Wednesday 1st December 2021
  • New title for a=>html, img=>alt
  • बार्सिलोनालाई ला लिगा

    -

    April 28, 2019 | 399 Views


    १५ वैशाख, काठमाडौं । लेभान्टेलाई १-० ले पराजित गर्दै बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलको उपाधि जितेको छ ।

    शनिबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा लेभान्टेलाई १-० ले पराजित गर्दै बार्सिलोनाले २६ औं पटक स्पेनिस ला लिगाको उपाधि जितेको छ । जित दिलाउने क्रममा कप्तान लियोनल मेस्सीले ६२औं मिनेटमा गोल गरेका थिए ।

    ३५ खेलबाट ८३ अंकसहित तीन खेल आगावै बार्सिलोनाले उपाधी जितेको हो । दोस्रो स्थानमा रहेको एट्लेटिको मडि्रडको समान ३५ खेलमा ७४ अंक छ भने ३४ खेलमा ६५ अंकसहित रियल म्याड्रिड तेश्रो स्थानमा रहेको छ ।