Sunday 26th January 2020
  • New title for a=>html, img=>alt
  • प्रचण्डको रक्षा गरिएको पुस्तक

    -

    September 26, 2019 | 1021 Views


    हरि ज्ञवाली /
    राजनीतिक विश्लेषकको रुपमा आफ्नो परिचय बनाएका लेखक हुन अर्जुन ज्ञवाली । उनका राजनीति विश्लेषण सम्बन्धित पुस्तकहरु बजारमा आएका छन । तीनै पुस्तकहरु मध्ये अहिले पहिलो संस्करण प्रकाशमा आएको किताबले बजार पिटेको छ । जुन किताबमा उनले नारायणहिटी हत्याकाण्ड, नेपाली सेना र माओवाद, नेपाली कम्युनिष्ट र मिसन सिआएका बारेमा चर्चा गरेका छन् ।
    पुस्तकको पहिलो शीर्षकमा नै उनले रअ र सिआइए मिसन, सेना र माओवादका विषयमा पूर्व जनरलहरुका प्रकाशित पुस्तकहरुलाई आधार मानेर चिरफार गर्ने कोशिस गरेका छन् । यो पुस्तक सबैखाले पाठकहरुले देशमा भइरहेको चलखेल र त्यसको असर बारेमा जानकारी लिनका लागि महत्वपूर्ण योगदान दिने किताब हो । यसले देशको चित्र भित्र खेल्ने र खेलिने खेलहरुलाई उजागर गरेको छ । जुन कुना आम नेपालीलाई पत्याउन नै कठिन हुन्छ । यो किताबले ती कुरालाई उजागर गरेर नेपालको विकासमा हुने बाधा र उबरोधको जरा खोतलेको पाइन्छ ।
    नेपाल कम्युनिष्ट आन्दोलनको सुरुवाती चरणबाट नेपालमा चलेको वैदेशिक हस्तक्षेप र त्यहाँका चासुसहरुले नेपालमा रहेका कम्युनिष्टहरुलाई कसरी प्रयोग गरेका छन भन्ने कुरा यो किताबले प्रष्ट्याएको छ । यस विषयमा उनले लेखेका छन् । जब २००६ सालमा नेपालमा कम्युनिष्ट पार्टीको उदय भयो भनिएको छ तर २००३ सालमा नै नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट विराटनगरको मजदुर आन्दोलनको नेतृत्व मनमोहन अधिकारीले गरेको पाईन्छ । यसको इतिहासमा कति सत्यता रहेको छ भन्ने कुरालाई उजागर गरेर इतिहासलाई बङ्ग्याइएको बताएका छन् । त्यसपछि पुष्पलाललाई पार्टीको संस्थापक मानिए पनि त्यसमा पुष्पलाल होइन मनमोहन हावी भएको र उनी नैै संस्थापक भएको कुरा यो किताबले उजागर गरेको छ । यसरी हेर्दा लेखकका तर्कलाई प्रमाणसँग दाँज्ने हो भने तिनको मेल नजिक देखिन्छ ।
    दरवार हत्याकाण्ड सेना र दरवारीया कर्मचारी शीर्षकमा नेपालको राजदरवार देखि सैनिक मुख्यालयसम्म वैदेशिक शक्ति केन्द्रको घुसपैठ कति प्रभावशाली थियो भन्ने कुरालाई देखाउछ । २१ औँ शताब्दीमो सुरुवातमा विज्ञान, सूचना र संचारले संसारलाई एकै ठाउँमा ल्याउन लागेको अवस्थामा दरवार हत्याकाण्ड भयानक तथा त्रासदी घटना कसरी गराए भन्ने बारेमा औल्याइएको छ । यसको अलवा लेखकले सैनिक मुख्यालय र वामपन्थी जालो शीर्षकमा बाहिरी घेरामा देशी विदेशी शक्ति केन्द्रसँगै घुसपैठ गरेका वामपन्थी आवरणका नेतृत्वपनि संलग्न रहेको दावी गरेका छन् ।
    कार्टर सेन्टर मिसन सिआइए माओवाद र मशाल शीर्षकमा नेपालका नेपालका ससाना दलहरुलाई कसरी जासुसीको लागि देशी विदेशी शक्तिहरुले परिचालन गरिरहेका छन् भन्ने विषयमा प्रकाश पारिएको छ । पूर्व माओवादीबाट विद्रोह गरेर छुट्टै संगठन बनाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई प्रहार गर्न पनि लेखकले छुटाएका छैनन् । एकीकृत जनक्रान्ति इण्डो सिआइएको अर्को मोडल शीर्षकमा प्रहार गरेका छन् । त्यसमा तर्कहरु दिइएको छ । माओवादी हिसांको सुरुवात देखिकै कट्टर आलोचक लेखकले यो पुस्तकमा तर्कसहित आश्चर्यजनक तरिकाले प्रचण्डको भने बचाउ गरिएको छ । उनले पुस्तकमा पटक पटक उनको तमाम कमीकमजोरीका बावजुत पनि उत्तरको छिमेकी चीनसँग प्रचण्डले गरेको सम्झौताले देशलाई बचाउने काम गरेको छ । पुस्तकलाई लेखकले भावी पुस्तालाई खोज र अनुसन्धानका लागि छोडिदिएका छन् । उनले पुस्तकामा भनेका छन्–यो पुस्तक वर्तमान पुस्ताभन्दा पनि भावी पुस्ताका लागि हो । जुन पुस्तकले भावि पुस्तालाई इतिहासको खोज गर्दा सत्यको नजिक पुग्न सकोस भन्ने उद्देश्यले लेखिएको बताएका छन् । यसमा उनको इतिहासको कोरेको दावी गर्दै दम्भलाई लुकाएको पाइन्छ ।
    इतिहासका घटनाक्रम र आजको देशमा रहेको परिवेश बुझ्नका लागि पनि यो पुस्तक पढन जरुरी रहेको छ । अझ भन्ने हो भने नेपाल कम्युनिष्ट आन्दोलनमा लागेकाहरुले आफ्नो विचार र वहसलाई तिखार्नको लागि यो पुस्तक पढ्नु पर्ने देखिन्छ । उनले प्रचण्डमाथि आक्रमण भइरहेको वर्तमान अवस्थालाई देखाएका छन् । देशी विदेशी एजेन्सीका एजेन्ट होइन आफूलाई विगतका कमीकमजोरीबाट शुद्धपार्दै राष्ट्ररक्षाको पक्षमा उनी उभिएका छन् । धेरै पटक प्रचण्डका बारे लेखकले यो कुरा औल्याएका छन् ।