Friday 19th July 2019
  • New title for a=>html, img=>alt
  • रोमान्चक खेलमा कोलकाता विजयी

    -

    April 29, 2019 | 135 Views


    काठमाडौँ, १६ वैशाख । गएराती सम्पन्न रोमान्चक खेलमा मुम्बईलाई ३४ रनले हराउँदै कोलकाताले प्ले-अफमा पुग्ने सम्भावना जिवितै राखेको छ ।

    पहिले ब्याटिंङ् गरेको कोलकाताका लागी ३ जना शुरुवाती ब्याट्समेनले अर्धसतकीय पारी खेलेका थिए । प्रारम्भिक ब्याट्समेन सुभम गिल र क्रिस लिनले ७६ र ५४ रन बनाउँदा विस्फोटक आन्द्रे रसलले ४० बलमा ८० रन बनाएका थिए । निर्धारित २० ओभरमा २३२ रन बनाउँदै कोलकाताले जारी सिजन कै सर्वाधिक योगफल बनाउन सफल भएको थियो ।

    जवाफमा मुम्बईको शुरुवात राम्रो हुन सकेन । ८. २ ओभरमा केवल ५८ रन जोड्दा ४ विकेट गुमाईसकेको मुम्बईलाई हार्दिक पान्ड्याले केवल ३४ रनमा ९१ रन बनाउँदै जित्ने बलियो आसा दिलाएका थिए तर उनी बाहेक अरु ब्याट्समेन नचल्दा मुम्बईले ७ विकेटको क्षतीमा १९८ रन मात्र बनाउन सक्यो ।

    रसेलले २५ रन दिदैं २ विकेट पनि लिन सफल रसेल म्यान अफ द म्याच घोसित भए । जितसँगै १२ खेलबाट ५ मा जित हासिल गर्दै १० अंककासाथ कोलकाता पाँचौ स्थानमा उक्लिन सफल भएको छ ।