Wednesday 22nd May 2019
  • New title for a=>html, img=>alt
  • नदी र मान्छे

    -

    May 10, 2019 | 95 Views


    प्रभाती किरण
    नदी हुन् सभ्यता हाम्रा, नदी शाश्वत जीवन
    सबै कल्मश धोएर, पवित्र पार्दछन् मन ।
    उर्लेर भेल बाढी भै, वेगले बग्छ क्वै दिन
    मल मुत्र पखालेर, गाह्रो भो अब सङ्लिन ।

    घट्दैन छलले रूप, बलैले पनि आकृति 
    त्यसैले ऋतु साटिन्छ, चल्दछ युगको गति ।
    नदी र जनता एकै, खोज्दछन् आत्म गौरव
    सीमा बन्धन तोडेर, स्वतन्त्र बग्दछन् सब ।

    यौटै उद्देश्य बोकेर, नदी पुग्दछ सागर 
    सिकाएर सधँै ज्ञान, नमार जोश जाँगर ।
    झार्दै अमृतका धारा, नदी प्राण बचाउँछ
    फुलाई युगको पूmल, धरणी यो सजाउँछ ।

    नदी हुन् युगका आयु, नदी सृष्टि जोगाउँछ 
    आफ्नो अस्तित्व थामेर, बाढी भई गड्गडाउँछ ।
    पालेर जति नै दम्भ, मान्छेले गर्जिए पनि
    धन मन गरी एक, मार्गमा उभिए पनि ।

    मान्छेले युगको साँचो, हातैमा छ भने पनि 
    आफूभन्दा अरूलाई, पटक्कै नगने पनि ।
    नदीमा मिल्दछन् मान्छे, गाडिए जलिएपछि
    नदी हाँक्छ नयाँ सृष्टि, मानिसै थलिएपछि ।

    (नेपाली साहित्यमा पद्य र गद्य दुवै विधामा कलम चलाउने सशक्त हस्ताक्षर हुन । कविका रुपमा भन्दा पनि गजलकारका रुपमा आफ्नो छुट्टै परिचय बनाएका उनी समाजलाई चेतना छर्ने एक कुशल कवि हुन । उनका निवन्ध, कविता, गजल र पाठ्यपुस्तकका किताबहरु समेत प्रकाशित रहेका छन् । )