवस्थान विकास समिति खोटाङको गतिविधिका बारेमा कार्यकारी निर्देशक सम्मरबहादुर भुजेलसँग प्रकाश साप्ताहिकका बोधराज पौडेलले गर्नुभएको कुराकानी )

    हलेसी महादेवस्थान विकास समितिले हाल के कस्ता कार्यहरु गरिरहेको छ ?

    हलेसी महादेवस्थान विकास समितिले यतिवेला हलेसी दर्शनका लागि आउनु हुने लाखौ भक्तजनका लागि सहजताका साथ दर्शन गराउने विषयमा आवश्यक मन्दिर वरिपरिको व्यवस्थापन, प्रर्वद्धन र यससँग सम्वन्धीत निमार्णकार्यहरु गरिरहेको छ । यसको अलवो तीनै तहका सरकारहरुसँग सहकार्य गरी आफ्ना योजना तथा कार्यक्रम कार्यान्वयनका लागि अगाडि बढाइरहेको छ । त्यसैगरी स्थानीय सरकार हलेसी तुवाचुङ नगरपालिकासँग मिलेर भेटी र पुजाआजाको व्यवस्थापन गर्नुका साथै मन्दिर भित्र आवश्यक पर्ने व्यवस्थापन, सिसि क्यामेरा जडान सडक बत्ती, खानेपानीलगायतका कार्यहरु प्राथमिकताका साथ काम गरिरहेको छ ।

    यसै गरी संघीय सरकार र प्रदेश सरकारसँग हलेसीको प्रवद्र्धन र विकासका लागि आवश्यक सहयोग जुटाउने कार्य र राष्ट्रिय सम्पदाको रुपमा विकास प्रवद्र्धन गर्ने गरी नीति तथा कार्यक्रमहरु निमार्ण गरिरहेको छ । हलेसी मन्दिर विश्वका हिन्दु, बौद्ध र किरात धर्मावलम्बीहरुको आस्थाको केन्द्र भएकोले यी धर्मालम्वीहरुसँग समन्वयन र सहकार्य गरी आफ्ना गतिविधिहरु अगाडि बढाइ रहेको छ ।

    तपाइँ हाल हलेसी महादेवस्थान विकास समितिको कार्यकारी निर्देशक हुनुहुन्छ, यहाँ सम्म आइपुग्नका लागि के कस्ता चुनौतीहरुको सामना गर्नु भयो ?


    नेपालको प्रख्यात ऐतिहासिक, धार्मिक पयर्टकीय प्राकृतिक त्रिधाम अदभूतस्थल हलेसी मन्दिर जस्तो स्थानको जिम्मेवारी पाउनु भनेकोे आफैमा गर्वको विषय हो । यहाँ सम्म आइपुग्नका लागि मेरो परिवार समाज, शिक्षा दिनु हुने गुरुवर्ग, राजनैतिक दल तथा नेतागण, साथै आफूलाई सहयोग र सद्भाव राख्नु हुनु शुभचिन्तकहरुको प्रेरणा र सहयोग स्वरुप यो स्थानमा आइ पुगेको हुँ । सबैको साथ नभएको भए म साधारण किसान परिवारमा जन्मेको मान्छेको लागि एक्लो प्रयासले मात्र यो स्थान प्राप्त गर्न सम्भव थिएन ।

    हाम्रो समाजमा सुरुवाति अवस्थालाई हेर्दा सामाजिक र आर्थिक तथा भौगोलिक रुपमा अत्यान्तै पछौटेपना र दुर्गमस्थिति रहेको थियो । जुनवेला साधारण शिक्षाका लागि समेत धेरै टाढा जानुपर्ने र गाउँ समाजमा समेत साधारण लेखपढ भएको अभिभावक समेत नभएको अवस्थामा शिक्षा प्राप्त गर्नु निकै चुनौतीपूर्ण थियो । त्यही चुनौतीका बीचमा पनि आर्थिक अभाव, पछौटेपना र पारिवारिक समस्या हुँदाहुँदै पनि प्रवेशिका परीक्षा उत्र्रिण गरियो । हाल मैले स्नातकोत्तर तह सम्मको अध्ययन पूरा गरेको छु । यो पनि सबैको सहयोगका कारण सम्भव भएको हो ।

    म १७ १८ वर्षे उमेर हुँदा देखि समाजमा देखिएका यावत समस्याहरुलाई चिर्नका लागि राजनैतिक र सामाजिक हिसाबले अगाडि बढने प्रेरणा प्राप्त भयो । जसको कारण घरपरिवार भन्दा मुलुकमा आवश्यक देखिएको न्याय, समानता र मुक्तिका लागि काम गरियो । यो उर्जावान समय थियो । यसै क्रममा देशमा देखापरेको हत्या हिंसा, निरंकुश शासन व्यवस्था चलिरहेको थियो । त्यो वेला अनेरास्ववियुको खोटाङ जिल्लाको १० वर्ष नेतृत्व गरे । पछिे सोही संस्थाको केन्द्रीय कमिटीमा चार वर्ष काम गरे । संगठन निमार्णको क्रममा संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल बनाउनका लागि जागरण अभियान, दवाव र आन्दोलनका हिडेको छु । सो समयमा कहिले सेनाको निगरानीमा त कहिले जनयुद्ध गरिरहेको माओवादीको निगरानी र धरपकडका बीचमा आफ्ना अभियानहरु संचालन गरियो । अन्ततः हामीले लिएको लक्ष्य अनुसार मुलुकमा चाहेको व्यवस्था परिवर्तन भयो । यो हाम्रो पुस्ताले गरेको युग बदल्ने एउटा महत्वपूर्ण कार्य थियो ।

    सामाजिक जीवन जागिरे जीवन भन्दा फरक हुने भएको हुनाले यहाँ संघर्षका खेलहरु नियमित प्रकृया जस्तै भएर आउँछन् । कहिले आर्थिक रुपमा त कहिले सामाजिक रुपमा ती सबैलाई समानान्तर रुपमा परिचालन गर्नु पर्छ । जीवनको रंग र मजा पनि यसैमा रहेको छ ।
    सामाजिक अभियानमा सधै सक्रिय रहेको छु । पछौटेपनमा रहेको समाजलाई सामाजिक जागरणका माध्यमबाट सवल र सक्षम कसरी बनाउन सकिन्छ भन्ने अभियानमा लागि परेको छु ।

    हलेसीको धार्मिक तथा सास्कृतिक महत्व बारे प्रस्ट्याइ दिनु न ?

    हलेसी नेपालको ठूलो महत्व राख्ने धार्मिक पर्यटकियस्थल हो । यहाँ धार्मिक हिसाबले किरात, बौद्ध र हिन्दु धर्मालम्बीहरुको आस्थाको धरोहर भएकाले तीनै धर्मालम्बीहरुको आआफ्नो हिसाबले उनीहरुको दर्शनशास्त्रमा यहाँको महत्व दर्शाएको पाईन्छ ।

    हलेसी मन्दिर संसारकै फरक र आफ्नै मोलिकपन भएको विशिष्ट पक्षहरु छन् । जस्तै– यो मन्दिर मानव निर्मित नभइ प्राकृतिक रुपमै अचम्मित विशाल गुफाहरुले बनेको हुनु । एउटै मन्दिर भित्र तीन धर्मका अनुयायीहरुले आस्थाको आधारमा पुजा र आरधना गरिनु । जसले संसारकै धार्मिक सहिष्णुताको केन्द्रका रुपमा रहनु ।


    सम्मर बहादुर भुजेल, कार्यकारी निर्देशक, हलेसी महादेवस्थान विकास समिति खोटाङ

    दोस्रो बुद्धले सुप्रख्यात भगवान गुरु पद्म संवभले अमरत्व आयु विधा प्राप्त गरेको संसारकै एकमात्र मारतिका हुन । मानव सभ्यताको केन्द्र किरातको उद्गमस्थल तुवाचुङ जायजुङ पनि यही रहेको छ । वातावरणीय प्राकृतिक रुपमा मनोरम दृष्य देख्न सकिने जहाँ विश्वको शिखर सगरमाथा देखि मनोरम हिमश्रृंखला र तराइका फाँटहरु देख्न सकिन्छ । दुधकोसी र सुनकोसी जस्ता नदीहरुको बीचमा अति राम्रो शितल र आनन्ददायी हावापानी भएको । यही कारणले पनि संसारकै महत्व राख्ने स्थालको रुपमा हलेसी रहेको छ ।

    हलेसी महादेवस्थान विकास समितिको भावी नीति तथा कार्यक्रम के कस्ता रहेका छन् ?

    नेपालको धार्मिक पर्यटकीय रुपमा सबैभन्दा महत्वपूर्ण आर्कषक गन्तब्य हलेसीलाई बनाउने गरी विकास समितिले आफ्ना भावी नीति कार्यक्रमहरु अगाडि बढाइरहेको छ । जस अन्तर्गत प्राकृतिक रुपमा बनेका गुफाहरुको संरक्षण त्रिधार्मिक महत्व अनुसार सबै धर्मको संस्कृति प्रवद्र्धन र विकासमा टेवा पु¥याउने गरी कार्य गर्ने । दर्शनार्थीको सुविधा र सहजताकालाई ध्यानमा राखी बनाइएका र बनाउन लागिएका योजनाहरुलाई शुत्रबद्ध तरिकाले कार्यान्वयन गर्ने । स्थानीयवासी, व्यवसायीहरुको व्यवसाय प्रवद्र्धन र विकासमा लागि सहकार्य गरी आयमा बृद्धि र दिगो जिविकोपार्जनसँग सम्वन्धीत कार्यक्रमहरु संचालन गने तयारी गरिएको छ । यो कार्यलाई निरन्तर रुपमा अगाडि बढाइने योजना रहेको छ ।

    हलेसीको गुरु योजनाको काम कहाँ पुग्यो ? गुरु योजना गर्नका लागि के कस्ता चुनौतीहरु रहेका छन् ?

    सबैको चासोको रुपमा हलेसी मन्दिरको गुरु योजना धेरै पटक बनिसकेको भएता पनि कार्यान्वयनमा समस्या भएका कारण धेरैमा निराशा र अन्योलता रहेको थियो । हाल आएर हलेसी तुवाचुङ नगरपालिकाको सहयोगमा हलेसी मन्दिरको गुरु योजनालाई अन्तिम रुप दिने गरी आम सहमति र एक्यवद्धताका आधारमा प्रतिनिधि सभाका सदस्य विशाल भट्टराईको अध्यक्षतामा यसको काम भइरहेको छ । जस अनुसार गुरु योजता तयार गर्न तीनै तहका जनप्रतिनिधि पूर्व मन्त्री, सांसदहरु, विकास समिति, तीनै धर्मका प्रतिनिधि, विज्ञसहितको सशक्त समिति बनेर काम भइरहेको छ । जस अनुसार स्थलगत अध्ययन भ्रमण, विज्ञको परामर्श र सहयोग, स्थानीयवासीको राय सल्लाह, तीनै धर्मका ज्ञाता, संस्कृतिविद, पुरातत्वविदसँग छलफल गरी दूर्त गतिमा काम भइरहेको छ । यो कार्य २०७६ असार मसान्त सम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

    यो गुरु योजना तयार भएपछि दूत गतिमा काम हुने छ । यसका लागि निकै चुनौतीहरुको सामना गर्नु पर्ने दखिन्छ । मन्दिर क्षेत्रको वरिपरिका जग्गा जमिनहरु व्यक्तिको नाममा हुनु र ठूलाठूला पक्की भवनहरुको निमार्ण भइ होटल व्यवसाय संचालन भएका कारण मन्दिरलाई आवश्यक जग्गा लिनका लागि निकै ठूलो चुनौती रहेको छ । कमसेकम ५ सय रोपनी जग्गा र तीन सय घरधुरी लिनका लागि ठूलो मात्रामा मुआब्जा रकम आवश्य पर्ने हुन्छ । त्यसका लागि रकम जुटाउनु आफैमा चुनौतीपूर्ण काम हो । यो जग्गा अधिकरण नगरिकन हलेसी मन्दिरको संरक्षण, प्रवद्र्धन र विकास गर्ने सम्भव छैन । यसैले पनि जग्गा अधिकरण गर्नु प्रमुख दायित्व हो । हामी यो काममा लागि लागिरहेका छौ ।

    साथै गुरु योजना अनुसारको कामलाई अगाडि बढाउन आवश्यक दक्ष जनशक्ति र विस्तृत परियोजना प्रतिवेदन तयार गर्न र कार्यान्वयनका लागि बजेटको व्यवस्था गर्न गुरु योजनाका लागि चुनौतीको रुपमा देखिएका छन् ।

    गुरु योजना लागू भएपछि हलेसीमा के कस्ता परिवर्तन देखिने छन् ?

    हलेसीको गुरु योजना लागू गर्नु भनेको एउटा ठूलो सपना साकार पार्नु हो । यो योजना लागू भएपछि हलेसीले एउटा नयाँ रुप लिनेछ । जसका कारण अझै बढी धार्मिक तथा पर्यटकीयस्थलको रुपमा यसलाई चिनाउन सहयोग पु¥याउने छ । भने लाखौलाख धार्मिक पर्यटकहरु भित्रिनेछन् । योजना लागू भएपछि अव्यवस्थित रुपमा रहेका मन्दिर वरिपरिको क्षेत्र शान्त सफा र सुन्दर देखिनेछ । त्यसका लागि गुरु योजनाले लिएको लक्ष्य अनुसारको ध्यान केन्द्र र उद्यानहरुको निर्माण हुनेछ । भक्तजनहरु आफ्नो चाहना अनुसार ध्यानकेन्द्रमा ध्यान गरी बस्न सक्ने छन् । विभिन्न शक्ति पीठहरुको दर्शन, भ्रमण गर्दा यसबाट व्यवसायीहरुको समेत आम्दानीमा बृद्धि हुने छ । जसबाट प्रत्यक्ष र अप्रत्यक्ष रुपमा रोजगारीको सृर्जना हुनेछ ।

    अरु धार्मिक क्षेत्रसँग हलेसीलाई जोड्नका लागि कहाँ र के कस्ता पहलहरु भइरहेका छन् ?

    नेपाल सरकारले घोषणा गरेको एक सयवटा नेपालका धार्मिक तथा पर्यटकीय गन्तब्यमध्ये हलेसी महत्वपूर्ण गन्तब्य हो । जस अनुसार संघीय सरकारले पनि महत्वका साथ हलेसीलाई लुम्विनी बौद्ध सर्किट र ठूला धार्मिक सम्पदा भित्र राख्ने जस्ता कार्यहरु गरिरहेको छ । प्रदेश सरकारले एक नम्वर प्रदेशको पर्यटकीय धार्मिक गन्तब्य अन्तर्गत प्रमुख रुपमा पर्यटकीय सर्किटको रुपमा विकास गर्ने गरी योजना बनाइरहेको छ भने स्थानीय सरकारले पनि ठूलो चासो र महत्वका साथ कार्य गरिरहेको छ । हलेसी विकास समितिको योजना अनुसार हलेसी क्षेत्र भरीका सम्पूर्ण शक्ति पीठ ऐतिहासिक स्थलहरुसँग जोड्ने । दुधकोसी र सुनकोसीमा र्याफ्टिङको अवधारणा । माथिल्लो सगरमाथा पर्यटकीय गन्तब्यहरुसँग जोड्ने । दुधकोसी हाइड्रो पावरमा बन्ने ठूलो जलासयसँग जोड्ने । खोटाङ जिल्लाका दिक्तेल मझुवागढी, रुपाकोट ट्याम्के, बराहापोखरी, मैँयू, चिलिमढुंगा, रावाखोला साथै किरात सस्कृतिसँग जोड्न समेत पहल भइरहेको छ ।

    सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई सार्थक पार्नका लागि महादेवस्थान विकास समितिले के कस्तो योगदान दिन सक्छ ?


    सरकारको लक्ष्य अनुसार देशलाई समृद्धिको दिशामा केन्द्रीत गर्न हाम्रो देशको सन्दर्भमा कृषि, वन, वातावरण, पर्यटन, उद्योग, जल, जमिन नै समृद्धिका महत्वपूर्ण पक्षहरु हुन । यस अन्तर्गत नेपाल संसारकै आकर्षक गन्तब्य मध्ये रोजाइको गन्तब्य पनि हो । नेपालमा रहेका पर्यटकीय क्षेत्रहरु मध्ये हलेसी पनि एक हो । यो क्षेत्रलाई प्रचार प्रसार प्रवद्र्धन र विकास गर्न सकेको खण्डमा यो थान धार्मिक हिसाबले मात्र होईन प्राकृतिकोे अनुपम बरदान भएकोले पनि आश्चर्यजनका स्थानहरुमा पर्दछ । त्यसो भएको हुनाले पनि विश्वका लाखौलाख मानिसहरुलाई हलेसीमा ल्याउन सकिन्छ । जसबाट हजारौको संख्यामा रोजगारको सिर्जना हुन सक्ने र ठूलो आम्दानी हुने देखिन्छ । यति गर्न सकियो भने सरकारले लिएको लक्ष्यलाई पूरा गर्न हलेसीले महत्वपूर्ण योगदान दिन सक्दछ । माथि हामीले चर्चा गरेका कामहरु गर्न सकेको खण्डमा सरकारले लिएकोे समृद्ध नेपाल, सुखि नेपालीको नारालाई सार्थक पार्नमा सहयोग पु¥याउदै राष्ट्र निर्माणको महान अभियानमा जुट्न सकिन्छ । यसबाट देश र नागरिक दुबैलाई फाईदा हुने छ ।