Friday 19th July 2019
  • New title for a=>html, img=>alt
  • नेकपाको प्रतिवेदन : एमालेको गुदी, माओवादीकोे बोक्रो

    -

    July 11, 2019 | 54 Views


    काठमाडौं । पार्टी एकता टुङ्गोमा पु¥याउन नसक्दा भुसमा आगो सल्के भैंm सल्किरहेको सत्तारुढ नेकपाको विवाद विस्तारै मिलापत्रको दिशातर्फ अघि बढेको छ ।
    तत्काललाई मन्त्रिपरिषद् पुर्नगठन नगरिकन सहमति मै पोलिटब्यूरो चयन, जिल्ला ईन्चार्ज छनोट गर्ने विषयमा पार्टीका दुई पाइलट केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सहमति भएको छ । पार्टीका अर्का बरिष्ठ नेता माधवकुमार नेपाल विदेश भ्रमणमा निस्केकाले उनी आए लगतै सचिवालयको बैठक बसेर एकता प्रकृयालाई पूर्णता दिइने भएको छ । एकता प्रकृया असार मसान्तभित्रै सक्ने उद्घोष अध्यक्ष ओलीले असार १४ गते मदन भण्डारी जन्मोत्सव समारोहमै गरेका थिए ।
    नेकपा भित्रको विकसित सहमतिमा दायाँ बायाँ नभए असार मसान्तभित्रै एकता प्रकृया टुङ्योमा पुग्ने छ । यसका लागि पार्टीको राजनीतिक दस्तावेज प्रकाशनमा पठाइ सकिएको छ । मदन भण्डारीले प्रतिपादन गर्नु भएको जनताको बहुदलिय जनवाद कि जनताको जनवाद भन्नेमा पार्टीमा माथापच्छी चलिरहेको थियो । तर, जनताको बहुदलिय जनवादको गुदीमा जनताको जनवादको बोक्रो टाँसेर प्रतिवेदन प्रकाशनका लागि पठाइएको छ ।
    एकवर्ष अगाडि माधवकुमार नेपालको संयोजकत्वमा गठित दुबै पार्टी नेता सम्मेलित कार्यदलले तयार पारेको राजनीतिक दस्तावेजलाई नै सामान्य परिमार्जन गरेर पारित गरिएको बताइएको छ । अहिलेको कम्युनिष्ट आन्दोलन, राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिमा पार्टीको अबको कार्यदिशा र देशभित्र र बाहिरका बिभिन्न शक्तिलाई हेर्ने दृष्टिकोणमा थप ब्याख्या गरिएको छ ।
    नेकपा स्रोतका अनुसार असार भित्रै एकता प्र्रकृयालाई टुङ्ग्याएर स्थायी समिति बैठक बोलाउने विषयमा दुई अध्यक्षबीच सहमति भइसकेको छ । एमाले र माओवादीको टाउको एकता भएको १४ महिना बित्न लागे पनि एकता सँग जोडिएका थुप्रै काम थातीँ रहेका छन् ।
    दुई पार्टीका गरी बनाइएको चार सय ४१ सदस्सीय जम्बो केन्द्रीय समितिबाट एकतिहाई छानेर बनाइने १ सय ४७ सदस्सीय पोलिटब्यूरो गठन, पार्टी सञ्चालनमा महत्वपूर्ण हुने ३२ वटा विभाग निर्माण र ७७ जिल्लाका ईन्चार्ज र सहईन्चार्ज चयन हुन सकेको छैन । त्यस्तै नेताहरुको कार्य बिभाजन, केन्द्रीय आयोग, सम्पर्क मञ्च तथा प्रवास कमिटी एकीकरण हुन सकेका छैनन् । साथै विशेष प्रदेश कमिटी, सल्लाहकार कमिटी, जेष्ठ कम्युनिष्ट मञ्च गठन भएका छैनन् । त्यसै गरि पार्टी एकताको सन्देश छर्न देशभर अभियान पनि सञ्चालन हुन सकेको छैन ।
    एकताका लागि सहमतिमै पोलिटब्यूरो, विभाग, जिल्ला ईन्चार्ज र सह ईन्चार्ज तोकिने भएको छ । यसका लागि यसअघि हुँदै आएको ६०÷४० कै भागबण्डालाई आधार बनाइने बताइएको छ ।
    नेकपा स्रोतका अनुसार बरिष्ठतामा समस्या देखा परेमा पोलिटब्यूरो गठनमा भने तलमाथि हुन सक्ने छ । ७७ जिल्ला मध्ये ४४ जिल्ला ईन्चार्ज पूर्व एमाले र ३३ मा पूर्व माओवादीलाई भागबण्डा गरिने छ भने सहईन्चार्ज पनि सोही अनुपातमा बाँडफाड गरिने छ ।
    केही समय देखि चर्चामा रहेको मन्त्रिपरिषद् पुर्नगठन भने हाललाई नगर्ने निष्कर्षमा दुबै अध्यक्ष पुगेका छन् । पुर्नगठन गर्दा प्रचण्ड निकटस्थ केही मन्त्री बाहिरिने भएकाले उनकै जोडबलमा हाललाई पुर्नगठन स्थगित गरिएको बताइएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली पनि यसबीचमा भएका पार्टीका सम्पूर्ण निर्णयहरु स्थायी समितिबाट अनुमोदन गराएर मात्र सरकारका पक्षमा छलफल गर्ने सुरमा रहेका छन् ।
    पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू र अर्का अध्यक्ष ओलीबीच सत्ता आधाआधा बाँड्ने सहमति भएको विषय चर्को ढंगले उछालेपछि ओली सशंकित अवस्था रहनु भएको छ । प्रधानमन्त्री ओली निकट्स्थ सुत्रहरुका अनुसार अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबाट सरकारलाई सहयोग नभएको र उल्टै घेरावन्दीमा पार्न खोजिरहेको बुझाई ओलीमा छ । सोही कारण ओलीले सरकार पुर्नगठनलाई स्थायी समिति बैठकसँग जोड्न खोजिरहेका छन् । पुर्नगठनको तुरुपमै स्थायी समितिमा आफ्नो बहुमत देखाउने ओलीको रणनीति रहेको छ ।
    विशेष गरी सचिवालय सदस्य बामदेव गौतम तथा नारायणकाजि श्रेष्ठले प्रचण्ड, माधब नेपाल, झलनाथ खनाल र रामबहादुर थापा बादलको मोर्चावन्दी कसेर पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली माथि घेरावन्दी गर्न खोजेपछि ओली झस्किएका छन् । यद्यपी बादल उक्त मोर्चामा सामेल भइसकेका छैनन् । ओलीले माधव नेपाल पक्षले आफूलाई अप्ठ्यारो पार्ने गरि उठाइरहेको एक ब्यक्ति एक पदको मुद्दालाई स्थायी समिति बैठकसम्म तन्काउन खोजिरहेका छन् । किनभने यो मुद्दा जिउँदै रहँदा नेपाल पक्षका केही नेतालाई बाधा खडा हुन सक्छ । जसले गर्दा कालान्तरमा एक ब्यक्ति एक पद आफै ढिसमिस हुन पुग्छ ।