Friday 19th July 2019
  • New title for a=>html, img=>alt
  • नेपालमा लगानी मैत्री: प्रम ओली

    -

    May 3, 2019 | 127 Views


    काठमाडौं, २० बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी मैत्री वातावरण भएको बताउनुभएको छ ।

    दक्षिण एशियाली उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरुसँग आज भएको अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
    प्रधानमन्त्रीले नेपालले मात्र हैन दक्षिण एशियाले नै आर्थिक विकास र उन्नतीलाई प्राथमिकतमा राख्नुपर्ने बताउनुभयो । “हामी समृद्ध दक्षिण एशिया र सुखी दक्षिण एशियाली देख्न चाहन्छौं” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

    प्रधानमन्त्री ओलीले यस क्षेत्रले समृद्धि हासिल गर्ने अहिले उपयुक्त समय भएको बताउनुभयो । दक्षिण एशियामा नै युवा जनसंख्याको बाहुल्यता भएकोले यस्तो बेलामा विकासमाा फड्को मार्न सजिलो हुने प्रधानमन्त्री ओलीको धारणा थियो ।

    प्रधानमन्त्रीले वर्तमान सरकार सुशासन र विकासलाई महत्व दिएर अघि बढेको बताउँदै “केही समय विभिन्न कारणले पछी परे पनि अब त्यो समय सकियोएको बताउनु भएको थियो ।