Sunday 26th January 2020
  • New title for a=>html, img=>alt
  • पानी जहाज नेपाल भित्रै कुदाउन सकिन्छ

    -

    October 3, 2019 | 120 Views


    खगेन्द्रराज सिटौला
    पानी जहाज नेपाल भित्रै कुदाउन सकिन्छ भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै दिन भाषणमा बताउँदा यो हावा कुरो भनेर त्यतिकै विरोध गरेका थिए । जतिको यो भन्दा अगाडिका उनले गरेका विकासे भाषणको विरोध भएका छन् । धेरै नेपालीलाई यो अविश्वासनीय लाग्ने छ । किनभने नेपालमा समुन्द्र छैन । पानी जहाजलाई तैरन र कुद्न त समुन्द्र नै चाहिन्छ । तर पनि नेपालमा पानी जहाज कुदाउन सकिन्छ । कसरी कुदाउन सकिन्छ त पानी जहाज नेपालमा छलफलको विषय आज यसैलाई बनाऔं ।
    अनुमान गरौं समुन्द्रमा जहाज किनेर राष्ट्रिय ध्वजा फहराउदै जहाज कुदाउने योजना अघि सार्दा त व्यापक विरोध भएको थियो प्रधानमन्त्री ओलीको । यो कुनै असम्भव कुरा होइन । जसरी हवाइ मार्गमा नेपालले हवाइजहाज किनेर उडाइरहेको छ । त्यस्तै हो जलमार्गमा पानी जहाज कुदाउने पनि । नियम अनुसार जलमार्ग, वन्दरगाह प्रयोग गरेको शुल्क तिर्ने हो र जहाज कुदाउने हो । यसको यति धेरै विरोध र खिल्ली उडाउनु पर्ने कुनै विषय नै होइन । वहस त यो नेपालको लागि प्राथमिकताको विषय हो कि होइन यसले नेपाललाई फाइदा गर्छ कि गर्दैन र यो राष्ट्रिय आवश्यकता हो कि होइन भन्ने पो हो त । जे पनि आँखा चिम्लेर विरोध वा समर्थन गर्ने प्रवृति दुबै गलत हुन् ।
    राजनीतिमा विरोध वा समर्थन मुलुकको हितमा छ कि छैन भनेर होइन कि आपूm वा आफ्नो दललाई आर्थिक वा राजनीति फाइदा हुन्छ कि हुँदैन भन्ने आधारमा गर्ने गरेको पाइएको छ । राजनीति गर्ने नेतासंग दुईवटा जिब्रा हुन्छन । एउटा जिब्रो सत्ता र शक्तिमा हुँदा बोल्ने र अर्को जिब्रो सत्ता र सत्ता बाहिर हुँदा बोल्ने । तारादेवीले गाएको गीत जस्तै ‘नकचरे दाइको दुई जिब्रे भाका’ जस्तै चरित्र र प्रवृति छ राजनीतिमा प्रायः जताततै मुलुक र जनता प्रति इमान्दार नहुनेमा ।
    पुनः स्मरण गराऔं नेपाली जनतालाइै, स्रोता, पाठक वा जो नेताका बोलीमा चासो दिन्छन् । एमाले नेता माधव नेपालले आपूmलाई प्राविधिक ज्ञानमा कमजोर भएको हेक्कासमेत नराखी प्वाक्क बोलीदिए कि महाकाली सन्धी पछि नेपालसँग यति धेरै विजुली हुन्छ कि नेपालले भारतमा मात्र होइन स्याटलाइटको माध्यमद्वारा चीनमा समेत विजुली निर्यात गरेर धेरै कमाउन सक्छ । माधव नेपाल जस्ता राष्ट्रिय स्तरका नेतालाई यति त थाहा हुनु पर्ने थियो कि अहिले सम्म स्याटलाइटबाट विजुली निर्यात गर्ने प्रविधि विज्ञानले आविष्कार गर्न वा विकास गर्न सकेको छैन भनेर । यस्तो बोल्दा त यसो हेक्का राख्नु पर्दैन नेताहरुले के बोल्दा जग हाँस्छन् कि हाँस्दैनन् भनेर । माधव कमरेडलाई खिल्ली उडाउनु परो भने कतिपयले स्याटलाइट कमरेड पनि भन्ने गरेका छन् । आपूm चाहिं त्यस्ता आधार विहिन हावा योजना अघि सार्ने अनि हुनसक्ने आधारका योजना अघि सार्ने प्रम केपी ओलीलाई सगरमाथामा केवलकार लाने योजना अघि सारे पनि भयो भनेर व्यंग विरोध गर्ने मिल्ने कुरो भयो र ? तर, फेरि जे पनि गर्छु भन्ने विरोधको प्रतीकात्मक दृष्टान्त सगरमाथामा केवलकारको उदाहरण यो चाहीँं स्याटलाइट जस्तो असम्भव होइन । प्रसस्त विजुली उत्पादन भएको खण्डमा निश्चय नै केवलकार सगरमाथाको आधार शिविरसम्म जान सक्छ ।
    माधव नेपालले मात्र होइन वर्तमान प्रधानमन्त्री केपी ओली पनि महाकाली सन्धीमा त्यसरी नै चुकेका थिए । केपी ओलीले पनि कसको गलत तथ्यांकको आधारमा प्वाक्क बोलिदिए कि महाकाली सन्धी भएपछि नेपालले वार्षिक एक खरब बीस अरब आम्दानी गर्छ भनेर । केपी ओलीले अहिले जस्तो भारतको नियत विजुली उत्पादन गर्ने नभएर नेपालका नदी कब्जामा लिने हो भन्ने बुजेको भए निश्चय नै उनी महाकाली सन्धी गर्न माधव नेपाल र नेपाली कांग्रेसँग मिलेर अपहत्ते गरेर लाग्ने थिएनन् होला र त्यो सन्धीको पक्षमा जनमत बनाउन कुनै विकाउ कथित विज्ञले दिएको एक खरब बीस अरबको सपना नेपाली जनतालाई पस्कने थिएनन् होला । माओले भनेका छन् –‘यदि तपाइले कुनै कुरोबारे जाँचबुझ गरेको छैन भने त्यसबारे तपाइको बोल्ने अधिकार छैन ।’ त्यस्तै एकजना विद्वानले भनेका छन् कि ‘जव तिमी बोल्दैनौ त्यसबेलासम्म शब्द तपाईंको कब्जामा हुन्छ जब तपाइ बोल्नु हुन्छ तपाईं शब्दको कब्जामा हुनुहुन्छ ।’ आशा गरौं शब्दको कब्जामा परेका नपरेका नेताहरुले भविश्यमा बोल्दा विचार गर्ने छन् ।
    अव फकौं पानी जहाजतिर । नेपालमा पानी जहाज कुदाउन सकिने योजना अधि सार्ने पहिलो व्यक्ति शायद जापानी मूलका नेपाली नागरिक ताकासी मियाहारा नै हुनुपर्छ । उनले आपूmलाई नेपालको राजनीति र विकासमा सकृय गराउन भनेर नेपाल राष्ट्रिय विकास पार्टी पनि खोलेका छन् । संविधानसभाको दुबै चुनावमा भाग लिए पनि उनी निर्वाचनमा सफलता पाउन सकेनन् । उनले एक संमृद्घ राष्ट्र निर्माण गर्ने लक्षका साथ नामक आफ्नो पार्टीको घोषणापत्रमा नेपालमा विकासका राम्रा योजना अघि सारेका छन् । त्यही घोषणपत्र २०६३ मा उनले विकासका अन्य राम्रा योजनासाथ पानी जहाजका योजना पनि अघि सारेका छन् ।
    नेपालको जलस्रोतलाई उपयोग गरेर कसरी नेपाललाई समृद्घ मुलुक बनाउन सकिन्छ भन्ने उनको योजना हामी पनि यसो एकपल्ट हेरौं । जलस्रोतको अधिकतम उपयोग गर्न कोशी, गण्डकी र कर्णाली लगायत अन्य नदीमा वाँध निर्माण गर्नु पर्छ भन्ने ताकासी मियाहाराको योजना छ । वाध बनाएर नेपालको जललाई बहुउपयोग गरेर राष्ट्रलाई छिटै समृद्घ बनाउन सकिने उनको विश्वास छ । उनी यस्ता बाँधहरुबाट नेपालले यसरी फाइदा लिन सक्ने योजना अधि सार्दछन् । तीन नदीका विभिन्न सम्भाव्य कार्यहरु तथा असरहरु उनले यसरी देखेका छन् । नदीहरुको उपयोग जलमार्गबाट गरिने ढुवानी व्यवस्था नहर पुगेको देशका भित्री भागसम्म पहँुच हुनेछ । प्रत्येक वाँधमा दोहोरो द्वार नियन्त्रणद्वारा निर्माण गरिने पानीको सतह घटाउने बढाउने व्यवस्था गरिनेछ जसले पानीजहाजलाई पानीको मथिल्लो र तल्लो तहतर्फ घुमाउन सहज हुने छ । कोशी, गण्डकी र कर्णालीबाट क्रमश २२०००, २१००० र ३४००० गरी जम्मा ७७००० मेगावट विजुली निकाल्न सकिने उनको विश्वास छ । नेपाललाई बढी भएको स्वच्छ विद्युतीय उर्जा चीन र भारतलाई निर्यात गर्न सकिने योजना अघि सार्छन् उनी ।
    बाँधमा पर्यटनको राम्रो उपयोग गर्न सकिने विश्वास छ उनको । बाँधमा क्याविन क्रुजर सेवाले अत्याधिक पर्यटकहरुलाई आकर्षित गर्न सकिनेछ भन्ने उनको योजना छ । जलमा आधारित माछा पालन लगायत अन्य उद्योग तथा सिंचाइ सुविधाले कृषि उत्पादनमा क्रान्ति ल्याउन सकिने विश्वास जाहेर गर्छन् उनी । नदीहरुबाट नियन्त्रित रुपमा गरिने पानीको निष्काशनबाट बाढी नियन्त्रणमा पनि सघाउ पुग्दछ । कल्पना गर्नु होस् वरिपरि हरियाली स्वच्छ पानीको निलो दहमा क्याविन क्रुज र असंख्य नाउहरुमा कति रमाउलान गर्मीले पिल्सिएका भारत लगायत अन्य मुलुकका पर्यटकहरु ।
    कोशी, गण्डकी र कर्णाली नदीका ठूला बाँधतालमा क्याविन क्रुज संचालन गर्न सकिने योजना ताकसी मियाहाराले सारेर नेपालमा पानी जहाज कुदाउन सकिने संभावना देखाएको धेरै भयो । उनको कुरो कसैले ध्यान दिएका छैनन् । पहिलो चरणमा प्रधानमन्त्रीले म नेपालमा चन्द्र सूर्य अंकित झण्डा फरर पार्दै सरर पानी जहाज कुदाइ दिन्छु मात्र भन्नुपर्छ कुनै कार्यक्रममा । एक दुई हप्ता व्यापक विरोध र खिल्ली उडाउन समय दिनु पर्दछ जसले राम्रो प्रचार पाओस । त्यसपछि ताकासी मियाहाराको सुझाव अुनुसार विज्ञहरुको राय समेत लिएर पानीजहाजको योजना अघि बढ्नु पर्दछ । अनि विरोधको स्वर समर्थनमा लहर भएर आउँछ ।
    मैले हेरेका पढेका नेपालका राजनीति दलका विकासका योजनामा ताकासी मियाहाराका राम्रा र लोभलाग्दा छन् । प्रधानमन्त्रीले विकासका लागि दलगत गुटगत स्वार्थ भन्दा माथि उठेर ताकासी मियाहारा जस्ता व्याक्तिलाई विकास सल्लाहाकार बनाएमा राष्ट्र र स्वयं प्रधानमन्त्रीले पनि लाभ लिन सक्नु हुनेछ । दलका कार्यकर्तालाई मात्र सल्लाहाकार बनाएर प्रधानमन्त्रीले विकासको लक्ष भेट्टाउन सक्नुहुन्न भन्ने कुरा त अहिलेको अवस्थाबाट बुझ्न सकिन्छ । ताकासी मियाहाराका नेपालका नदी उपयोगको नीति योजना प्रधानमन्त्रीलाई मन परेमा उहाँले अन्य स्वदेशी विदेशी विज्ञहरुसंग पनि सल्लाह लिन सक्नु हुनेछ ।
    कतिपय विकासका राम्रा योजना र सोच ठूला पार्टीका भन्दा चर्चामा नआएका साना पार्टी वा व्यक्तिसँग पनि हुन सक्छन् । मिडियाहरुको पनि ध्यान सधैं ठूलातिर मात्र गएको पाइन्छ । ठूला हुन् या साना जहाँबाट भए पनि हामीलाई विकासका राम्रा योजना र सोच चाहिएका छन् र ती योजनालाई पुरा गर्ने राष्ट्रिय अठोट र एकता चाहिएको छ । अहिले नेपाललाई भोटका लागि नभएर दीर्घकालिन महत्वका ठोस योजना चाहिएका छन् ।
    कवि म.वि.वि.शाहको चर्चित गीत “नसुम्प देश अरुलाई आफ्नो स्वार्थ पु¥याएर” लाई सापट लिएर नसुम्प नदीहरु अरुलाई आफ्नो स्वार्थ पु¥याएर भन्ने पानीको गीत घन्काउने बेला आएको छ । तर धेरै ढिलो भयो धेरै नदीहरु सुम्पिसकेका छन् । नेपालमा विकासको प्रमुख मूल पानीको मूल नै हो । यो कुरालाई सधैं ख्याल राखौं ।