Monday 17th June 2019
  • New title for a=>html, img=>alt
  • राजनीति र समाजसेवामा सकृय सरस्वती

    -

    May 20, 2019 | 84 Views


    युगकवि सिद्धिचरण श्रेष्ठले कवितामा समेत प्रतिविम्बित गरेको त्यसवेलाको पूर्व ३ नम्बर ओखलढुंगा बजारमा झण्डै छ दशक अघि जन्मिएकी पूर्व सांसद तथा खोटाङकी महासमिति सदस्य एवम् नेपाली काँग्रेसकी नेतृ हुन सरस्वती वजिमय । अहिले राजनीति र समाजसेवामार्फत मुलुकको मुहार फेर्न सक्रिय हुनुहुन्छ । पञ्चायतकालिन उच्चपदस्थ कर्मचारी घरानामा जन्म लिनुभएकी वजिमय कालान्तरमा तानाशाही व्यवस्थाको वर्खिलापमा बहुदलवादी बन्न पुग्नु भयो । त्यही बिद्रोही चरित्र नै सरस्वतीलाई राजनीति र समाजसेवाको मूलधारमा जोड्ने कडी बन्न पुग्यो ।
    बुवा मोतिलाल राजभण्डारी सरकारी जागिरे मात्र होईन, त्यो वेलाको शक्तिशाली अञ्चल प्रमुख नै हुनुहुन्थ्यो । बुबाकै पदचापलाई पछ्याएको भए सायद वजिमय अहिले कुशल प्रशासक अथवा चर्चित व्यापारी पनि बन्न सक्नु हुन्थ्यो । तर, उच्चघराना परिवारमा जन्मनुको फाइदा वजिमयलाई यसरी भयो कि छोरी पढाउनु हुन्न भन्ने मान्यता बोकेको समाजमा उहाँले अघाउदी पढ्न पाउनु भयो । जति पढ्दै जानुभयो अध्ययनको वातावरणले राजनैतिक चेतनास्तर विकास हुँदै गयो र अहिले उहाँलाई नेतृ सरस्वती वजिमयका नाममा समाजमा स्थापित ग¥यो । त्यसो त दरवारसँग सोझै साइनो भएका पिताजीमा पनि राजनीतिक चेतना थियो । त्यो चेतना पनि विस्तारै बजिमयमा सर्दै गयो ।
    ओखलढुंगामा नै रहेको प्राइमरी विधालय हाल सरस्वती माध्यामिक विधालयबाट आप्mनो शिक्षाको सुरुवात गर्नु भएकी वजिमयले प्रवेश परीक्षाचाहीँ सहिदहरुको केन्द्र मानिने बरुणेश्वर मावि रामपुरबाट उत्र्रिण गर्नु भयो । छोरी पढ्ने त्यसमाथि घर छोडेर त्यो वेला त्यति सहज थिएन । ओखलढुंगामा कलेज खुलेकै थिएनन् । त्यसैले प्रविणता प्रमाण पत्र तहको अध्ययन उहाँले प्राईभेट विद्यार्थीको रुपमा र स्नातक भने त्रिचन्द्र कलेज बाट भएको हो । यो समय निर्दल र बहुदलको चुनावहुनु भन्दा एक वर्ष अघि थियो । त्यो समय २०३५ सालको होे । जुनबेला कजेल तहको पढाइमा सेमेष्टर प्रणाली लागू हुन्थ्यो । त्यो बेलाको समयमा छोरी मानिसहरुले विरलै मात्रामा कलेज पढ्ने गर्थे । कलेज तहको अध्ययनका क्रममा उहाँ भित्रको राजनैतिक चेतनाले झन मौलाउने र फैलाउने अवसर पायो ।

    राजनीतिक सुरुवात
    बाल्यकालदेखि नै सामाजिक सेवाका क्षेत्रमा काम गर्ने रुची थियो । त्यो राजनीति वा समाजसेवा हुन सक्थ्यो । उहाँ संझनु हुन्छ बुबाबाट पनि धेरै पेरणा मिल्यो । जसको कारण आज म यहाँ सम्म आइपुगेको छु । जब ०३६ सालमा नेपाल बाल संगठनमा त्यसको जिल्ला सदस्य भएर काम गर्न थाले संस्थागत रुपमा राजनीतिक थालनिको सुरुवात यहीबाट भएको थियो । ०३९ सालमा तत्कालिन महिला संगठनको जिल्ला सचिवको रुपमा काम गर्नु भयो । त्यसपछि रेडक्रस सोसाइटीको तदर्थ समितिको सदस्य बन्नु भयो । ०४७ सालको रेडक्रसको निर्वाचन भाग लिएर मन्त्री पदमा निर्वाचित हुनु भयो । यो पद सचिवस्तरको थियो । यसरी सामाजिक क्षेत्रबाट काम गर्दा गर्दै ०४६ सालबाट नेपाली काँग्रेसको कृयाशील सदस्य भएर पूर्ण रुपमा पार्टीको काम गर्न थाल्नु भयो ।
    नेवार समुदायको मुख्य पेशा भनेको व्यापार थियो । व्यापारले नाफाको उद्देश्य राख्नु स्वभाविकै हो । दिक्तेलमा ठूलो र राम्रो ब्यापार थियो । तर, उहाँको मन त्यसमा रमाउन सकेन । उहाँको लक्ष्य त मात्र समाजसेवा वा राजनीति थियो । व्यापार गरेर कमाउने थिएन । यही अनुरुप उहाँका पाइलाहरु अगाडि बढे । पहिलो संविधान सभामा नेपाली काँग्रेस पार्टीको समानुपातिक तर्फबाट सांसद बन्नु भयो । भने दोस्रो संविधान सभामा प्रत्यक्ष उमेद्वार हुनु भयो । समय सधै सजिलो र आफू अनुकुल कहाँ हुन्छ र त्यतिवेला उहाँले पराजय भोग्नु प¥यो । चुनावमा पराजय भोगेपनि उहाँमा भएको जनभावना अनुरुप नियमित रुपमा पार्टीको काम गरिरहनु भएको छ । उहाँको श्रीमान परशुराम वजिमयपनि समाजसेवामा रमाउने व्यक्ति हुनुहुन्छ । विभिन्न सामाजिक तथा शैक्षिक संघ संस्थामा उहाँको श्रीमान पनि सक्रिय रहनु भएको छ ।
    महिलालाई घर परिवार लगायतका जिम्मेवारीहरु हुन्छन । ती कामहरु सँगसगै उहाँ सामाजिक र राजनीतिक काममा सधै अग्रसर हुनुहुन्छ । सबै कामकालागि समय मिलाउनु हुन्छ । श्रीमानले पनि उहाँको कामलाई सहजताका साथ लिनु हुन्छ । त्यसका लागि आवश्यक समय र सहयोग गर्नु हुन्छ । उहाँको शालिनता र भावनात्मक व्यवहारबाट सबै अभिप्रेरित भएका छन् । यो एउटा अग्रजले अर्को पुस्तालाई दिने उर्जा पनि हो । हामी यही उर्जालाई पछ्याउदै आदि देखि अनन्त सम्मको यात्रामा यात्री हुनु मानवीय स्वभाव पनि हो ।
    छलकपट र लोभबाट आफूलाई सधैँ पर राखेर काम गर्ने उहाँको भावनाको अर्को महत्वपूर्ण पाटो हो । यस्ता सयौं व्यक्तिहरुको आवश्यकता हाम्रो समाजलाई रहेको छ । अहिले हामी यति लोभी भइसकेका छौ कि कुनै काम गर्नु प¥यो भने त्यसको लाभांस आफूलाई कति आउँछ । हामी त्यसको लेखा जोखा नगरि काम नगर्ने भइसकेका छौ । उहाँमा भने त्यस्तो पाइदैन । निस्वार्थ भावले सेवा र सहयोग गर्ने गरेको पाईन्छ । यो एउटा सामाजिक र राजनीतिक व्यक्तिमा हुनुपर्ने गुण पनि हो ।
    महिलाहरुलाई हेर्ने समाजको आँखा आजपनि त्यही पुरातनवादी नै रहेको छ । केटा मान्छे जहाँ गएपनि जे गरे पनि त्यसको समाजले त्यति चासो दिएको पाईदैन । तर, महिलालाई भने नराम्रो नजरले हेर्ने । यिनीहरुले के गर्न सक्छन र भन्ने हेपाहा प्रवृति आज पनि उस्तै रहेको छ । मात्र समय र व्यवस्था फेरियो । हामी जहाँको त्यहि छौ । हामी समाज परिवर्तनको जति नै कुरा गरेपनि रुपान्तरणमा जान सकिरहेको छैन । यही उहाँको ठम्याइरहेको छ ।
    पहिलो महिला सभामुख हुँदा समेत नाक खुम्च्याउनेहरु धेरै थिए । तर उहाँले सक्षमताका साथ काम गरेर देखाउनु भएको छ । त्यसको अर्थ के हो भने हामी अवसर भने दिन चाहदैनौ र प्रतिफलको मात्र आंकलन गर्छौ । उहाँ भन्नु हुन्छ काम गर्ने अवसर दिएपछि काम भएन भने किन भएन भनेर प्रश्न गरौं तर काम गर्न सक्दैनन् भन्दै जिम्मेवारीबाट विमुख पार्नु कदापी राम्रो होईन ।
    महिलालाई आरक्षण दिनु पर्छ तर त्यो केही समयमका लागि मात्र दिनु पर्छ । यदि दीर्घकालिन रुपमा उनीहरुलाई सक्षम बनाउने हो भने त आरक्षण होइन क्षमता विकास र अवसरको वातावरण तय गरिनु पर्दछ । यसका लागि अरुले गरेर हुँदैन महिला आफैले एकजुट भएर काम गर्नु पर्ने उहाँको बुझाइरहेको छ ।
    महिलाहरुलाई सांसदका विभिन्न समितिमा समेत प्रमुख जिम्मेवारी दिइएको पाईदैन । महिलाहरु भष्ट्राचारको मुद्दामा विरोध गर्ने भएका कारण पनि उनीहरुलाई थाहा पाउछन भन्ने हेतुले जिम्मेवारी नदिइएको उहाँको भनाइ छ । अझैपनि महिलालाई कुनै न कुनै वहानामा बोल्नमा अंकुश लगाएको पाईन्छ ।
    यही देशमा केही गर्नु पर्छ भन्ने उहाँको भावना रहेको पाईन्छ । यसो हुनाले अमेरिका र अष्ट्रेलियामा रहेका आफ्ना दुई छोराहरुलाई त्यहाँको नागरिकता नलिनका लागि सधै उत्पे्ररणा दिनु हुन्छ । छोराहरुलाई यही देशको काममा लगाउने उहाँको चाहना रहेको छ । हेराँै त्यसले कतिको सार्थकता पाउने हो । त्यो भने भोलिका दिनले देखाउने नै छ । उहाँको विश्वासलाई कमजोर कहिल्यै आंकलन गर्न मिल्दैन । जुन कार्य धेरै मानिसले गर्न सक्दैनन् । किनभने दिनानु दिन हामीमा विदेश मोह बढिरहेको छ ।
    विकासको लागि आवश्यक पर्ने मुख्य आधार भनेको बाटो र यातायात नै हो । बाटो भयो भने अन्य निर्माणका सामग्रीहरु लान सकिन्छ । जसले विकासको अवधारणलाई अघि बढाउन मद्त गर्दछ । त्यसपछि विद्युतमा जोड दिनु पर्दछ । विद्युतका कारण सुचनामा पहुँच पुग्छ । जसले जनताको सचेतनालाई बृद्धि गर्छ । पयर्टन अर्को विकासको मुख्य आधार हो । दुधकोसी हाइडोपावर पनि बन्दै छ । बाटोहरु खुलिसकेका छन् । दुधकोसीको पुल बने पछि विकासले फड्को मारेको छ । अब सुनकोसीको पुल बनेपछि यसले अझै मूत रुप लिने छ ।
    पयर्टनका रुपमा त्रिधार्मिक रुपमा परिचित रहेको हलेसी, किरातहरुको आदिम संस्कृति रहेको तुवाचुङ जायजुङ, रातो माछा पाइने बाराहापोखरी, टेम्के, सेल्मे, रुपाकोट, मैँयू, जहाँ पैँत्तिस थरी भन्दा ज्यादा चिमाल र रेड पाण्डा समेत पाईन्छ । यस्ता स्थानहरुको विकास गर्न सकियो भने खोटाङको विकासले छिटो भन्दा छिटो गति लिने छ । यो विकासका सबै सहभागी हुनु पर्ने उहाँको धारणा रहेको छ । यस्ता क्षेत्रहरुको पहिचान र विशेषताका बारेमा स्पष्ट धारणा बनाउनु पर्ने देखिन्छ । मेरो ईच्छा जिल्लालाई समृद्ध बनाउने नै छ । म पदमा रहदा पनि कुनै प्रकारको भष्ट्राचार गर्दिन । मेरो लक्ष्य भनेको नेपालमा कृषि उत्पादनमा जोड दिने हो । यसो भयो भने धेरै युवाहरुले विदेशमा श्रमका लागि जानुपर्ने बाध्यतामा कमि आउछ ।
    खानेपानी, सिंचाइमा ध्यान पु¥याउन सकेको खण्डमा धेरै कुराका सहजता उपन्न हुन्छ । कतिपय स्थानमा खानेपानीका कारण नै धेरै मानिस बसाइँ सराइ गरिरहेका छन् । त्यसको लागि हामीले स्रोतको पहिचान र परिचालन गर्नु जरुरी रहेको छ । यसो गरियो भने बसाइँ सराइको क्रम रोकिन्छ ।
    देशलाई समृद्ध बनाउनका लागि देशको आर्थिक पक्षलाई बलियो पार्नु पार्दछ । त्यसका लागि हामीले हामीसँग भएका वस्तुलाई नै प्रयोग गर्ने हो । कृषि, पयर्टन र हाइड्रो जस्ता क्षेत्रलाई प्राथमिकताका साथ राख्नु पर्दछ । यति गरेको खण्डमा विस्तारै विकासले फड्को मार्दै जानेछ । र हामीले लिएको समृद्धिको लक्ष्यमा पुग्न सकिने छ ।
    देशमा दुई तिहाइको सरकार छ । तरपनि त्यसले सोचे जति काम गर्न सकेको छैन । शान्ती सुरक्षाको अवस्था कमजोर देखिएको छ । सरकारले अलि बढी नै दम्भ प्रस्तुत गरिरहेको देखिएको छ । नेपाली काँग्रेसले अहिले प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको छ । र हामीले सुझावका माध्यमबाट यी कुराको सुधारको लागि आवाज उठाइरहेको छ । हामी लोकतान्त्रिक पार्टी भएको हुनाले आन्दोलनको माध्यमबाट जान मिल्दैन । भन्नु हुन्छ यो नै राजनैतिक अभ्यासको उत्तम अभ्यास हो ।
    अहिले सरकारले ल्याएको नागरिकता ऐनले देशलाई भोलि टुक्रिन समेत सक्ने वातावरण आउन सक्छ भनेर सरकारलाई सचेत गराएका छौ । त्यसैगरी प्रेस स्वतन्त्रताको पक्षमा पनि हामीले सुझाव पेस गरेका छौ । राम्रो कुरालाई जसले गरेपनि राम्रो मान्नु पर्छ तर, समाज र देशलाई आँच आउने कुरा कसैलाई मान्य हुने छैन उहाँको बुझाइ छ ।
    जनता सबैका साझा हुन्छन र जनता सबै भन्दा माथि हुन्छन । यसो हुनाले विकासले जनताको आवश्यकतालाई परिपूर्ति गर्ने उद्देश्यमा काम गर्नु पर्दछ । हामी चुनावमा कुनै पार्टीबाट प्रतिनिधित्व गर्छौ र चुनाव जित्छौ । हामी चुनावमा जाँदा हामी पार्टीका हुन्छौ र जितेपछि जनताको साझा प्रतिनिधि हुन्छौ । हामीले त्यही अनुरुप काम गर्नु पर्दछ । तर केही ठाउँमा भने त्यसो गरेको पाइएन । एक पक्षले जितेको ठाउँमा अर्को पक्षलाई दवावमा राखेको पनि देखिएको छ । त्यो कदापी राम्रो पक्ष होईन । यसले विश्वास र सामाजिक आधार दुबै गुमाउँछ । हामीले जहिले पनि सामाजिक सद्भाव र भातृत्वलाई कायम राख्नु पर्छ । करिव डेढ महिना अघि गृहजिल्ला खोटाङका जनताको पिरमर्का बुझ्दै भेटघाट र छलफल गरेर आउदा मैले यो कुराको अनुभव गरेकी छु ।
    अहिले नेपाली काँग्रसले राष्ट्रिय जागर अभियान सञ्चालन गरिरहेको छ । यसको मुख्य उद्देश्य भनेको सरकारमा मौलाएको भ्रष्टाचार र अन्य विकृतिका बारेमा जनतालाई जानकारी गराउदै सचेत बनाउने लक्ष्य रहेको बताउनु भएको छ । यसमा महासमिति बैठकका नीति तथा कार्यक्रमको जानकारी । पार्टीलाई एकताको प्रकृयामा भावनात्मक रुपमा समन्वय गरी हार्दिकता बढाउने । नेपाली काँग्रेसले गरेका उपलब्धीको ब्याख्या । महिला सम्मान तथा सुरक्षा अभिबृद्धि । तीनै तहका सरकारलाई नागरिक हितको बारेमा जनचेतना । प्राकृतिक विपत्तिमा सघाउनका लागि ‘स्वयमसेवी समूह’ निर्माण । सदस्यता वितरण र विस्तार र व्यापक पशिक्षण गर्ने यस जागरणको उद्देश्य रहेका छन् । यो अभियान पश्चात जनतामा भेरै सचेतना अभिबृद्धि हुने उहाँको विश्वास रहेको छ ।