Wednesday 1st December 2021
  • New title for a=>html, img=>alt
  • बिना अनुमति जन्माएको अभियोगमा बाबुआमा विरुद्ध मुद्दा

    -

    February 7, 2019 | 765 Views


    भारत, माघ २४ राफाएल स्याम्युल नामक मुम्बईका एक व्यक्तिले आफूलाई नसोधी जन्म दिएको भन्दै आफ्नै बाबुआमा बिरुद्ध अदालतमा मुद्दा हाल्ने कुरा गरेका छन् |  उनको विचारमा सन्तानको अनुमति बिना उनीहरुलाई जन्म दिनु अनैतिक हो |

    हालसालै यूट्युबमार्फत उनले आफ्नो प्रजनन बिरोधी विचार व्यक्त गरेका हुन् | कालो टि-सर्ट, लामो नक्कली दारी र चस्मामा देखिएका उनी मानिसहरुलाई बच्चा नजन्माउन आग्रह गर्छन् | उनको विचारमा संसारमा अहिले नै धेरै समस्या छन्, बच्चा जन्माउँदा न त संसारलाई न बच्चालाई नै फाइदा पुग्छ   त्यसैले सन्तान जन्माउनु भनेको निन्दनीय र स्वार्थपूर्ण कार्य हो |

    मानिसहरु आफ्नै स्वेछ्याले नजन्मिने हुनाले कोइ पनि सन्तान आफ्ना आमाबुवाप्रति जवाफदेही भैरहनु नपर्ने उनको तर्क छ | उनको यो प्रजनन बिरोधी विचारको सामाजिक संजालमा चौतर्फी विरोध भए पनि रोचक कुरा त के छ भने उनका मातापिता दुवै वकिल हुन् र उनकी आमाले आफ्नो छोरो शाहसी, निडर र स्वतन्त्र विचारधाराको भएकोमा आफू खुशी भएको बताएकी छिन् |