Wednesday 13th November 2019
  • New title for a=>html, img=>alt
  • प्रधानसेनापतिको चीन भ्रमण र ओलीबिरुद्धको मोर्चाबन्दी

    -

    June 20, 2019 | 1427 Views


    अर्जुन ज्ञवाली /
    विख्यात विद्वान चाणक्यले भनेका छन, यदि दुश्मनले प्रशंसा ग¥यो भने तिमी गलत ठाउँमा हुनेछौ र आलोचना ग¥यो भने बुझ्नु सहि ठाउँमा । यही चाणक्य नीतिलाई चिनियाँ जनवादी क्रान्तिको समयमा माओले आफ्नो भनाइको रुपमा व्याख्या गरे । प्रसंग प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध यतिबेला ईण्डोपश्चिमा खेमाका सञ्जालहरु, बहुराष्ट्रिय कम्पनीका सुतखोर मिडिया तथा तिनका कारिन्दाहरु खनिएको विषय हो ।
    अहिले नेकपाभित्रैका एनजीओ, आइएनजिओ र चर्च मण्डली तथा नेपाली सेनाको सैन्य हेड क्वाटरका केही जासुुसहरु पार्टीभित्र अध्यक्ष ओली र बाहिरबाट प्रधानमन्त्रीलाई सपाप्त पा्र्न क्रियाशील छन । चित्रबहादुर केसीको उखानलाई सापटी लिने हो भने खाष्टोले ढाकेको विरोलो म्याउँ गरे जस्तै प्रधानमन्त्रीको ओलीको दिल्ली भ्रमणको समयमा प्रचण्डले म्याउँ गरेपछि उनी अस्थिर पात्र हुन भन्ने झन् छर्लङ्ग भएको छ । दार्जिलिङको चर्चबाट प्रशिक्षित भएर नेपाल भित्रिएका निर्मल लामाका उत्तराधिकारी नारायणकाजी श्रेष्ठ हुन या चर्च सञ्जालका प्रतिनिधि माधबकुमार नेपाल यतिवेला ओलीबिरुद्ध केन्द्रित भइ रहेकाछन् ।
    त्यतिमात्र होईन नागरिक समाज र मानवअधिकारवादीको बर्को ओढेका देबेन्द्रराज पाण्डे, कृष्ण पहाडी, अर्जुन पराजुली, सिकेलाल, खगेन्द्र संग्रौला, श्याम श्रेष्ठजस्ता युरोपियन तथा ईन्डोपश्चिमा एनजीओका कारिन्दाहरु निर्बस्त्र भएर काम नलाग्ने अवस्थामा पुगेपछि अहिले सडकमा सुरेन्द्र भण्डारी, ज्ञानेन्द्र शाही र प्रेम कैदीलगायतका पात्रलाई नयाँ जोगीका रुपमा उतारिएको छ । बदनाम एउटी महिलालाई नक्कली शंकाराचार्यको रुपमा खडा गरेर आचार्य शंकरले स्थापना गर्नुभएको शंकाराचार्य मठलाई बदनाम गर्न उक्त महिलाकै पक्षमा वकालत गर्ने दीर्घराज प्रसाई, कैदी, युवराज गौतम तथा त्यसैको पक्षमा टेलिभिजनमा अन्तरर्वाता र्याइर्याइँ पार्ने केही संचारकर्मीको अनुहार पनि सार्वजनिक भैसकेको छ । यी सबै गतिबिधिका पछाडि राजा वीरेन्द्रको हत्यामा संलग्न पश्चिमी क्रिश्चियन सञ्जालमै जोडिएको कतिपय सैन्य गतिविधीले पुष्टि गर्दछ ।
    आफूलाई दैनिक पत्रिकाका स्तम्भकारका रुपमा चिनाउने कतिपय प्रोजेक्ट लेखकहरुको ईण्डोपश्चिमा मिसन जासुसहरुको डकार जस्तै निर्वस्त्र सार्वजनिक भइरहेको छ । तिनीहरु नेपाली मौलिकता र संस्कृतिलाई मास्न लेख होईन प्रोजेक्ट लेखिरहेका छन् । खासगरी २०७२ को संबिधान जारी तत्पश्चात चीनसँग अघि बढेको सम्झौता र कार्यान्वयनबाट अतालिएको ईण्डोपश्चिमी शक्तिले ती एजेन्ट लेखकहरुमार्फत नेपाली सभ्यता र संस्कृति मास्न उपायोग गरिरहेको छ । चर्च मण्डलीका अध्यक्ष केबी रोकायाले हिन्दु राष्ट्र भने जस्तै क्रिश्चियनको कलो खाएर धर्म निरपेक्षताको अभियान चलाउने देशीबिदेशी दलाल र सञ्चार मिडिया अहिले गुठी बिधेयक बिरुद्धको नाममा सरकार विरुद्ध मोर्चाबन्दी कसिरहेका छन् । यो आश्चर्यजनकमात्र होईन खेद जनक छ । त्यसैका लागि अहिले नेकपाभित्र ओली विरुद्ध प्रचण्ड, माधब नेपाल, बामदेव, नारायणकाजीको एउटै मोर्चामा गोलबन्द गर्न खोजिदैछ । यो सबै घटनाक्रमको गुह्य सार भनेको यी नेपालमा चीनलाई कसरी रोक्ने भन्ने नै हो ।
    यहि अवस्थामा प्रधानसेनापति पूर्णचन्द्र थापा उत्तरतर्फको विशाल र असल छिमेकी चीन भ्रमणमा निस्किएका छन । नेपाली सेनालाई बेलामौकामा ईण्डोपश्चिमाले प्रयोग गर्ने गरेको चर्चा चलिरहेको सन्दर्भमा प्रधानसेनापति थापाबाट भइरहेको चीन भ्रमण आफैमा दूरगामी महत्वको छ । अखण्डता र राष्ट्रिय सुरक्षाको गहन जिम्मेवारी बोकेको सेनाले जननेता मदन भण्डारी देखि राजा वीरेन्द्र बंशनासको दर्शकमात्रै बन्नुका पछाडि यही ईण्डोपश्चिमा स्वार्थले काम गरेको जानकारहरु दावी गर्छन । त्यसैले सेनापतिको चीन भ्रमणमा वेइजिङको चासो आगामी दिनमा सेना यसतर्फ सजग रहोस् भन्ने नै हुने आँकलन गर्न सकिन्छ । किनभने भारतीय सेनाको मानार्थ महारथी पदवी धारण गरेको नेपाली सेना राष्ट्रसंघीय मिसनका कारण अमेरिकी स्वार्थमा अभिप्रेरित हुने गरेको आशंका पनि छ । त्यसो त कुनै पनि देशको सेना भनेको सीमासँग अन्र्तरसम्वन्धित हुन्छ । तर, भारतको मानार्थ सेना भएकाले नेपाल भारत सीमासँग यसको कुनै सम्वन्ध नरहन सक्छ । त्यसैले सेनाको संख्यामा पनि बहस भइरहेको छ । बहसकर्ताहरुले सीमाको रक्षा सशत्र प्रहरीले गरिरहेको र जनताको सुरक्षामा जनपथ प्रहरी रहेको अवस्थामा यति धेरै सेना केको लागि ? भन्ने अहंम प्रश्न उठाइरहेका छन् । देशभक्तहरुको सुरक्षा नहुदा ऊ कतै ईण्डोअमेरिकी हितमा त छैन् भन्ने प्रश्न उठ्नु अश्वभाविक पनि होईन ।
    प्रधानसेनापतिको यो चीन भ्रमणमा भारत र नेपाली सेनाबीच मनार्थ महारथी आदान प्रदान हुनसक्छ भने चीन सँग किन नहुने भन्ने गम्भीर प्रश्न पेचिलो ढंगले उठ्न सक्छ । भारतीय नाकावन्दी पछि चीनसँग विकशित भएको सम्बन्ध र खुलेका ढोकाहरुलाई नियाल्ने हो भने नेपालले नै यो नै चीनसँग यो प्रस्ताव राख्नु मनासिव हुन्छ ।
    ०४६ सालको परिवर्तन पछि नेपाल प्रहरीको गुप्तचर बिभाग र नेपाली कतिपय सैनिक अधिकारीको भूमिका घातक देखिएका छन् । ती सैनिक अधिकारीहरु डा.ऋषिराज बरालजस्ता माक्सवादी चिन्तक, गोपाल किराँती जस्ता जातिवादी, आहुतिजस्ता रियाक्सनरी, नरहरी आचार्य, गगन थापाजस्ता गणतन्त्रवादी, सेना र प्रहरीसँगको जासुसी संरचनासँग जोडिएका छन । गिरिजाप्रसाद कोइरालाले आफु जिवित छदैं कोइराला निवास विराटनगरबाट नरहरि, गगन र दमननाथ ढुगांना के हुन भन्ने कुरा सार्वजनिक गरिदिएका थिए । रत्नपार्क हुदैं जावलाखेलमा सडक नाटक मञ्चन गरिरहेका मुकुन्देदेखि लक्ष्मणसिं खडकाले नपुगेर अहिले सडकमा सुरेन्द्र भण्डारीदेखि राष्ट्रिय जागरण अभियानको आवरणमा नयाँ मुल्लाहरु पनि देखिएका छन ।
    सत्तारुढ नेकपाभित्र यस्तै जासुसी सञ्जाल छ । यिनीहरुको काम इमान्दार पेशाकर्मीहरुको बदनाम गर्ने, मुल एजेण्डामाथि प्रहार गर्ने र समाजमा भ्रम फैलाउने नाटक मञ्चन मात्र हो । मुकुन्देदेखि खगेन्द्र संग्रौला, युग पाठक, सिकेलाल, राजेन्द्र महर्जन संजिव उप्रती, लोकराज बरालसम्म बिदेशी जासुसी संरचनामा जोडिएका प्रायोजित पात्रहरु राजनीतिक दल, नागरिक समाज, पत्रकार, बुद्धिजीवी, प्रकाशन संस्थाको आवरणमा मुलुकलाई अस्थिरतामा लैजाने मिसनमा प्रयत्नरत छन ।
    रुसमा पुटिन गुप्तचर बिभागबाटै उदय भएका हुन । उनी त्यहाँको गुप्तचर संस्था केजीवीको प्रमुख नै थिए । तर उनमा देशभक्ति थियो । उनले छिन्नभिन्न भएको रुसलाई संहाले र पुनः विश्वको नेतृत्व दिईरहेका छन । नेपालमा सेना र प्रहरीको गुप्तचर संरचना निर्माण होइन, पश्चिमी क्रिश्चियन एनजीओ÷आइएनजीओको शान्ती सेनाको डलरमा बिक्रि भएर ध्वसात्मक कार्यमा संलग्न छ ।
    २००७ सालपछिको घटना हेर्ने हो भने राजा महेन्द्रको हत्या, मदन भण्डारी, राजा वीरेन्द्र, शुशील कोइरालासम्मको हत्या गरेको यो गिरोह अहिले नेपाललाई कसरी अस्थिरतामा लैजाने भन्ने दिशामा सरकार भित्र र बाहिरबाट प्रयत्न गरिरहेका छन । हिजो कथित माओबादी हिंसामा पठाइएका सेना र नेपाल प्रहरीका जासुसहरु अहिले नेपालका बिग मिडिया हाउसमा गोयवल्स प्रोपोगान्डाका लागि फिट गरिएका छन । यी सबैको केन्द्र ईण्डोपश्चिमा हित रक्षार्थ नेपालको राजा वीरेन्द्र मारेको सैन्य हेड क्वाटर नै हो ।
    यो भन्दा अगाडिको ईण्डोअमेरिकी रणनीतिमा कट्वालदेखि गौरव शम्सेर राणाले चीन बिरोधी केन्द्रको रक्षा गर्न सैन्य ‘कु’ को प्रयत्न गरेका थिए, दरवार हत्याकाण्ड जस्तै । त्यसको असफलतापछि शुशील कोइराला र प्रकाश दाहालको हत्या गरेर प्रचण्डलाई तर्साउदै एमाले, माओवादी एकता रोक्ने र चुनाव हुन नदिने प्रयत्न गरिएको थियो । ‘कु’ को रणनीतिअनुसार नै भारतीय खुफिया एजेन्सी ‘रअ’ का डा. बावुराम भटट्राइहरुलाई नयाँ नयाँशक्ति खोलाइयो भने त्यहि शक्तिकेन्द्रले साझा बिवेकशील बनायो भने नेकपाभित्रैबाट बृजेशकुमार गुप्ता, हृदयेश त्रिपाठी, राजेन्द्र महतोे र कोमल वलीलाई सुरक्षित गरायो ।
    चिनियाँ राष्ट्रपतिको संभावित नेपाल भ्रमण रोक्न एशिया समिटको आवरणमा सरकार नै संलग्न भएर बदनाम कार्यक्रम ग¥यो । यी सबै षडयन्त्र यसका पछाडिको शक्तिकेन्द्रको उद्देश्य बुझेको चीनले नेपाल सरकारलाई स्थापनाकालदेखि बोलाउदै आएको बोआओ फोरममा नबोलाएर बीआरआईको दोश्रो अन्तर्राष्ट्रिय सम्मेलनमा राष्ट्रपति बिद्या भण्डारीलाई निमन्त्रणा दियो र हस्ताक्षर गरायो ।
    प्रचण्डले बिआरआईमा हस्ताक्षर त गरे तर उनले भारतलाई यो कार्यान्वयन हुँदैन । तीन बर्षको लागि हो त्यतिबेला पुन संझौता नदोहो¥याउने तत्पश्चात आफैं औचित्यहीन हुने सन्देश भारतलाई दिएका थिए । यो कुरा बुझेको चीनले अन्तर्राष्ट्रिय समुदायलाई साक्षी राखेर राष्ट्रध्यक्ष बिद्यादेवी भण्डारीलाई हस्ताक्षर गरायो । राजा वीरेन्द्र र मदन भण्डारीको हत्या गरेर चीन रोक्ने ईण्डोअमेरिका र नेपाली सेना र दरवारिया पश्चिमी एजेन्सीको केन्द्रका लागि यो गतिलो झापट थियो यो अवस्थामा एशिया प्यासिफिक समिटको कार्यक्रममार्फत पार्टीभित्र र बाहिरबाट ओलीलाई घेरेर र बदनाम गरेर सुरक्षित हुन्छौ भन्नेहरु जिल्लिए ।
    अहिले सम्पूर्ण चर्चहोस या गुम्वा हिन्दु आवरणका स्कोन, साइवावा, कृष्णप्रणामी, राधेराधे, हरेराम हरेकृष्ण हुन वा क्रान्तिकारी आवरणका ‘विप्लव’ यी सवैको केन्द्र राजा वीरेन्द्रको हत्या गरेको सैन्य हेड क्वाटर नै हो र मिशन ईण्डोअमेरिकी केन्द्रको रक्षा गर्नु हो । यसकारण ओली र प्रचण्डले बुझ्न जरुरी छ । नेकपा भित्रका जासुसहरु अहिले एक वा अर्को धु्रविकरणको रुपमा गृहयुद्ध गराउन उद्यत छन । यसकारण संघीयताको बिघटन, धर्म निरपेक्षताको खारेजीसहित सरकार अगाडि बढन जरुरी छ ।