Sunday 29th November 2020
  • New title for a=>html, img=>alt
  • बायुसेवामा सधैं किचलो

    -

    January 16, 2020 | 434 Views


    काठमाडौं । प्रचुर मात्रामा संभावना हुँदा हुदै नेपाल वायुसेवा निगमको यो अवस्था हुनु दुर्भाग्य हो । आज हरेक स्थानमा जान आफ्नै जहाज हुन सक्थ्यो । एकताका सिंगापुरमा पाइलटहरुले हवाइ उडान बन्द हडताल गर्दा त्यहाँको शासकले बन्द गरे  कारण खुलाउदै जनतामा जाने निर्णय गरेपछि जनतामा नाङिगने डरले पाइलटले हडताल बन्द गरे र काममा फर्किए । दोस्रो विश्वयुद्ध पछि जापानको भौतिक संरचनाका लागि विदेशीहरुले ऋण अनुदान दिए । जापानले त्यो अनुदान विद्यालय खोल्न लगाएदियो । बाटो पुलका लागि आएको अनुदान विद्यालयमा लगाएपछि प्रश्न उठ्यो । त्यसको जवाफमा जापानी शासकले जापान विकासको काम पछि मेरो देशका जनताले बनाउँछन् । अहिले हामी विद्यालय खोलेर भावी पुस्ता बनाउँछौ भन्ने जवाफ दिए । आज सिंगापुर र जापान कहाँ छ सबैलाई थाहा छ ।
    निगम बनाउन सबैको ईच्छा चाहना छ । सम्बन्धीत मन्त्री, कार्यकारी अध्यक्ष, संचालक समिति सबैले निगम सुधार गर्ने, देखिने काम गर्ने सोच छ । तर, पनि त्यो संभव हुन सकिरहेको छैन । यो पीडादायक अभिव्यक्ति अनायासै पोखेका छन् । निगम संचालक समिति सदस्य एवम् संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सह सचिव बुद्धिसागर लामिछानेले भनेका छन् स्यालहरुले राम्रो काम गर्न कतै न कतैबाट रोकेका छन् । निगम स्यालको स्वार्थमा चलिरहेको छ ।
    अहिले पर्यटन वर्ष २०२० चलिरहेको छ । आधिकारीक उडान नेपाल वायुसेवा निगमको नै हो तर टर्किस एयरलाईन्सले आधिकारीक उडान हाम्रो हो भनि सुरज वैधले हल्ला चलाइरहेका छन् । यस बारेमा निगम बोलेको छैन । निगम समृिद्धमा योगदान गर्न सक्ने संस्था हो । क्षमता हुँदा हुदै पनि किन राम्रो हुन सकेन राज्य सत्ताले मन्त्रिलाई आधिकारीक निर्णय गर्नमा रोकेको छ । यो हालतमा नहुनु पर्ने तर भइराखेको छ, लामिछानेले बताएका छन् ।
    कार्यकारी अध्यक्षलाई स्पष्टिकरण सोधेको छ । उहाँले जवाफ दिदै हुनुहुन्छ । सहयोग कहाँ भएन भनेर सोधेको हो । अध्यक्षले संचालक समितिमा ल्याएर निगमको हितका सबै प्रस्तावनामा संचालक समितिले सहयोग गरेको छ , राम्रो काम गर्छु भन्दा कसले रोक्छ ? लामिछानेले स्पष्ट भनेका छन् जिएसएस नियुक्तिको विनियमावली २०७४ पनि संशोधन भएको छैन । कुनै एक विषयमा विनियम संशोधन हुँदैन । यो विषय पनि बाहिर आयो । नगरेको कुरा र नहुने कुराको प्रचर हुन्छ राम्रा कुरा ओझेलमा पर्छन ।