Monday 17th June 2019
  • New title for a=>html, img=>alt
  • युगकवि सिद्धिचरण पुरस्कार २०७६ को घोषणा

    -

    May 2, 2019 | 93 Views


    काठमाडौँ, १९ वैशाख । आख्यानकार डा. ध्रुवचन्द्र गौतमलाई यस वर्षको “युगकवि सिद्धिचरण पुरस्कार –२०७६” र पत्रकार होमनाथ दाहालाई “युगकवि सिद्धिचरण पत्रकारिता पुरस्कार –२०७६” प्रदान गरिने भएको छ । २०७६ वैशाख १७ गते बसेको प्रतिष्ठानको बैठकले सो निर्णय गरेको प्रतिष्ठानद्वारा जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

    आधाशताब्दीभन्दा अघिदेखि नेपाली साहित्य क्षेत्र विशेषगरी आख्यान विधामा गौतमले महत्त्वपूर्ण दिएका छन् । एक लाख राशिको उक्त पुरस्कार प्राप्तगर्ने डा. गौतमका दुई दर्जन अधिक उपन्याससहित ५० भन्दा बढी कृतिहरू प्रकाशित छन् ।

    त्यसैगरी, पत्रकार दाहालले आधाशताब्दी अघिदेखि पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पूर्रयाउँदै आउनुभएको छ । उक्त पुरस्कारको राशि एकाउन्नहजार रुपैयाँ रहेको छ ।

    पुरस्कार युगकवि सिद्धिचरण श्रेष्ठको १०८ औँजन्मजयन्तीको अवसरमायही जेठ ९ गते प्रदानगरिने प्रतिष्ठानका संरक्षक श्री रविचरण श्रेष्ठले बताउनुभएको छ ।