Tuesday 22nd October 2019
  • New title for a=>html, img=>alt
  • राष्ट्रिय धान दिवश

    -

    July 9, 2019 | 109 Views


    जोत्यो मात्र हलो कसेर पटुकी तातो धुलोमा बसी
    गर्छन् साल भरी किशान वबुरा खेती हिलोमा पसी
    हेर्ने मानव नै भएन कृषिको बाँझो धरामा बसी
    यौटा नेत्र यता लगाउ गण हो तातो हिलोमा पसी ।।१।।

    आयौ आज भने लिएर मिडिया गर्छौ ठुला भाषण
    पानी छैन कतै कुलो सुकि सक्यो कस्तो छ यो शासन
    कामै छैन भनी गए पर युवा अर्को धरामा वसी
    भन्छन् नेत्र यता लगाउ सबले तातो हिलोमा पसी ।।२।।

    बेसीको त गरा सबै वगर भो वाढी उँभो को झरी
    पाखो भो पहिरो झरेर खहरे बाचिन्छ लौ के गरी
    हाँम्रा अग्रजको उमेर छ बुढो काटे सबैले असी
    लौ लौ नेत्र यता लगाउ पहिले तातो हिलोमा पसी ।।३।।

    हाँम्रो राष्ट्रियता वचाउँन उठौ माया धरा को गरौ
    सुख्खा फाँट भरी खनौ नत कुलो सारा गरा मा भरौ
    राम्रो अन्न सधै फलाउँन सकौ उम्दा धरामा वसी
    यौटा नेत्र यता लगाउँनु परो तातो हिलोमा पसी ।।४।।

    आजै मात्र यता दियौ नजर त्यो माला गलामा धरी
    हेरेथ्यौ रमिता थिए कृषकका नाची रहेका परी
    गाए गीत सुन्यौ थियो मधुरता सेल्फी खिचायौ बसी
    तिम्रो नेत्र यता लगाउ अवता तातो हिलोमा पसी ।।५।।

    रोप्यो धान मकै अनेक मसिना वाला फलाई दियो
    तोक्यो दाम कतै वसी शहरले नाफा उसैले लियो
    यस्तो दूर्बलता हटाउ कृषिका निर्दा सगैमा वसी
    आँखा मात्र यता लगाउनु परो तातो हिलोमा पसी ।। ६।।
    मेघराज पौड्याल
    कञ्चनरुप न पा ७ आदर्शटोल
    सप्तरी
    १५ असार २०७६