Sunday 29th November 2020
  • New title for a=>html, img=>alt
  • महराको दुर्गतीमा वर्षमानको उदय

    -

    November 14, 2019 | 389 Views


    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले पार्टी एकता टुङ्गोमा पु¥याएसँगै अब पार्टी भित्र सभामुख र मन्त्रिपरिषद् पुर्नगठनको विषयले प्रवेश पाएको छ । पोलिटब्यूरो गठन बाहेकका पार्टी एकताको काम सकिएका कारण नेता तथा कार्यकर्ताले रोजगारी पाएसँगै सत्ता समिकरणको तातो बहस शुरु भएको छ ।
    यौन प्रकरणमा मुछिएका कृष्णबहादुर महरा पुर्पक्षका लागि जेल चलान भएसँगै रिक्त सभामुख पदमा कसर्ला ल्याउने भन्ने विषय नेकपामा निकै पेचिलो बन्दै गएको छ । बालुवाटार स्रोतका अनुसार पार्टीमा एकछत्र राज गरिरहेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सभामुखमा आफू निकटष्थ पूर्व सभामुख सुवास नेम्वाङलाई ल्याउन चाहिरहेका छन् । तर, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई कार्यकारी अध्यक्ष वा प्रधानमन्त्री मध्ये एक पद दिनुपर्ने अडान राखेपछि ओली प्रधानमन्त्री सभामुख मध्ये एकपद प्रचण्डलाई छोड्नै पर्ने अवस्थामा पुगेका छन् । जसले गर्दा सुवास नेम्वाङलाई सभामुख बनाउने प्रधानमन्त्री ओलीको चाहनामा तुषारापात हुने अवस्था बढ्दै गएको छ । यो अवस्थामा प्रचण्डले अब जसलाई अघि सार्छन त्यही सभामुख हुने अवस्था छ ।
    स्रोतका अनुसार प्रचण्डको दाहिने हात मानिएका महरा राजनीतिमा दुर्गतीपूर्ण अवसान भएपछि अब नकपाको पूर्व माओवादी भित्र उर्जामन्त्री वर्षमान पुनको उदय भएको ब्याख्या हुन थालेको छ । यो अवस्थामा मन्त्रिपरिषद् पुर्नगठनमा आफू सरकारबाट बाहिरिएर पत्नी ओनसरी घर्तिलाई पुन सभामुख बनाउने चक्करमा लागेको समाचार स्रोत बताउँछ । तर, यसमा प्रचण्ड सकारात्मक भइसकेको अवस्था छैन । महराको दुर्गतीका पछाडि वर्षमानको पनि हात रहेको ब्याख्या नेकपा भित्र पूर्व माओवादी पक्षमा भइरहेकाले प्रचण्डले वर्षमानलाई हुन्छ भनि नसकेको स्रोतको दावी छ । त्यसैले प्रचण्डले अग्नी सापकोटालाई सभामुखमा अघि बढाउन सक्ने आँकलन धेरैले गरेका छन् । तर, पार्टीको पूर्व माओवादी र माधव नेपाल पक्षका केही नेताले प्रधानमन्त्रीबाट सभामुखमा नेम्वाङको नाम अघि सारिएको अवस्थामा त्यसलाई काउन्टर गर्न एक नम्बरमा देव गुरुङ, दुई नम्बरमा सम्फा भुसाल, तीन नम्बरमा अग्नी सापकोटा र चार नम्बरमा लेखराज भट्टलाई अघि सार्नु पर्ने मत पनि बढ्दै भएको छ ।
    लामो समय प्रतिपक्षी भूमिकामा रहेका र अहिले पार्टीमा एकछत्र राज गरिरहेका प्रधानमन्त्री ओलीले नेम्वाङको नाम पास हुन नसके पूर्व माओवादीबाट ओनसरी घर्तीलाई समर्थन गर्ने योजना बनाएको बालुवाटार स्रोत बताउँछ । यस अघि सभामुख हुँदा खासै विवादमा नआएकी घर्तीलाई पुन दोहो¥याउन खोज्दा स्वयं प्रचण्ड समेत हुन्छ भन्न बाध्य हुने बुझाइ ओली पक्षको रहेको छ । यसका लागि घुमाउरो ढंगले वातावरण बनाउने कामसमेत भइरहेको छ ।
    केही कमिकमजोरीका बावजुत महराको यो दुर्गतीका पछाडि पुन दम्पतीको समेत हात रहेको चर्चा पूर्व माओवादी भित्र अहिले पनि भइरहेको छ । किनभने ओनसरी सभामुख रहेका बेला महरासँग जोडिएकी महिलाले आफ्नो र महराबीचको सम्बन्ध सबै खोलेकी थिइन । र महरा प्रकरण पछि त्यो रेकर्ड घर्तीले निकटष्थ पत्रकार मार्फत सार्वजनिक गरिन । जसले महरालाई जेलको वासमा पु¥यायो । यो घटनापछि नेकपाभित्रका पूर्व माओवादी पक्षधर पुन दम्पतीसँग निकै आगो भएका थिए । जसले गर्दा उनीहरु निकै अफ्ट्यारोमा पर्ने भएपछि चियापान कार्यक्रममा बाँके पुगेका अध्यक्ष प्रचण्ड दाङ गएर महराले नैतिक गल्ती गरेर फस्न पुगेको भनिदिए । यसले पुन दम्पतीलाई निकै त्राण पुगेको बताइएको छ ।
    पछिल्लो समय भक्तपुरमा आफू अर्थमन्त्री हुँदाका स्वकीय सचिव डिपी ढकाललाई टिकट दिलाएपछि पुन दम्पती प्रधानमन्त्री ओलीसँग नजिक पुगेको ब्याख्या नेकपामा भइरहेको छ । यसलाई रोक्न पनि प्रचण्ड आफू ओनसरीलाई सभामुखमा प्रस्ताव गर्न बाध्य हुने स्रोतको दावी छ । महरा नभएको अवस्थामा वर्षमान पनि साथमा नरहदा आफूलाई निकै ठूलो घाटा हुने प्रचण्डले बुझेका छन् ।
    बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओली मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसी नामक अमेरिकी प्रस्ताव संसदबाट पास होस् भन्ने चाहान्छन् । भावी सभामुख त्यसलाई सहयोग गर्ने हुनुपर्छ भन्ने मान्यतामा हुनुहुन्छ । नेम्वाङ सभामुख नभएको अवस्थामा ओनसरीबाट उक्त काम हुने बुझाइ प्रधानमन्त्री ओली छ । किनभने उर्जामन्त्री पुन पछिल्ला दिनमा एमसीसीकै पक्षमा आफूलाई उभ्याइसकेका छन् । त्यही भएर प्रधानमन्त्री ओली सिंगापुरमा उपचारार्थ रहेको बेला उर्जामन्त्री पुनले सिंगापुरमै गएर भेटेका थिए । महरालाई उनको कमजोरीमा टेकेर फसाउने योजना त्यतै बनाइएको थियो भन्ने नेताहरु पूर्व माओवादी भित्र प्रसस्तै छन् । घटनाक्रमले पनि यसलाई साथ दिएको छ । एमसीसी प्रतिवेदन संसदमा पेश नगरेका कारण प्रधानमन्त्री ओलीसँग महराको मनमोटाव बढीरहेको बेला भदौ अन्तिम साता प्रधानमन्त्री र महराबीच वार्ता भएको थियो । त्यो वार्तापछि महरा असोज ३ गते ताजकिस्थान गएर ११ गते फर्किए अनि १२ गते यौन प्रकरणमा मुछिए ।