Wednesday 22nd May 2019
  • New title for a=>html, img=>alt
  • नेपालको सुन्दरता इश्वरको रचना

    -

    May 3, 2019 | 88 Views


    पृथ्वीविचार र विकास ५७

    खगेन्द्रराज सिटौला

    पृथ्वीविचारको मूलबाटोमा हिडेर नेपाललाई विकसित मुलुक बनाउन सकिन्छ भन्ने आधार यहाँ प्रस्तुत गर्ने कोशिष गरिने छ । पृथ्वीविचार आफै विकास सम्वन्धी विचार हो । विकासको अर्को नाम भएको हुनाले पृथ्वीविचारलाई विकासबाट अलग्याउन सकिदैन । पृथ्वीविचार र विकास आफैमा एउटा साझा नाम, अभियान र आन्दोलन पनि हो । जसले विकास चाहन्छ उसले पृथ्वीविचार पढ्छ । जसले पृथ्वीविचार पढ्छ उसले विकासको मूलकडी बुभ्mछ । जसले विकासको मूलकडी बुभ्mछ उसैले समृद्ध नेपालको सपना पनि देख्छ र सपनालाई विपनामा रुपान्तरण गर्ने आधार खोज्छ । आउनुहोस् हामी पनि पृथ्वीविचार र विकासमा एकछिन हराऔं र विकासको मूलबाटो फेला पारेर मुलुकलाई यही बाटोबाट अघि बढाएमा समृद्ध नेपालको सपनाले मूर्त रुप लिन सक्ने विश्वास बोकेर अघि बढौं ।

    पृथ्वीविचार समग्र विकासको एउटा सिंगो डालो हो अर्थात प्याकेज हो । यसले विकासका सबै सार र धारलाई सम्वोधन गर्छ । चल्तीका शब्दहरु अथवा विकासका प्रारम्भिक शर्तहरु गाँस, बास कपासलाई पृथ्वीविचारले सम्वोधन गर्दछ । गाँस, बास, कपास मात्र होइन यी माथि नगद पनि थप्छ पृथ्वीविचारको विकासले । शासन, सुशासन, अनुशासन सबै किसिमले बलिया जन र भित्रिन्छ कसरी विदेशी धन आदि सबै सवालको जवाफ दिन्छ पृथ्वीविचारको विकासले । विकासका लोभलाग्दा जे जस्ता नयाँ नारा र कार्यक्रम अघि सारे पनि ती पृथ्वीविचार र विकासको घेरा तोडेर बाहिर जानै सक्तैनन् । ती सबै पृथ्वीविचारका घेरा भित्रै पर्दछन् । पृथ्वीविचार र विकासको विशेषता र विकासको शक्ति नै यही हो ।

    विकास कहाँबाट सुरु गरौं । पृथ्वीविचारको जगमा उभिएर विकासमा अघि बढौं । पहिला गाँस, बास, कपास र नगदको सम्वोधन हुने विकास पृथ्वीविचारबाट खोजौं । कृषिलाई विकासको महत्वपूर्ण कडी बनाएर अघि बढ्न पृथ्वीविचारले निर्देशन गरेको छ । कृषि उत्पादन योग्य जमिनको संरक्षण र अवरोध रहित सिचाइको निरन्तर भनेर पृथ्वीविचारले कृषि उत्पादनलाई आत्मनिर्भर अर्थतन्त्रको मूल कडी बनाउन भनेको हो । यो त्यसै हचुवाको भरमा आएको विचार होइन । यसका आधारहरु छन् । जल, जमिन, जंगल, जलवायु, जनवार र जनशक्ति कृषि उत्पादनको लागि नेपाल सबै किसिमले अनुकूल छ । यही अनुकूलता माथि उभिएर कृषिको उत्पादनको विकास गरेर राष्ट्रको विकासलाई दरिलो बनाउनु पर्छ भन्ने पृथ्वीविचारको बाटोमा हिडेर कम्तिमा पनि कृषि उत्पादनमा आत्मनिर्भर हुनु बाहेक कुनै विकल्प छैन नेपालसँग । आत्मनिर्भर मात्र होइन कृषि उत्पादनको निर्यातक मुलुकको संभावना बोकेको मुलुक परनिर्भर हुनु राष्ट्रिय लज्जाको विषय हो । सरकार सोझै खेतमा सोझै गोठमा कृषि कार्यक्रमको घोषणा गर । आसेपासे राजनीति पहुँचका नक्कली किसान र भ्रष्ट कर्मचारी गठजोडको भ्रष्टचारलाई प्रहार गर सरकार । सोझै सक्कली किसानलाई सबै किसिमले सहयोग गर सरकार । कृषिको लहर ले सरकार । यही मात्रै हो गाँसको समस्या समाधनन गर्ने अचुक औषधी पृथ्वीविचार र विकास ।

    अव कपासमा लागौं । पृथ्वीनारायण शाहले कपासलाई जोड दिएका छन् । पृथ्वीविचार भनेको स्वदेशमा नै कपडा उत्पादन गर्ने र त्यही कपडाले आप्mनो आवश्यकता पुरा गर्ने भन्ने हो । सरकार पञ्चायतकालमा पनि कपास विकास कम्पनी थियो । त्यसले कपास उत्पादन गथ्र्यो र कपास उत्पादन क्षेत्र बढाउथ्यो, साथै अध्ययन र अनुसन्धान समेत गर्दथ्यो । त्यसले नेपालकै हेटौंडा कपडा उद्योगलाई आपुर्ति गर्दथ्यो । यो पृथ्वीविचार र विकास थियो कपडा उत्पादनको क्ष्ोत्रमा । यसलाई २०४६ सालको परिवर्तनले जोगाएर बढाएर लान सकेन । बरु यसलाई समाप्तै बनाइदियो । पहिला धेरै नेपालीहरु आप्mनै घरमा, गाउँमा वा वरपर गाउँमा बुनेका घरबुना कपडा लगाएका हुन्थे । बाहिरी मुलुकका सस्ता कपडाले ती सबै ध्वस्त भए । गाउँ घरतिर पनि कपास खेति गर्न छोडे कपडा बन्न छोडे चर्खाहरु थन्किए । कपडा विकाससँगै पृथ्वीविचार पनि थन्कियो । पृथ्वीविचारले आप्mनै कपडा उत्पादन गर्नु, अझ प्रविधि भित्र््याएर गुणस्तर सुधार गर्नु, सधै आप्mनै कपडा लगाउनु र कपडाको लागि विदेश जाने पैसा बचाउनु भनेका थिए । यसको पनि अनुसरण भएन । खाद्य सामग्रीमा जस्तै कपडामा पनि अर्बाैं नगद बाहिर गइरहेको छ ।

    सरकार कपासमा फर्क । कपास उत्पादनको पकेट क्षेत्र खोज । गुणस्तरीय कपासको बीउ र प्रविधि खोज । नेपाललाई सुती कपडा उत्पादनको विशेष क्षेत्र बनाउ । स्वस्थकर सुती कपडाको देश विदेशमा माग र बजार ठूलो छ । पृथ्वीनारायण शाहले भने जस्तै यसको गुणस्तरीय अझ विश्वस्तरीय बनाउन सीप सिकाउ प्रविधि भित्र््याउ । कपास उत्पादनको लागि सबै किसिमले सहजिकरण गर उत्प्रेरित गर । अल्लो र उनमा पनि ध्यान देउ । यसरी पृथ्वीविचार र विकासमा गाँसमा जोडिए जस्तै कपासमा पनि जोडियौ सरकार ।


    पृथ्वीविचार आफैमा भ्रष्टाचारमाथि चोटिलो प्रहार गर्ने हतियार हो । सरकार प्रहार गर जताततै । भ्रष्टाचारको छातीमाथि पृथ्वीविचारको घोडा कुदाउ सरकार । यसले सुशासन दिन्छ र विकासले गति लिन्छ ।

    पृथ्वीविचार र विकासको अर्को बाटो नगद खैंचने पाटो हो । यो भनेको विदेशी मुद्रा आर्जन गर्ने उपाय र योजना हो । पृथ्वीनारायण शाहले जडीबुटी र अन्य जिनिसलाई निर्यात गर्ने र नगद खैंचने भनेका छन् । सरकार यतातिर ध्यान देउ । केहीवर्ष अगाडि छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसदमा अर्थात विधाइकीसभामा नेपालमा नगद आर्जन गर्न जडीबुटीको ठूलो संभावना छ भन्दा के नयाँ कुरो बोले है मोदीले भनेर हल नै चर्काउँला झैं गरेर ताली पड्कायौ । तर, यही कुरा आप्mना राष्ट्रनिर्माताले धेरै पहिला नै निर्देशन विचार अघि सारेका थिए भनेर कहिल्यै हेक्का राखेनौ । अथवा बुझ पचाएर राष्ट्रनिर्माताको अपमान गर्नुलाई आप्mनो बहादुरी ठान्यौ । बाबा रामदेव आउदा भगवान नै आए झै गरेर उनको चरणमा लम्पसार पर्न पुग्यौ । उनकै सहकर्मी नेपाली मूलका भारतीय बालकृष्ण र उनले जडीबुटीको ब्यापारले गरेको चमत्कार देखेका छौ ा तर पृथ्वीविचारलाई नजरअन्दाज गरेका छौ । पृथ्वीविचारमा विकास छ पृथ्वीविचारमा नगद छ भनेर चेत कहिले खुल्ने हो सरकार ? जडीबुटीको नेपालमा ठूलो सम्भावना छ ठूलो मनले ठूलो योजना बनाउ यहाँ ठूलै नगदको रास छ । सरकार पृथ्वीनारायण शाहले भनेको नगद षैचनेलाई विदेशी मुद्रा आर्जन गर्ने बुझ र यसको एउटा प्याकेज योजना अघि सार र काम थाल परिणाम निकाल ।

    पृथ्वीनारायण शाहले नेपालको सुन्दरतालाई इश्वरको रचना भनेका छन् । नेपालको सुन्दर प्रकृति, नेपाली विविध संस्कृति र पूर्वीय आध्यात्मिकधारको केन्द्र नेपाल आफैमा नेपाल नगद षैंचने बलियो आधार हो । यसको मौलिकता नष्ट हुन नदिन नेपाललाई ओमकार परिवारको साझा तीर्थस्थलको रुपमा कायम राखिरहन पृथ्वीनारायण शाहको असली हिन्दुस्थानाको मर्मलाई पक्रदै वैधानिक रुपले नेपाललाई हिन्दुराज्य नै घोषण गरौं । हिन्दुका तीर्थस्थल र बुद्धको जन्मस्थलले धार्मिक पर्यटक तान्छन् भने प्रकृति र सांस्कृतिक सुन्दरताले अन्य पर्यटक तान्दछन् । पर्यटन आफैमा नेपालको धन हो । पृथ्वीविचारको नगद तान्नेमा पर्यटन उद्योगलाई जोडौं पर्यटनलाई विकासको मुख्यकडी मान्दै पर्यटन उद्योग र पूर्वाधाराको तीब्र गतिमा विकास गरौं ।


    सरकार पृथ्वीविचार र विकास स्वदेशी सीप र साधनबाटै निकास हो भन्ने बुझ । विकासको निकास यहीबाट खोज । सरकार पृथ्वीविचारले भनेजस्तै सीपयुक्त जनशक्ति निर्माणमा योजना बनाउ । शिक्षा नीति र तालिम नीतिमा ब्यापक फेरबदल गर । प्राविधिक र वैज्ञानिक शिक्षामा जोड गर । दक्ष श्रमशक्तिको नेपाल बनाउ । सरकार निदाउदा पनि पानीमा बिउझिदा पनि पानीमा नेपालको विकास पानीमा छ भन्ने बुझ । पृथ्वीविचार र विकास भनेको नगद तान्ने मात्रै होइन नगद थाम्ने पनि हो । चम्का, चुलो, उज्यालो र उत्पादमा विजुली जोड । पृथ्वीविचारको यसो भए नगद विदेश जाँदैन । सरकार पानी बेच, नदी नबेच, विजुली बेच अधिकार नबेच । विजुली उपयोग पहिलो प्राथमिक सोच । विजुलीका चुलालाई प्रोत्साहन गर ग्यासलाई निरुत्साहित गर । योजना आयोग एक घण्टा पृथ्वीविचार पढ दिनमा र पृथ्वीविचालाई विकासमा जोड । आयतमूलक अर्थतन्त्रलाई निर्यातमूलक अर्थतन्त्रमा बदल्न सम्भव सबै प्रयास गर सरकार । कम्तिमा पनि व्यापार असन्तुलनलाई घटाउने योजना त बनाउ । सरकार अलिकति त दुख छिमेकीले चौकिदार मुल भनेर बारम्बार होच्याउदा खेरी । यस्तै अरु धेरै मुलुकले नोकर मुलुक भनेर होच्याउलान् । खण्डन गर्ने आधार पनि छैन सरकार । घोसे मुन्टो लगाएर ‘हुन्दे नानी जस्तो देख्छन् उस्तै भन्छन’् भन्नु बाहेक अर्को विकल्पै छैन । यो सबै लामो समय देखि अवलम्वन गर्दै आएको पृथ्वीविचार विपरित अर्थनीति र विकासनीतिको परिणाम हो ।

    पृथ्वीविचार आफैमा तीब्र गतिको विकास हो । भ्रष्टाचारले विकास थला परेको छ जताततै । पृथ्वीविचार आफैमा भ्रष्टाचारमाथि चोटिलो प्रहार गर्ने हतियार हो । सरकार प्रहार गर जताततै । भ्रष्टाचारको छातीमाथि पृथ्वीविचारको घोडा कुदाउ सरकार । यसले सुशासन दिन्छ र विकासले गति लिन्छ । शर्त एउटै हो सरकार भ्रष्टाचार गर्ने भ्रष्टाचार विरोधी भाषण गनर्,े सानातिना कार्यबाहीको प्रचार गर्ने नीतिगत र ठूलामा साझेदार हुने पाखण्डी र ढोंगी सत्तापक्ष र प्रतिपक्ष दुबै हुनु भएन । भ्रष्टाचारमा कुशलता हासिल गरेका सिपालु भ्रष्टाचारीहरुलाई अख्तियारमा ल्याएर ठूला भ्रष्टाचारी, सरकार, ठूला दल नेताको कमाई खाने साझा थलो नबनाउ अख्तियार दुरुपयोग आयोगलाई । यसलाई पृथ्वीविचारले साँध लगाउँदै नाम र जिम्मेवारी अनुसार नै काममा लगाउ ।