Monday 17th June 2019
  • New title for a=>html, img=>alt
  • नेपाल लगानीको लागी उर्बर भुमी

    कृष्ण आचार्य

    अध्यक्ष पिपुल्स इनर्जी लि

     

     

    सन् १९५२ मा कास्कीको निर्मलपोखरी गाविसमा जन्मिएका कृष्ण आचार्य दर्जनभन्दा बढी ब्यापारिक र सामाजिक सङ्घ संस्थामा संलग्न छन् । उनले २०३९ सालमा गण्डकी नूडल्स प्रालिको स्थापना गरे । गण्डकी नूडल्सको उत्पादन रारा चाउचाउ नेपालको पुरानो र स्थापित ब्राण्ड हो । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको निवर्तमान अध्यक्ष आचार्य लगानी बोर्डका पूर्व सदस्य पनि हुन । पूर्व सभासद समेत रहेका आचार्य विन्ध्यवासिनी हाइड्रो प्रालि , पिपुल्स इनर्जी लि का अध्यक्ष पनि हुन् । पछिल्लो समय जलबिद्युत उत्पादनमा सक्रिय रुपमा सँग्लन रहेका आचार्य सँग प्रकाश साप्ताहिक का निरोज जोशीले कुराकानी गरे । प्रस्तुत छ नेपालको आर्थिक संमृद्विको बिभिन्न पक्षमा केन्द्रित भएर गरिएको कुराकानीको सम्पादित अंश ।

    नेपाल भर्जिन ल्यान्ड्

    म मेरो बुवाबाट प्रेरित भएर उद्यम क्षेत्रमा लागेको हुँ । मेरो बुवाले भन्नु हुन्थ्यो, जागिर भनेको गमलाको खेती, ब्यापार भनेको फल चखुवा खेती र उद्यम भनेको गैरीखेती । बुवाको यही भनाइलाई मनन गरेर म उद्यम क्षेत्रमा लागे । उद्यम यात्रामा मैले धेरै क्षेत्रमा हात हाले । मेरो उद्यम यात्राको दौरानमा मैले धेरै अनुभव पाए । वास्तवमा नेपाल एक भर्जिन मुलुक हो । यहाँ सम्भाबनाका क्षेत्रहरु धेरै छन ती सम्भाबनालाइे हामीले पहिचान गर्न सक्नुपर्छ । हामी धेरै कुरामा स्पस्ट हुन नसेकेर बिकासका काम कुराहरुमा पछि पर्यौ । पञ्चायतकालमा एशियाली मापदन्डमा मुलुकलाइ पु¥र्याउने कुरा आयो । अहिले नयाँ नेपाल, सुखी नेपाली समुन्नत नेपालको कुरा आएको छ । नाराले मात्र बिकास हुँदैन । हामीले हाम्रो मुलुकको बिकास गर्ने नै हो भने केही क्षेत्र पहिचान गरेर अघि बढन सक्नुपर्छ । नेपालले हाल तत्काल कृषि, जलविद्युत्।, उद्योग–व्यवसाय, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, पर्यटन, हस्तकला जडिबुटीलगायत क्षेत्रको तीव्र विकास गर्नुपर्ने आवश्यकता छ ।

    जलविद्युतमा  लगानी

    नेपालको आर्थिक समृद्धिका लागि जलविद्युत्को महत्व छ । संसारकै दोस्रो ठूलो जलस्रोतको धनी देश भनिए पनि हामीले त्यसको जति दोहन गर्नुपथ्र्यो त्यति गर्न सकेका छैनौं । त्यसका पछाडि थुप्रै कारण छन् । मुख्यतः हाम्रो सरकारी नीति नै अहिलेसम्म अन्योलपूर्ण छ । नीति निर्माताले जलस्रोतको विकासमा सही नीति र त्यो नीतिको कार्यान्वयन गर्न नसकेकोले यो क्षेत्रको उचित विकास हुन नसकेको हो । अहिले जलविद्युत्।का सानाठूला विभिन्न आयोजनामा नीजि क्षेत्रले लगानी गर्दै आएको छ । राजनीतिक अस्थिरता यसको मुख्य कारक हो । नयाँ सरकार आएपछि र नयाँ सचिव र अधिकारी फेरिएपछि नीतिगत तहमा अघिल्लो सरकार वा अधिकारीले गरेको कामलाई लत्याएर नयाँ थाल्ने परिपाटी यसको कारक हो । जलविद्युत् नेपालको भविष्य हो । यस क्षेत्रको अधिकतम विकासमार्फत् नेपालले थुप्रै आर्थिक लाभ प्राप्त गर्न सक्छ । जलस्रोतबाट बिजुली मात्र होइन पानी उद्यम चलाएर, पानी निर्यात गरेर पनि प्रचुरमात्रामा लाभ लिन सकिने अवस्था छ । अहिले संसारमा पानीको संकट गहिरिदै गएको अवस्था पानीको निर्यात गर्न सकिन्छ ।

    कृषिको व्यवसायीकरण ,पर्यटन प्रबद्र्वन

    कृषिप्रधान मुलुक नेपालमा सामूहिक लगानीमार्फत खेती गर्न सक्ने सम्भावना पनि त्यतिकै छ । कृषिको व्यवसायीकरणका लागि सामूहिक लगानी वरदान सावित हुन सक्छ । नेपालको संमृद्वीमा पर्यटन क्षेत्र अर्को महत्वपूर्ण क्षेत्र हो । पर्यटन बिकासको लागि सरोकारवाला निकायहरुले १० लाख पर्यटक भित्राउने नारा तय गर्यो तर खासै पर्यटन पर्बद्वन हुन सकेन । पर्यटक भित्राउन नारा मात्रा तय गरेर हुँदैन । ठोस योजना बनाइयो र कार्यान्वन गर्न सकियो भने पर्यटन् क्षेत्रमा थुप्रै सम्भाबना छ । हामीले पर्यटन् क्षेत्रमा शैक्ष्।िक पर्यटन् मेडिकल् पर्यटन् प्रबद्र्धन गर्न सकिन्छ । त्यसै गरी धार्मिक पर्यटन् प्रर्वद्धन गर्न लुम्बिनी, मुक्तिनाथ, जानकी ,मानसरोबर क्षेत्रलाई मार्केटिङ गर्न सकिन्छ ।

    लगानी जुटाउने उपाय
    लगानी जुटाउन पुंजीको बिकास गर्नु पर्छ । पुंजीको विकास स्वदेशी र विदेशी क्षेत्र बाट गर्न सकिन्छ । पुंजीको बिकास गर्न पूँजीवादको बिकास गर्नुपर्छ । पुंजीलाई नियन्त्रण होइन चल्न दिनुपर्छ । थोरै–थोरै परिमाणको पुंजी सङ्कलन गरी त्यसलाई उद्योगधन्दा तथा आर्थिक विकासका क्षेत्रमा परिचालन गर्न सक्ने पर्याप्त सम्भावना भएको मुलुक हो नेपाल । छरिएर रहेका सानातिना पुंजीको एकीकृत व्यवस्थापन गर्न सके यहाँ ठूला किसिमका परियोजना पनि सम्पन्न गर्न मुस्किल छैन । हाम्रो जस्तो विकासोन्मुख मुलुकमा प्रायःजसो कुनै आयोजना, परियोजना तथा उद्योग सञ्चालन गर्नलाई वैदेशिक सहयोग तथा लगानीको मुख ताक्ने परिपाटी छ । नेपालको आर्थिक अवस्था विश्वका अन्य मुलुकको तुलनामा भिन्नै प्रकारको छ । यदि कुनै योजना सम्पन्न गर्न राष्ट्रिय ढुकुटीको क्षमताले नभ्याए सर्वसाधारण नागरिकबाट जुटाउन सकिन्छ । तर, त्यसको लागि ‘उत्प्रेरणा’को खाँचो छ । यसरी कुनै आयोजनाका लागि हरेक नागरिक तथा संघ संस्थामार्फत् सामूहिक लगानी गर्ने हो भने विकासका धेरै काम स्वदेशी लगानीमा नै सम्पन्न गर्न सकिन्छ ।
    नेपालमा एकदुई जनाको प्रयासले मात्र कुनै आयोजना–परियोजना पूरा गर्न गाह्रो पर्छ । यहाँका बैङ्क तथा वित्तीय संस्थाहरुको लगानीको क्षमता ठूलो छैन । कुनै ठूलो परियोजना सञ्चालन गर्न एउटै बैङ्कले मात्र लगानी गर्न सक्दैनन् । नेपालीले नेपालका निम्ति गरेको लगानीबाट प्राप्त आम्दानीबाट पुनः नेपालमै लगानी गर्न सक्ने अवस्था नै स्वाधीन अर्थतन्त्र हो । स्वाधीन अर्थतन्त्र तयार पार्न स्वदेशी लगानी को ठूलो भूमिका हुन्छ । छिमेकी मुलुक भारतमा सामूहिक लगानी सफल भएको छ । त्यहाँका थुप्रै औद्योगिक प्रतिष्ठानहरुले सामूहिक लगानी गरी आर्थिक विकास गरिरहेका छन् । नेपाल पनि खुला अर्थतन्त्रमा प्रवेश गरेको छ । विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ)को सदस्य भएका नाताले यहाँका कतिपय वस्तु तथा सेवा नेपालभित्र मात्र सीमित रहने अवस्था छैन । अन्य देशका वस्तु तथा सेवासँग नेपाली उत्पादनको प्रत्यक्ष प्रतिस्पर्धा शुरु भइसकेको छ । अब नेपालले आफ्नो प्रतिस्पर्धी क्षमता उच्च भएका क्षेत्रको पहिचान र त्यसको विकासमा केन्द्रित हुनुपर्ने बेला आएको छ । यसका लागि लगानी चाहिएको छ ।

    नीतिगत अवरोध

    देशको आर्थिक परिवेश सुहाउँदो नीति–नियम पनि बनिरहेको छैन । लगानीका सन्दर्भमा नेपालमा हाल ‘कम्पनी ऐन’ र ‘सहकारी ऐन’ले मात्र काम गरिरहेका छन् । सबैले सबै कुरामा प्रतिष्पर्धा गर्न सक्दैनन् । आफ्नो मुलुकमा भएको साधन स्रोत र प्रविधिको अधिकतम् उपयोग गर्न सक्ने क्षेत्रको पहिचान गर्न सक्नुपर्छ । हामीसँग पर्याप्त स्रोत छ । यहाँ नीतिगत, संरचनागत अवरोधहरु धेरै छन् । नेपालको कर्मचारीतन्त्र अझै पनि राणाकालीन मानसिकताबाट मुक्त भएका छैनन । कुर्सीमा बसेपछि ९५ प्रतिशतको मानसिकता नै मैले शासन गर्ने र आदेश दिने हो भन्ने छ । नीति नियम र कानुन नै यस्ता छन् कि ऊर्जासँग सम्बन्धित नीति नियम र ऐनहरु वनसँग बाझिन्छन् । वनसँग भएका भूमिसुधारसँग भूमिसुधारसँग भएका वातावरणसँग बाझिन्छन् । हाम्रा ऐन कानुन भाषामा चाहिँ भयंकर छन् । व्यवहारमा एकअर्कासँग बाझिएका छन् ।
    राष्ट्रहीतका आयोजनामा मात्र विदेशी लगानी भित्राउनुपर्ने, स्वदेशी लगानीमा सञ्चालित उद्योगलाई प्रोत्साहन गरिनुपर्ने, स्व।धीन अर्थतन्त्रको विकासका लागि सामूहिक लगानीका उद्योगहरुलाई प्रवद्र्धन गरिनुपर्ने, उद्योग तथा कलकारखानाहरुमा लगानी मैत्री वातावरणसँगै श्रमिकमैत्री वातावरण हुनुपर्ने, व्यापक जनसभागितामा आधारित नयाँ र हाल निर्माण चरणमा रहेका जलविद्युत आयोजनालाई विशेष प्रोत्साहन गरिनुपर्ने गरी नीतिगत सुधार गरी कार्यान्वयन गरियो भने नीतिगत समस्या समाधान हुन्छ ।

    राजनीतिक इच्छाशक्तिको आवश्यकता

    हाम्रो नेताहरुमा इेछाशक्ति हुनुपर्छ तर त्यो देखिएको छैन । अहिले स्थिर सरकार छ यो सरकारले राष्ट्र निर्माणमा कामगर्न चाह्यो भने गर्न सक्ने थुप्रै कामहरु गर्न सक्छ । अहिले सरकारको कामको पूर्ण मुल्याकन गर्ने बेला भएको छैन । यो सरकारले केही गर्न सक्छ कि भन्ने राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रबाट हेरिएको छ।
    सबैको दिमागमा विकास हुनुपर्छ भन्ने बोली छ, तर व्यवहार र इच्छाशक्ति भएन् । हामीले राजनीतिक अस्थिरताको कारण पनि विकास भएन भन्ने गर्दछौं । अस्थिर राजनीति भएका मुलुकहरुमा अस्थिर अवस्थामा पनि बिकास भएको उदाहरण छ । जापानमा हेर्ने हो भने दोस्रो विश्वयुद्ध पछाडि अहिलेसम्म नै प्रत्येक सरकारको औसत आयु डेढ वर्षको छ । इटालीमा सवा वर्ष जति होला । युद्धले तहसनहस भयो भन्ने हो भने नेपालमा १७ हजार नागरीक मारिए तर श्रीलंकामा ६० हजार मानिस मारिए पनि त्यहाँको विकासमा अवरोध भएन । विकास नहुनुको मुल कारण राजनीतिक नेतृत्वसँग इच्छाशक्ति नहुनु र कर्मचारीतन्त्र चाहिँ पुरानै शासन गर्ने र दुःख दिने शासकीय मनोवृत्तिबाट मुक्त नहुनु हो । कर्मचारीहरु सेवा प्रदायक होइनन, प्रशासकको भूमिकामा देखिए ।
    वास्तवमा अन्य मुलुकमा आर्थिक विकास बारे राष्ट्रिय सहमति बनेको हुन्छ । तर, हाम्रो मुलुकको दुर्भाग्य यिनै महत्वपूर्ण राष्ट्रिय मुद्दामा हाम्रा राजनीतिक दलहरू एकमत हुन सकेका छैनन् । दलहरू मात्र होइन, त्यहाँभित्र पनि व्यक्तिवाद हावी छ । यसले हामीलाई ठूलो घाटा पु¥याएको छ । त्यसकारण यी सवालमा सबैको सहमति निर्माण गर्नेतर्फ लाग्नु जरुरी छ । यी सबै किसिमका वातावरण बन्ने हो भने विकासमा अझै धेरै काम गर्न सकिन्छ ।