Wednesday 22nd May 2019
  • New title for a=>html, img=>alt
  • बैंकको नाफा अर्बमाथि

    -

    May 9, 2019 | 36 Views


    काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरिसकेका १८ बैंकको नाफा अर्बमाथि पुगेको छ । २८ वटा वाणिज्य बैंकमध्ये १८ वटाले चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरिरहेको छन भने अन्य बैंकले पनि धमाधम सार्वजनिक गर्ने तयारीमा छन् ।
    अहिलेसम्म नेपाल एसबिआई, सिटिजन्स, सिद्धार्थ, एभरेष्ट, माछापुच्छ«े, सानिमा, नेपाल बैंक, ग्लोबल आइएमई, सनराइज, कुमारी, प्रभु, एनएमबी बैंक, स्टयाण्डर्ड चार्टर्ड, नेपाल बंगलादेश बैंक, बैंक अफ काठमाण्डू, लक्ष्मी बैंक, नबिल बैंक र मेगा बैंकले चैतमसान्तसम्मको वित्तीय विवरण प्रकाशित गरिसकेका छन् । चालु आवको नौ महिनासम्मको वित्तीय विवरण सार्वजनिक गरिसकेका ती सबैं बैंकको कमाई अर्ब भन्दा बढी छ ।
    गत वर्षको नौ महिनासम्मको अवधिमा अर्ब कमाउन नसकेका माछापुच्छे«, सन्राइज, प्रभु, कुमारी, नेपाल बंगलादेश, लक्ष्मी र मेगा बैंक पनि यसवर्ष अरवपतिको सूचीमा परेका छन् । ती बैंकको नाफा पनि अर्ब नाघेको छ ।
    चैत मसान्तसम्म एभरेस्ट बैंकले दुई अर्ब २१ करोड रुपैयाँ नाफा कमाएको छ । गत वर्ष एभरेस्ट बैंकले सो अवधिमा एक अर्ब ८७ करोड रुपैयाँ नाफा कमाएको थियो । चालु आर्थिक वर्षको नौ महिनामा एसबिआई बैंकले पनि एक अर्ब ६० करोड रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा एक अर्ब ३७ करोड नाफा कमाएको थियो ।
    सिद्धार्थ बैंकले चालु आर्थिक वर्षको चैतसम्म एक अर्ब ५९ करोड नाफा कमाएको छ । पोहोर उक्त अवधिमा सिद्धार्थ बैंकको नाफा एक अर्ब ३८ करोड थियो । सानिमा बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा एक अर्ब ५७ करोड रुपैयाँ नाफा कमाएको छ । गत वर्षको चैत मसान्तसम्ममा यसको नाफा एक अर्ब २० करोड रुपैयाँ थियो ।
    नेपाल बैंकले चालु आर्थिक वर्षको नौ महिनामा २ अर्ब २४ करोड नाफा गरेको छ । गत वर्षको सोही अवधिमा उक्त बैंकले २ अर्ब ५६ करोड नाफा गरेको थियो । माछापुच्छ«े बैंकले चालु आर्थिक वर्षको नौ महिनामा एक अर्ब २४ करोड नाफा गरेको छ । गत वर्षको चैत मसान्तमा माछापुच्छ«े बैंकले ८५ करोड मात्र नाफा गरेको थियो ।
    यसैगरी, सिटिजन्स बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्म एक अर्ब ६ करोड नाफा गरेको छ । गत वर्षको सोही अवधिमा यसले एक अर्ब नाफा गरेको थियो । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको नौ महिनामा १ अर्ब ८७ करोड नाफा गरेको छ । गत वर्षको सोही अवधिमा उक्त बैंकले १ अर्ब ४१ करोड नाफा गरेको थियो । सनराईज बैंकले चालु आर्थिक वर्षको चैतमसान्तसम्म १ अर्ब २२ करोड नाफा गर्न सफल भएको छ । गत वर्षको सोही अवधिमा उक्त बैंकले ९४ करोड नाफा गरेको थियो ।
    यसैगरी, कुमारी बैंकले चालु आवको नौ महिनामा १ अर्ब ३२ करोड नाफा गरेको छ । गत वर्षको सोही अवधिमा उक्त बैंकले ७३ करोड मात्र नाफा गरेको थियो । प्रभु बैंकले चालु आवको चैतसमान्तसम्म १ अर्ब ४५ करोड नाफा गरेको छ । गत आवको सोही अवधिमा ९१ करोड ७० लाख नाफा गरेको थियो ।
    एनएमबी बैंकले चालु आवको नौ महिनामा १ अर्ब ६५ करोड नाफा गरेको छ । गत आवको सोही अवधिमा उक्त बैंकले १ अर्ब ३७ करोड नाफा गरेको थियो । स्टयाण्डर्ड चार्टड बैंकले चालु आवको चैतमसान्तसम्म १ अर्ब ६७ करोड नाफा गरेको छ । गत वर्षको सोही अवधिमा १ अर्ब ५३ करोड नाफा गरेको थियो । नेपाल बंगलादेश बैंकले चालु आवको नौ महिनामा १ अर्ब १४ करोड नाफा गरेको छ । गत वर्षको सोही अवधिमा ७३ करोड मात्र नाफा गरेको थियो ।
    बैंक अफ काठमाण्डूले चालु आवको चैतमसान्तसम्म १ अर्ब २० करोड नाफा गरेको छ । गत वर्षको सोही अवधिमा १ अर्ब नाफा गरेको थियो । लक्ष्मी बैंकले चालु आवको नौ महिनामा १ अर्ब २ करोड नाफा गरेको छ । गत वर्षको सोही अवधिमा ८६ करोड मात्र नाफा गरेको थियो । नबिल बैंकले चालु आवको चैतमसान्तसम्म ३ अर्ब १९ करोड नाफा गरेको छ । गत वर्षको सोही अवधिमा ३ अर्ब ९ करोड नाफा गरेको थियो ।
    यसैगरी, मेगा बैंकले चालु आवको नौ महिनामा १ अर्ब २१ करोड नाफा गरेको छ । गत वर्षको सोही अवधिमा ५२ करोड नाफा गरेको थियो । तरलताको अभावका बावजुद पनि बैंकले उच्च नाफा कमाउन सफल भएका छन् । पछिल्लो तथ्यांक अनुसार, वाणिज्य बैंकहरुले २७ खर्ब दुई अर्ब निक्षेप संकलन गरेर २४ खर्ब ३९ अर्ब लगानी गरेका छन् । उक्त लगानीबाट आएको ब्याज आम्दानी, विदेशी मुद्रा सटहीलगायतबाट हुने आम्दानीका कारण बैंकको नाफा बढेको बैंकर बताउँछन् ।
    बैंकको नाफा
    बैंक चालु आवको नौमहिनाको नाफा गत आवको नौ महिनाको नाफा
    नेपाल एसवीआई बैंक १ अर्ब ६० करोड १ अर्ब ३७ करोड
    सिटिजन्स बैंक १ अर्ब ६ करोड १ अर्ब
    सिद्धार्थ बैंक १ अर्ब ५९ करोड १ अर्ब ३८ करोड
    एभरेष्ट बैंक २ अर्ब २१ करोड १ अर्ब ८७ करोड
    माछापुच्छे बैंक १ अर्ब २४ करोड ८५ करोड
    सानिमा बैंक १ अर्ब ५७ करोड १ अर्ब २० करोड
    नेपाल बैंक २ अर्ब २४ करोड २ अर्ब ५६ करोड
    ग्लोबल आईएमई बैंक १ अर्ब ८७ करोड १ अर्ब ४१ करोड
    सन्राई बैंक १ अर्ब २२ करोड ९४ करोड
    कुमारी बैंक १ अर्ब ३२ लाख ७३ करोड
    प्रभु बैंक १ अर्ब ४५ करोड ९१ करोड ७० लाख
    एनएमबी बैंक १ अर्ब ६५ करोड १ अर्ब ३७ करोड
    स्टयाडर्ड चार्टर्ड बैंक १ अर्ब ६७ करोड १ अर्ब ५३ करोड
    नेपाल बंगलादेश बैंक १ अर्ब १४ करोड ७३ करोड
    बैंक अफ काठमाण्डू १ अर्ब २० करोड १ अर्ब
    लक्ष्मी बैंक १ अर्ब २ करोड ८६ करोड
    नबिल बैंक ३ अर्ब १९ करोड ३ अर्ब ९ करोड
    मेगा बैंक १ अर्ब २१ करोड ५२ करोड