Sunday 29th November 2020
  • New title for a=>html, img=>alt
  • नाट्टाले घिमिरेलाई जवरजस्ती हटाउनुकाे रहस्य खुल्याे

    -

    July 23, 2020 | 498 Views


    काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टहरुको छाता संगठन (नाट्टा) को कार्यसमितिले प्रमुख कार्यकारी अधिकृत जीवराज घिमिरेलाई पद मुक्त गरेको छ ।
    घिमिरे सन् २०१७ को डिसेम्बरमा प्रमुख कार्यकारी अघिकृतको रुपमा नियुक्त भएका थिए । उनको पहिलो कार्यकाल २०१९ डिसेम्बरमा सकिएपछि पुन : २ वर्षका लागि नाट्टाले उनलाई निरन्तरता दिएर करार संझौता नविकरण गरेको थियो । यो समय पुरा नहुदै घिमिरेलाई पदमुक्त गर्नुका पछाडि नाट्टामा अहिले सेकेण्ड मेनको रुपमा काम गरिरहेका चिफ अपरेटिङ अफिसर (सिओओ)लाई फस्ट मेन बनाउने मनसायले भएको शुत्र बताउछ । शुत्रकाे याे अनुमान घिमिरेले अवकासकाे पत्र नबुझ्दै नाट्टाकाे छाैटाैं बाेर्डकाे निर्णयले निज सिओओलाई साउन १ देखि लागू हुने गरी निमित्त प्रमुख कार्यकारी अधिकृत ताेकिनुले पुप्टि हुन्छ । यसरी एउटा टीमसँग करारमा कार्यरत रहेकाे सिइओलाई करार अवधी भुक्तान नहुदै अर्काे टीमले विना कारण हटाउदा  नाट्टामा खराब नजिर बन्न सक्ने र भविश्यमा जव सेक्युरिटीकाे ग्यारेन्टी नहुदा नाट्टाले राम्रा र क्षमतावान मान्छेहरुकाे सेवाबाट बन्चित भइ संस्थागत रुपमा नाट्टा कमजाेर हुने त्रासले सम्पूर्ण टाभल्स तथा टुर व्यवसायीहरु चिन्तित रहेकाे बुझिन्छ । यसले संस्थालाई गलत नजिर स्थापित गर्दै दीर्घकालिन असर गर्नेसमेत शुत्रकाे भनाइ छ ।

    नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोभिड १९ को बिश्व महामारीको समयमा पर्यटन क्षेत्रमा कार्यरत कर्मचारी निस्कासन गर्न नपाउने जनाएको छ ।
    घिमिरेसँग भएको करार सम्झौताको बूँदा नं ७ ले करार अवधी रहदै करार संझौता रद्ध गर्नु पर्ने अवस्था आएमा क्षतिपूर्ति दिनु पर्ने व्यवस्था स्पस्ट रुपमा गरेको छ । तर नाट्टाले निजलाई दिनुपर्ने क्षतिपूर्ति त परै जावस निजले पाउने मासिक पारिश्रमिकसमेत कटौती गरेर दिएको छ । जो करार ऐनको विपरित हो । याे निर्णयप्रति टाभल्स एण्ड टुर व्यवसायीले चिन्ता व्यक्त गर्दै यसलाई सुधार गरेन जानु पर्ने बताएकाछन् ।
    नाटाका अध्यक्ष अच्यूत गुरागाईंले नाटा विधान अनुसार कार्यसमितिमा मनोनयन गर्नु पर्ने दुई जना सदस्यसमेत अहिलेसम्म मनोनयन गर्न सकेका छैनन् । अर्को तर्फ नाट्टा सब कमिटी बनाएर पर्यटन प्रवद्र्धन गर्नु पर्ने उनको दायित्व हो । त्यो कामसमेत हुन नसके पछि आफ्नाे कमजाेरीलाई लुकाउन र आफूले भनेकाे मान्ने रबर स्टयाम्पलाई प्रयाेग गर्न घिमिरेलाई हटाएकाे देखिन्छ । हाल नाट्टाले गरेकाे निर्णयका बारेमा पूर्व महासचिव भीम पन्तलगायतका पर्यटन व्यवसायीहरुले नाट्टाले आफ्नाे कमजाेरी सच्याएर अगि बढ्नु पर्ने बताउछन् ।
    नेपालको मौलिक अधिकार सम्बन्धी कानुन अनुसार सर्वोच्च अदालतले शारीरिक तथा बौद्धिक कार्य गर्ने हरेक श्रमिकलाई कुनै पनि बहानामा बिना पारिश्रमिक काम लगाउन र हटाउन नपाउने फैसला गरेकाे  छ ।

    काेभिड १९ काे कारण देखाएर घिमिरेलाई पदमुक्त गरिए पनि याे सबै सेकेण्ड मेनलाई फस्टमेन बनाउने उदेश्यले भएकाे कुरा प्रष्ट भएकाे छ । यसरी समयावधी रहदै पदमुक्त गरेका कारण घिमिरे सर्वोच्चको नजिरलाई टेकेर कानुनी उपचारको खोजी गर्ने स्रोतको दावी छ ।