Sunday 26th January 2020
  • New title for a=>html, img=>alt
  • मातृस्नेह

    -

    November 8, 2019 | 58 Views


    रामकुमार श्रेष्ठ “फुच्चे”/

    हरेक बिहानीको झुल्के घामसँगै
    बिभाजित आस्थाहरुलाई
    सन्धी बिहीन सम्झौतामा राखी व्यूँताउछिन
    छोराछोरीको सपना
    पर्खिरहन्छिन परदेशीएका छोराहरु
    धिपधिपे टुकीसँगै हररात
    सन्ध्या व्यूँताउने बुहारीको प्रत्तिक्षामा
    मनभरि असिमित आकाङ्क्षा बोकेर
    आगनीको डिलमा बसी
    उहीँ कोखाई कोखाईको ममताले गम्म छोप्दै
    बिर्सिएर सारा दुख पीडालाई
    आशा जाग्छ अलिकति
    फर्किन्छन कि चाडपर्वमा घर सम्झेर भनि
    पर्खदा पर्खदै थाक्दा
    आाशा गर्दागर्दै निराशा छाउदा
    शान्त रहन नसक्ने आमाको चञ्चल मन
    आफू भोको बसेर
    पेटभरि पिलाउने
    सुनौला प्रकृतिसँग रम्न सिकाउने
    आमा सम्झिन्छिन
    माया ममताले भरिएको
    आमाको न्यानो काख आज रित्तो रित्तो छ
    माया ममताको कुनै सीमा छैन
    निश्चल आमाको मन
    सदा हास्न सिकाउने
    सदा बाँच्न सिकाउने आमा
    सानो झुपडीमा आज फेरि तिनै आमा
    आँखाहरुमा आँशु निम्त्याउदै
    बाध्यतामा उभिएकि छिन तिनै आमा
    (कविता, गीत र गजल लेखनमा रमाउने श्रेष्ठ विदेशी भूमिमा रहेर पनि नेपाली साहित्यलाई प्रगाढ माया गर्ने स्रष्टा हुन । उनका फुटकर रचनाहरु विभिन्न पत्रपत्रिकाहरुमा प्रकाशित रहेका छन् ।