Friday 19th July 2019
  • New title for a=>html, img=>alt
  • मुम्बईले जित्यो आईपीएल

    -

    May 13, 2019 | 71 Views


    काठमाडौ, ३० वैशाख । आइतबार राति हैदरावादस्थि राजिव गान्धी अन्तर्राष्टिय रंगशालामा आयोजित सम्पन्न फाइनलमा चेन्नई सुपर किंग्सलाई १ रनले हराउँदै आईपीएल क्रिकेटको १२ औं संस्करणको उपाधि मुम्बई इन्डियन्सले जितेको छ ।

    १ सय ५० रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४८ रन मात्र बानाउन सफल भयो । अन्तिम बलमा २ रन चाहिएको अवस्थामा लासिथ मालिङ्गाले सार्दुल ठाकुरलाई एलबीडब्लु आउट गरेपछि मुम्बई एक रनले विजयी भएको हो ।

    चेन्नईका प्रारम्भिक ओपनर सेन वाटशनले ५९ बलमा ८ चौका र ४ छक्का प्रहार गर्दै ८० रनमा रन बनाए त्यो जितका लागि पर्याप्त हुन सकेन ।

    यसअघि मुम्बई सन् २०१३, २०१५ र २०१७ मा पनि च्याम्पिनय बनेको थियो ।

    एजेन्सीको सहयोगमा