Wednesday 22nd May 2019
  • New title for a=>html, img=>alt
  • नेपाली महिला फुटबलको सम्भावना

    -

    May 10, 2019 | 64 Views


    काठमाडौँ, २७ वैशाख । अवसर पाए के सम्भव हुँदैन र ? नेपालको खेलकुद क्षेत्र उपेक्षित छ । त्यै माथि महिला खेलकुदको अवस्था पुरुषको दाँजोमा विकराल छ । पछिल्लो केही समयमा नेपाली महिला फुटबल टोलीले उत्कृस्ट प्रदर्शन गर्दै आएको छ । विराटनगरमा सम्पन्न महिला साफ फूटबलमा नेपाल फाइनल सम्म पुग्न सफल भएको थियो । त्यसअघि भारतमा सम्पन्न फुटबल प्रतियोगितामा भारत र फिफा बरियतामा नेपालभन्दा धेरै अघि रहेको इरानलाई समेत हराउन सफल भएको थियो ।

    यी नतिजाहरुले नेपाली फुटबललाई व्यावसायिक बनाउन पु¥याएको योगदानको नतिजा अब देखिन थालेको छ । यसै ‘सिजन’देखी भारतीय महिला लिग फुटबलमा अनुबन्धित भएका नेपाली राष्ट्रिय टोलीका खेलाडी सावित्रा भण्डारी र अनिता बस्नेतले उत्कृष्ठ प्रदर्शन गरेका छन् । सेतु फुटबल क्लबमा आबद्ध सावित्राले आफ्नो पहिलो खेल मै ४ गोल गर्दै आफ्नो टोलीलाई मणिपुर पुलिस स्पोर्ट्स क्लब बिरुद्ध ६–३ को जित दिलाउन सफल भइन् भने दोश्रो खेलमा पनि सावित्र र अनिताको १–१ गोलको मद्तमा सेतु फुटबल क्लबले बेंगलोर युनाइटेड फुटबल क्लबलाई ३–० ले हराउन सफल भयो । १४ टोली सहभागी यो प्रतियोगिता आगामी मे २५ तारिकसम्म संचालन गरिने छ ।

    एकदमै कम ‘एक्सपोजर’ पाइरहेको नेपाली महिला फुटबलको लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय लिग प्रतियोगिताहरु धेरै उपयोगी हुन्छन् । अभ्यास तथा अनुभव बढाउने यस्ता खेलहरुले नै खेलाडीहरुलाई नाम र दाम कमाउन मद्दत गर्छन । नेपाली खेलाडीले दिएको प्रदर्शन पनि उत्कृष्ट हुँदा अर्को सिजनमा अरु खेलाडीको लागि पनि सम्भावनाको ढोका खुल्ने छ ।

    यसले के पनि संकेत गर्छ भने नेपालमा नै महिला फुटबल लिग संचालन गर्न सकियो भने धेरै भन्दा धेरै मात्रामा उत्कृष्ट व्यावसायिक खेलाडीको उत्पादन हुनेछन् जसले नेपालको फुटबल स्तर बढाउन महत्वपूर्ण भूमिका खेल्ने छन् । तसर्थ भारतीय महिला लिग फुटबलमा नेपाली खेलाडीको प्रदर्शनलाई हेर्दा देश मै महिला फुटबल लिग सञ्चालन गर्न सकियो भने नेपाली महिला फुटबलको विकासमा त्यो कोशे ढुङ्गो साबित हुनेछ ।