Tuesday 22nd October 2019
  • New title for a=>html, img=>alt
  • प्रेस काउन्सिल नेपालद्वारा विभिन्न पुरस्कारहरू प्रदान

    -

    October 2, 2019 | 52 Views


    राष्ट्रपति भवन शीतल निवासमा २०७६ असोज ६ गते सोमबार आयोजित प्रेस काउन्सिल नेपालको ५० औँ वार्षिकोत्सव तथा पुरस्कार विरतण समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रेस काउन्सिल नेपालद्वारा हरेक वर्ष प्रदान गर्ने विभिन्न पुरस्का समेत प्रदान गर्नुभयो । सो अवसरमा गोविन्दबहादुर थापालाई एक लाख ५१ हजार रुपियाँ राशिको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार, डा.सुरेश आचार्यलाई एक लाख पाँच हजार रुपैयाँको प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता
    पुरस्कार प्रदान गरिएको छ । यस्तै बाँकेको दैनिक नेपालगञ्जलाई ५० हजार रुपियाँ राशिको प्रेस काउन्सिल आचारसंहिता पुरस्कार, मो. हसन मियाँलाई प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार, अन्तर्बोध साहित्यिक त्रैमासिकका सम्पादक/प्रकाशक होमशंकर बास्तोलालाई प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार प्रदान
    गरिएको छ । सो पुरस्कारको राशि जनही २० हजार रुपियाँ रहेको छ ।
    यसैगरी नौं जनालाई २० हजार रुपियाँ राशिको प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । सो पुरस्कार प्राप्त गर्नेहरूमा नेपालभुषण न्यौपाने, शिवबहादुर कार्की, सितारामप्रसाद बर्मा कट्टेल, यज्ञप्रसाद शर्मा, हरि जोशी, बालकृष्ण प्रसाद, शंकर कार्की, विष्णुप्रसाद शर्मा र विश्वमणि सुवेदी हुनुहुन्छ । यस्तै जनही १५ हजार राशिको प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार १० जनालाई प्रदान गरिएको छ । सो पुरस्कार प्राप्त गर्नेहरूमा मीना तिवारी (घिमिरे), अजयदीप शर्मा, अमर खड्का, डिलाराम भुसाल, करुण अर्याल, विधान श्रेष्ठ, निलिफा सुब्बा, मन्जिमा ढकाल, सोमबहादुर थापा र रिङ्कु मिश्र (गायत्री) हुनुहुन्छ । यसैगरी २० हजार राशिको प्रेस काउन्सिल वर्ष कर्मचारी पुरस्कार सविता बानिया र हर्कबहादुर श्रेष्ठलाई तथा १० हजार रुपियाँ राशिको प्रेस काउन्सिल कर्मचारी प्रोत्साहन पुरस्कार विपुल पाण्डेलाई प्रदान गरिएको छ । सो अवसरमा राष्ट्रपति भण्डारी, सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटा, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले आफ्नो मन्तव्य राख्नुभएको थियो । प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले काउन्सिलको ४४ औं वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।