Monday 16th September 2019
  • New title for a=>html, img=>alt
  • मोदी जितको नेपाल ‘बाछिटा ’

    -

    May 30, 2019 | 516 Views


    अर्जुन ज्ञवाली /
    सन् २०१९ को लोक सभा निर्वाचनमाा प्रचण्ड बहुमतले नरेन्द्र मोदी र भाजपा विजय भएको छ । यो विजय र साँस्कृतिक जनलहर इतिहासमा गोरखनाथको प्रभावशाली समय बाह्रौ, तेह्रो शताब्दी र शंकराचार्यपछिको मोदी लहर हो भन्दा अतियुक्ति हुने छैन । अब यसको राजनैतिक प्रभाव नेपालमा के कस्तो पर्दछ, त्यसको जोड घटाउ शुरु भइसकेको छ ।
    यस भन्दा अगाडि पाँच वर्षे मोदी कार्यकालको नेपाल नीतिलाई समिक्षा गर्ने हो भने मोदीको पुनरागमन र नेपाल नीतिको निश्कर्षमा पुग्न सकिन्छ । धेरै जनमानसको मानसपटलमा मोदीको उदयले नेपालमा हिन्दुत्वलाई पुर्नजागरण गर्ने आशा राखेको देखिन्छ । तर, त्यो सत्य होइन हुनपनि सक्दैन । विगतमा नेपाल नीतिमा मोदी पूर्ण रुपमा असफल भइसकेका छन् । किनकी उनी र भारतीय जनता पार्टी भाजपाको नेपाललाई हेर्ने नीति नेहरुकालिन नीति भन्दा भिन्न छैन । यसकारण चीन रोक्न विगतमा मोदीले अमेरिकी ढोकाबाट नेपाल प्रवेश गरे । जसको कारण क्रिश्चियनहरुको पूर्ण लगानीमा तराईमा उदय गराइएका तथाकथित मधेसवादी दलको आवरण देखाएर नाकाबन्दी गर्न लगाए । जसरी २०४५ सालमा राजिव गान्धीले लगाएका थिए ।
    विमस्टेकको ढोकाबाट सैन्य सुरक्षा अभ्यासको आवरणमा चीन विरोधी केन्द्र निमार्ण गर्न खोजे । जसको प्रतिवाद प्रधानमन्त्री केपी शर्मा ओलीले गरे । यी घट्नाक्रमबाट रुष्ट बनेका मोदी भाजपा मुखले जे बोले पनि प्रधानमन्त्री ओली प्रति सकारात्मक छैनन् नै । यस कारण मोदी नेपालमा हिन्दु आवरणमा खेलेर चीन विरोधी केन्द्र बनाउन चाहन्छन ।
    जसरी विगतमा भाजपा र अटलविहारी बाजपेयीले ‘रअ’सँग समन्वय गरेर माओवादीको संरक्षण गरेका थिए । प्रचण्ड÷बाबुरामले त बाजपेयीलाई पत्र नै बुझाएका थिए । एकातर्फ राजालाई हिन्दु सम्राट भन्ने अर्को तर्फ २०५८ जेठ १९ मार दरवार काण्ड बाजपेयी र भापजाको नेतृत्वको सरकारको समयमा भएको थियो । नेपाली सेना भारतीय सेना ‘रअ’ सिआइए र भाजपा नै दरवार हत्याकाण्डमा संलग्न थिए भन्न सकिन्छ । तर, प्रपोगण्डा कांग्रेस आई लक्षित थियो । तत्कालिन समय काठमाडौं हेर्ने ‘रअ’ प्रमुख पि.के हर्मिज थाराकन शाही नेपाली सेनाका जनरल दिलिपशम्सेर राणाको विशालनगरस्थित घरमा बस्दथे । यसरी ‘रअ’ सेना भित्रैबाट क्रियाशील थियो । नेपाली सेनाको मार्नाथ सेनापति भारतको मार्नाथ सेनापति र भारतको सेनापति नेपालको मार्नाथ सेनापति हुनाले दरवार हत्याकाण्डमा दुबै सेनाको संलग्नता र भाजपाको सरकारको सहमति थियो । त्यो चीन रोक्नका लागि गरिएको थियो ।
    यही पृष्ठभूमि बाट नै मोदीको उदयलाई हेर्नु पर्दछ । नरेन्द्र मोदी तिनै वाजपेयीका उत्तराधिकारी हुन र विगत ५ वर्षको उनको आफ्नो कार्यकालमा बाजपेयीकै नीतिलाई कार्यान्वयन गर्न खोजे । सिआइए र अमेरिकी ढोकाको सहारा लिएर । चीनको नेपालमा सशक्त उपस्थितिका कारण असफल बने । यतिबेला मोदी त्यही आफ्नो पुरानो नीति कार्यान्वयन गर्न चाहन्छन् । बाबुराम उपेन्द्र मिलनमा होस् या नेत्रविक्रम चन्दको आवरणमा एकीकृत जनक्रान्ती इण्डो सिआइए प्लस नेपाली र भारतीय सेनासँग कहि न कहि जोडिएको छ ।
    जसरी विगतमा प्रचण्ड बाबुरामहरु जोडिएका थिए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय यी सबै शक्ति ओली विरुद्ध केन्द्रित हुनेछन् । यो प्रयत्न हाल भइरहेको छ । गुप्तचर संजालहरुमार्फत यस्तो प्रपोगण्डा गर्न थालिसकिएको छ । भर्खरै राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण र उनको बीआरआईमा गरेको सम्बोधन र हस्ताक्षर पनि भारतलाई पाच्य छैन । यो अवस्थामा नरेन्द्र मोदीले नेपाललाई र नेपाल नीति ईण्डो अमेरिकी नीति बाहिर बाट हेर्ने सम्भावना कम देखिन्छ । विगत ५ वर्षको उनको गतिविधिलाई हेर्दा । तथापी, उनले चीनसँगको सहमतिमा नेपाल नीति बदल्न सक्छन् ? त्यो असंभव छैन । तर, पूर्ण रुपमा परास्त नभए सम्म मोदी तयार हुने छैनन् । राजा वीरेन्द्रको वंश नास गरेको भाजपा नेपाली सेना र भारतीय सेना सहजरुपमा चीनसंग सम्झौता गर्ने छैनन् ।
    यसको संकेत विप्लव र बाबुराम मोडेलबाट पाउन सकिन्छ । यस कारण ओली र प्रचण्डको बृहत र दरिलो एकता अनिवार्य छ । अन्यथा दुबै सुरक्षित रहने छैनन । ईण्डो अमेरिकी रणनीति अन्र्तगत नेकपालाई विभाजन गराउने प्रउत्न हुनेछ । र, यसका लागि उनीहरु प्रचण्डलाई नै प्रयोग गर्न चाहन्छन । त्यसपछि माधवकुमार नेपाललाई । यसकारण नरेन्द्र मोदीको उदय नेपालका लागि ‘कागलाई वेल पाक्यो हर्ष न बिस्मत’ भने जस्तै हो ।
    भाजपाले नेपालमा धर्म निरपेक्षताको चाहन्छ । २०६३ जेठ ४ गते पुर्नस्थापित संसदले धर्म निरपेक्षताको घोषणा गर्दा भाजपाले कहिले पनि असहमति राखेको छैन । न त २०७२ को संविधान जारी हुँदा नै । तथाकथित क्रिश्चियन मेशीनरीले चलाएको मधेसको माग भनेको छ । भापजा नेपालमा धर्म निरपेक्षता कायम राखेर आरएसएस र बिजेपी जस्तै चीन र कम्युनिष्ट विरोधी पार्टी निर्माण गर्न चाहन्छ नेपालमा । त्यसैका लागि राजा वीरेन्द्र हत्या गरिएको थियो । यस कारण वर्तमान सरकारले धर्म निरपेक्षताको खारेज गर्न जरुरी छ राष्ट्रिय हितका दृष्टिकोणले ।
    प्रधानमन्त्री ओली विरुद्ध मोदीले कदम चाल्नेछन् । त्यसको प्रतिवादका लागि कमजोर प्रचण्ड प्रयोग गर्ने रणनीति देखिन्छ । यो कुरा ओली र दाहाल दुवैले बुझ्न जरुरी छ । ओली कमजोर हुँदा प्रचण्ड सुरक्षित हुने छैनन् । मोदीले आफ्नो सम्बोधन भाषणमा चीन र पाकिस्तानको नामै लिएनन् । र दक्षिण एसियाका अरुराष्ट्र आफ्नो पेरिफेरिमा भएको सन्देश दिएका छन् । यसबाट प्रष्ट बुझ्न सकिन्छ मोदी नेपाल विषयमा चीनसँग सम्झौता गर्न पूर्ण रुपमा परास्त नभएसम्म तयार छैनन् ।