Tuesday 22nd October 2019
  • New title for a=>html, img=>alt
  • रेमिटयान्सले थलिदै युवा जनशक्ति

    -

    July 19, 2019 | 109 Views


    काठमाडौं । बिदेशमा गएका नेपालीबाट भित्रिएको रेमिटयान्सको झण्डै ८० प्रतिशत अंश दैनिक उपभोग्य बस्तु तथा मनोरञ्जनमा खर्च हुने गरेको एक सर्वेक्षणले देखाएको छ । रेमिटयान्सबाट प्राप्तहुने कुल रकमको २ दशमलव ४ प्रतिशत अंशमात्र पूँजी निर्माणमा खर्च हुने गरेको सर्वेक्षणले देखाएको छ । तर, बैदेशिक रोजगारीमा गएका कामदारले पठाएको रकमबाट उनीहरुको जीवनस्तर भने सुध्रिएको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ । त्यस्तै बैदेशिक रोजगारीमा गएकाको ऋण तिर्न कुल रेमिटयान्सको ७ प्रतिशत रकम खर्च भएको छ भने ३ दशमलव ५ प्रतिशत रकम बालबालिकाको शिक्षामा खर्च हुने गरेको सर्बेक्षणले देखाएको छ । बैदेशिक रोजगारमा गएका कामदारले देशको अर्थतन्त्र नै जोगाउने रेमिटयान्स भित्र्याए पनि त्यस्तो रकम पूँजी निर्माणको काममा भने खर्च हुन सकेको छैन ।
    बैदेशिक रोजगारमा गएका नेपाली कामदारले रेमिटयान्सबाट भित्र्याएको रकम देशको बार्षिक बजेट बराबरको छ । वैदेशिक रोजगारमा गएका नेपाली कामदारले अर्थिक वर्ष २०७५÷०७६ को वैशाख सम्म ७ खर्ब २७ अर्ब रुपैयाँ रेमिटयान्स पठाएका छन् ।
    हाल नेपालमा ५० भन्दा बढी कम्पनीले विभिन्न देशबाट रेमिटयान्स भित्र्याइरहेका छन् । तीमध्ये इन्टरनेशनल मनीएक्सप्रेस (आइएई) अग्रस्थानमा रहेको छ । त्यस्तै प्रभु मनी ट्रान्र्सफर, सिटी एक्सप्रेस मनी ट्रान्सफर, अन्नपूर्ण ट्राभल्स एण्ड टूर्स, सेवामनी ट्रान्फर, हुलास मनी ट्रान्सफर, जेएमइमनी ट्रान्फरलगायतका रेमिटयान्स कम्पनीहरुले बढी रेमिटयान्स भित्र्याउने गरेका छन ।
    नेपाली कामदार मुख्यतया रोजगारीका लागि कतार, मलेशिया, साउदी अरब, संयुक्त अरब इमिरेट्स, कुवेत, बहराइनलगायत देशमाजाने गरेका छन ।
    अबैधानिक रुपबाट पनि त्यतिकै मात्रमा रेमिटयान्स नेपाल भित्रिने गरेको छ । अबैध रुपमा बिदेशबाट नेपालमा भित्रने रकमलाई बैधानिक रुपमा नेपाल भित्रयाउन सकियो भने त्यसबाट आउने राजश्वले मुलुकको आर्थिका विकासमा सघाउ पुप्याउने थियो । विश्व बैंकको नेपाल सम्बन्धि एक प्रतिबेदन अनुसार ४० लाख नेपालीले विदेशमा काम गरि रेमिट्यान्स पठाउने गरेका छन् ।
    नेपालका अधिकांश युवा जनशक्ति विदेश गएका छन् । यहाँ केवल वृद्ध, वृद्धा र असक्त मानिस मात्र बस्नुपर्ने बाध्यात्मक स्थिती सिर्जना हुन थालेको छ ।
    विदेश जाने नेपालमा भइदिएको भए त्यस्ता युवा जनशक्तिबाट मुलुकले मुहार फेर्न सकिन्थ्यो । तर त्यो मुहार फेर्ने काममा युवा जनशक्तिलाई प्रयोग गर्न सरकार सकिरहेको छैन । बडो मेहनतका साथ फलाइएको फल अर्कैले कप्प खाईदिँदा कति नरमाईलो लाग्छ । फलफलाउनेले फलको स्वाद नै चाख्नपाएको हुँदैन अर्कैले त्यसको स्वाद लिन्छ । अहिले यस्तै फलाएको फल जस्तै भएको छ, युवा जनशक्ति । वुवाआमाले बडो मेहनतका साथ आफ्नो वालबच्चालाई गुणस्तरीय बोडिङ स्कूमा पढाउछन र दक्षजनशक्ति उत्पादनहुने समयमा विदेशतिर लाग्छन अर्थात फलफल्न शुरु हुन्छ अनिविदेश तिर फल जान्छ र स्वदेशकमा बूढो बोट मात्र रहन्छ ।
    । दक्षजनशक्ति ठानिएका युवाहरु पनि कठिन जोखिम र अस्वस्थ्यकर कामगर्न देशवाहिर जाने गरेका छन् । वैदेशिक रोजगारलाई समाज र सरकारले सहजै स्वीकार गरेको छ । अभिभावकहरु वैदेशिक रोजगारमा आफ्ना छोराछोरी गएको सुनाउँदा आफूहरुलाई निकै गौरवान्वित भएको महसुस गर्दछन् । सरकारले रोजगारमा अवसरहरु सिर्जनाका लागि उपयुक्त वातावरण बनाउनु भन्दा वैदेशिक रोजगारीमा जानका लागि बढी प्रोत्साहन गरेको छ ।
    राज्यले वैदेशिक रोजगारलाई राष्ट्रिय गौरखका रुपमा प्रस्तुत गरेको पाईन्छ । वैदेशिक रोजगारवाट प्राप्त ज्याला मजदुरीका भरमा कुनै मुलुक सम्पन्न भएको छैन भन्ने कुरा सरकारले सोच्नु पर्ने हो, त्यसो गरेको पाइदैन । राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड मानिने युवा जनशक्ति उमेर छउन्जेल विदेशमा बस्छन र उमेरले डाँंडा काटेपछि वा अशक्त भएपछि मुलुकमा फर्कन्छन् । यस्तै स्थिती लामो समयसम्म रहने हो भने मुलुक अघोगतितर्फ लाग्ने निश्चित छ । युवा जनशक्ति विदेश पलायन भइरहने हो र अशक्त भएपछि मात्र स्वदेश फर्कने हो भने मुलुकका लागि त्यो बोझ मानिने छ ।
    मितको भरमा छोरी पालिदैन भन्ने उखान पनि लागू हुन्छ । विदेशमा कमाएको रकम रेमिटेन्सले देशको विकास हुन सक्दैन । साच्चै नै देशको विकास गर्ने हो भने स्वदेशमै रोजगारीको अवसर दिनुपर्छ । दक्ष जनशक्ति युवाहरुलाई उचित व्यवहारिक ज्ञान दिनुपर्छ । वास्तवमै समृद्ध नेपाल निर्माण गर्ने हो भने दक्ष युवा जनशक्तिलाई स्वदेशमै काममा लगाउनु पर्दछ ।